Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दशरथचन्द नगरपालिका उपप्रमुख चन्दलाई कारबाही गर्न दलित आयोगको माग
दशरथचन्द नगरपालिका उपप्रमुख चन्दलाई कारबाही गर्न दलित आयोगको माग
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असार ३, २०८०

काठमाडौं ।

राष्ट्रिय दलित आयोगले बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दलाई कारबाही गर्न सरकारकाे ध्यानाकर्षण गराएको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गदै उनले गरेको विभेदजन्य व्यवहारप्रति आयोग र सिंगो दलित समुदायलाई दुःखित बनाएको भन्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानून बमोजिम हदै सम्मको कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

‘आजको २१ औं शताब्दीमा विज्ञान र प्रविधिले मानव सभ्यता उच्च विन्दुमा पुगेको सन्दर्भमा जनताबाटै अनुमोदित जनप्रतिनिधिबाटै पटकपटक यस्तो भेदभावजन्य घृणित कार्य हुनु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै ठाडो उपहास गरेको छ । न्यायिक समितिको संयोजक र जनप्रतिनिधिबाट नै दलित माथि विभेद हुन्छ भने आम दलित समुदायले न्याय माग्न कहाँ जाने ? भनेर गम्भीर प्रश्न उब्जाइरहेको छ’, आयोगका सदस्य एवम प्रवक्ता सुन्दर पुर्कुटीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

गत जेठ २१ गते जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनको सन्दर्भमा बैतडी जिल्लामा आयोजित कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले सार्वजनिक कार्यक्रम स्थलमै ‘म ठकुरीको छोरी हुँ, दलितको हातको पानी खादिनँ, यो मेरो आफ्नो इच्छाको कुरा हो’ भन्दै सिङ्गो दलित समुदायको अपमानित हुने गरी जातीय भेदभावजन्य व्यवहार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आयोगले नेपालको संविधानको प्रस्तावनामा सबै प्रकारका जातीय तथा लैंगिक भेदभावको अन्त्य गर्ने संकल्प गरेको छ र आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यमा सबै प्रकारका हिंसा, शोषण, विभेद र दुर्व्यवहारको अन्त्य गरिनेछ भनी सम्बोधन गरिएको स्मरण गराएको छ ।

यस्तै संविधानको धारा २४ मा जातीय छुवाछूत विरुद्धको हकमा कसैले कसैलाई धर्म, परम्परा, रीतिरिवाज वा आस्थाको आधारमा भेदभाव गर्न नपाइने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

यदि त्यस्तो कार्य गरेमा दण्डनीय हुने कुरा उल्लेख गरिएको र जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले जातीय छुवाछूत र भेदभावजन्य क्रियाकलाप निजी र सार्वजनिक स्थानमा कुनै पनि बहानामा गर्न निषेध गरेको छ र दण्डनीय सामाजिक अपराध हुने उल्लेख गरिएको पनि जनाइएको छ ।

#Nepal Press


प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्