Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा लम्पीस्कीन रोगले ४ सय पशु मरे, ४ हजारमा संक्रमण
बैतडीमा लम्पीस्कीन रोगले ४ सय पशु मरे, ४ हजारमा संक्रमण
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ २५, २०८०
patan.jpg

 पशुहरूमा देखिएको महामारी लम्पीस्कीन रोगका कारण बैतडीमा साढे ३ सय बढी पशुहरू मरेका छन् । गत ३ महिना यता फैलिएको यस रोगका कारण किसानहरूका गाई, गोरु, भैँसी र बाख्रा मर्न लागेका हुन् । 

हालसम्म उक्त रोगको संक्रमण जिल्लाका ४हजार बढी पशुमा देखिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका पशु प्राविधिक डाक्टर विशाल पाठकले बताउनुभयो । 

लम्पीस्कीनले पशुहरू मर्न थालेपछि किसान चिन्तित भएका छन् । आफूले पालेका २भैँसी र १गाई लम्पीस्कीनका कारण मरेको शिवनाथ गाउँपालिका २ बस्कोटीका करनसिंह साउदले बताउनुभयो । 

आफूले पालेका ५ गाईभैसी मध्ये ३मरेको थप १ भैँसीमा संक्रमण रहेको उहाँले बताउनुभयो । उक्त रोगका कारण आफ्नै टोलमा ३किसानका गोरु समेत मरेको उहाँले बताउनुभयो । ब्याउने गाईभैसी मरेपछि २लाख २०हजारको क्षति भएको साउँदको भनाई छ । गाउँपालिकाभरिबाट गाईभैसी मरेको भन्दै किसानहरू राहत माग्न आउने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । माग आएपनि राहत प्रदानका लागि रकम अभाव भएको उहाँको भनाई छ । पशुहरू मर्न थालेपछि किसानको रोजीरोटी नै खोसिएको अध्यक्ष साउदले बताउनुभयो । 

अहिले पशुहरूलाई लम्पीस्कीन रोगबाट बचाउनका लागि केही स्थानीय तहका पशु प्राविधिक गाउँघरमै खटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका लगायतका पशु प्राविधिकहरू किसानका घरमा पशुको उपचार गर्न खटिएका हुन् । उचित औषधी मगाएर पशुहरू खोज्दै उपचार गर्ने गरेको दशरथचन्द नगरपालिकाका पशु शाखा प्रमुख ईश्वरीदत्त भट्टले बताउनुभयो । उहाँले सबै वडाहरूमा पशु प्राविधिक खटाएको बताउनुभयो ।

लम्पीस्कीन भाइरसका कारण लाग्ने रोग भएकाले यसको औषधी र खोप नेपालमा उपलब्ध नभएपनि लक्षणहरूको उपचार गर्न सकिने पशु प्राविधिकले बताएका छन् । पशुको सरिरमा देखिने दाग तथा गिर्खाहरू, खुट्टा सुन्निने, दूध घटाउने, खानेकुरा नखाने समस्याहरू देखिने भएकाले आवश्यक उपचार गरिरहेको पशुसेवा विज्ञ केन्द्रका प्राविधिक डाक्टर पाठकले बताउनुभयो । 


प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्