Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • व्यापक आलोचना पछि उपमेयर चन्दले क्षमा मागिन्
व्यापक आलोचना पछि उपमेयर चन्दले क्षमा मागिन्
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, असार ६, २०८०

बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कौशिला चन्दले सार्वजनिक कार्यक्रमममा दिएको अभिव्यक्तिको व्यापक विरोध भएपछी अन्ततः उनले क्षमा मागेकी छन् । 

२१ जेठमा आयोजीत जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा उनले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएपछी उनले माफी मागेकी हुन् । 

जिल्ला प्रशासन कार्यालय बैतडीमा नगर-प्रमुख पुष्कर राज जोशी लख्खाभाई, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकाय प्रमुखहरु तथा सहित २ दर्जन बढी अधिकारकर्मीहरुका माझ माफी मागिन् । उनले बिहान निकालेको प्रेस विज्ञप्तीमा समेत आफ्नो दम्भ कायमै रहेको अधिकारकर्मीहरुले बताएपछि तत्कालै विज्ञप्ती सच्याइन् ।

उनले विज्ञप्तीको अन्त्यमा नगर उप-प्रमुख र यहाँहरुको नेताका रुपमा माफी चाहान्छु लेखेकी थिइन् । अधिकारकर्मीहरुले सार्वजनिक रुपमै विभेद लाई प्रश्रय गर्न खोज्ने व्यक्ति नेता हुनै नसक्ने बताएका थिए । त्यसपछि उनले नेता शब्द नै हटाइन् र नयाँ विज्ञप्ती आफैले बाचन गरेर सुनाइन् । उनलाई भावुक बनाउने गरि अधिकारकर्मीहरुले दर्जनौँ पश्न-प्रतिप्रश्न गरेका थिए । चन्दले जारी गरेको विज्ञप्तीमा आगामी दिनमा दलित समूदायका मुद्धाहरुमा अधिकारकर्मीहरु संगसंगै अभियानको साथमा लाग्ने उल्लेख गरेकी छन् ।

छलफलको सहजीकरण प्रमुख जिल्ला अधिकारी पन्थीले गरेका हुन् । 

यो उनको तेश्रो प्रेश विज्ञप्ती हो । यसअघि ३२जेठमा उनले नै जारी गरेको विज्ञप्तीमा आफ्नो गल्ती नभएको बताएकी थिइन् । उक्त विज्ञप्तीमा आफुलाई बदनाम गर्न खोजिएको बताएकी थिइन् । पहिला राजनितिक प्रतिसोधका आधारमा आफ्नो बदनाम गर्न खोजिएको बताएकी चन्दले अहिले भने कारवाहीको डरले क्षमा मागेको देखिन्छ । 

चन्दले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति गलत भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । उक्त बिषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ती जारी गर्दै चन्दलाई कारवाहीको माग सहित सरकारको ध्यानाकर्षण गराएको थियो ।

जिल्ला स्थीत अधिकारकर्मी, नागरिक अगुवा, दलित भातृ संगठनहरुले समेत कानुनी प्रकृयामा जाने बताउदैँ आएका थिए ।

उप–प्रमुख चन्दले दिवसका दिन आयोजना गरिएको अन्तरक्रियामा जातीय विभेदलाई प्रश्रय दिने हिसावले अभिव्यक्ति दिएकी थिइन् । उनको प्रस्तुतिमा दम्भ र विभेद प्रस्टै झल्कीएको नागरीक अगुवाहरु बताउछन् । 

नगर उप–प्रमुख चन्दको अभिव्यक्तिमा भएको टिप्पणी यस्तो छ 

- कुनैपनि विशिष्ट अतिथीले मन्तव्य राख्दा सबैभन्दा पहिला दिवसको शुभकामना व्यक्त गर्छन्, उपमेयर चन्दले शुभकामना व्यक्त गरिनन् । मन्तव्यको सु्रुमै भनिन्,“उसलाई जितायौ अब खुदो खाउ भन्ने कुरा आयो ।”

- उनले उक्त दिनलाई दिवस नबुझेर दलित र ठकुरीहरुका विचको बादविवाद कार्यक्रम बुझिन् र गाउँमै कसैसंग गफ गरिरहेको जस्तो भान हुने गरेर भनिन्,“यस कार्यक्रममा म र डिएसपी प्रेम शाही मात्रै ठकुरी छौँ, हामीलाई सुनाउन यो कार्यक्रम गरियो, सुनाउनुथियो भने, अरु ठकुरीहरुलाई समेत बोलाउनुपथ्र्यो ।”   

- उनले गाउँघरमा पहिले देखि चलेका कुराहरुलाई विभेदका रुपमा नलिएर राम्रै चलनका रुपमा लिन सुझाइन् र भनिन्,“कसैले कसैलाई दाई भनेर बोलाउनु, ससुरा देख्दा टाउकोमा गम्छा राख्नु, सार्वजनिक ठाउँमा पानी नखानु यो आफ्नो इच्छाको कुरा हो ।” उनले यी शब्दहरुमा पृतिसत्तात्मक सोचहरुलाई प्रश्रय दिएको बुझिन्छ । 
उनको अभिव्यक्ति लगत्तै अधिकारकर्मी बलभद्र दयालले ८०बर्षको दलितलाई १५बर्षको गैर दलितले तँ भनेर बोलाउनु विभेद भएको र त्यसलाई कसैले प्रश्रय दिन नमिल्ले बताएका थिए । 

यसैगरी उनले आफु आफ्नै कार्यकक्षमा घरबाट ल्याएको रोटी खाने र पानी समेत कार्यकक्षमै मात्रै खाने तातोपानी पिउने बताएकी थिइन् । प्रत्युत्तरमा कार्यपालिका सदस्य प्रेम दयालले कार्यपालिका बैठक चलेका बेला तातोपानीको व्यवस्था हुदाँहुदैँ विभेद गर्ने उदेश्यले कार्यकक्षमै गएर पानी पिउने गरेको बताएका थिए । 

उपमेयर चन्दले कसैमाथी जातीय विभेद भएको खण्डमा आफ्नो न्यायीक समितिमा उजुरी लिएर आउन भन्नु पर्दथ्यो तर उल्टै भनिन्,“जातीय विभेद कतै भएको छैन्, विभेद भएको भए सिडियो, डिएसपी र मलाई उजुरी आउनुपथ्र्यो खोई उजुरी आएका ?” भनेकी थिइन् ।

उनले आफु गैर राजनितिक र सामाजिक अभियानमा कहिल्यै नजोडिएको कुरा बताएकी थिइन् । मन्तव्यमा भनेकी छन्,“म कुनै राजनितिक दल वा महिला अधिकारका बिषयमा नहिडेको महिला हुँ । स्वच्छ शिक्षण पेषाबाट आएको व्यक्ति हुँ ।”

उनले यस्ता शव्दहरु ब्यक्त गर्दैगर्दा पटक–पटक परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनिरहेकि थिइन् । उनको कुरा सुनिरहेका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक सहित दर्जन बढी अधिकारकर्मीहरु हाँसिरहेका थिए भने, केहि व्यक्तिको अनुहारमा उनिप्रतिको आक्रोस देखिन्थ्यो । 

कार्यक्रमको रेडियो सेभेनस्टारले प्रत्यक्ष प्रशारण गरिरहेको थियो । उनको अभिव्यक्ति सञ्चारमाध्यममा सुनेका सयौँ व्यक्तिले तथानाम गालि गरेका छन् भने तर केहि व्यक्तिले बचाउ गरेका छन् ।
उप मेयरको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालिग्लौज गर्नु गलत छ । तर उनको यस अभिव्यक्तिले

उनको क्षमतामाथी भने प्रश्न उठाएको छ । भाइरल बनेको उनको यस अभिव्यक्तिका आगामी दिनमा भासण गर्दा सचेत हुनुपर्छ भन्ने कुराको आभाष पक्कै भएको हुनुपर्छ । 

कार्यपालिकामा सधैँ विभेद 

दशरथचन्द नगरपालिकाकी उपमेयर चन्दले अनुगमन समितिमा एकजना पनि दलित जनप्रतिनिधि राखेकी छैनन्, न्यायीक समितिमा राखिएकी एकजना दलित सदस्यलाई हटाइ दिएकी छिन् । 

उनले वडा न.२बाट निर्वाचित वडा सदस्य निर्मला लोहारलाई न्यायीक समितिबाटै हटाएकी छन् । वडा सदस्य लोहारले भनिन्,‘मलाई न्यायीक समिती सदस्यमा राखेपछी पहिलो पटकको बैठकमा बोलाइयो, ७दिनको तालिममा सहभागी गराइयो, त्यसपछिका बैठकमा बोलाउन छाडीयो । मैले उपमेयर लाई दिदी किन मलाइ बोलाइएन् भनेर सोध्दा उहाँले मेरो ठाउँमा अर्कै व्यक्ति राखिसकेको बताउनुभयो । र मैले हटाएको हैन् कार्यपालिकाको बैठकबाट निर्णय गरेको हो भन्नुभयो ।’

तर न्यायीक समितिको सदस्य परिवर्तन गर्ने बिषयमा कार्यपालिकाको कुनैपनि बैठकमा निर्णय नभएको अरु कार्यपालिका सदस्यहरु बताउछन् । 


प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्