Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका स्थानीय तह प्रशासनलाई टेर्दैनन्, विपदको पूर्व तयारी योजना बनेन
बैतडीका स्थानीय तह प्रशासनलाई टेर्दैनन्, विपदको पूर्व तयारी योजना बनेन
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, असार १०, २०८०

बैतडी, 
गत जेठ २१ गते जिल्ला पिवद व्यवस्थापन समितिको बैठक बस्यो । जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र १० वटै स्थानीय तहका जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो । 
वर्षाद सुरु भएसँगै जिल्लामा बाढी तथा पहिरोको जोखिम हुने गरेको छ । बाढी पहिरो लगायतका विपदका घटनाबाट हुने जोखिम नियन्त्रणको लागि कार्ययोजना बनाउने निर्णय भएको थियो । १० वटै स्थानीय तहले पालिकामा विपदको अवस्था, जोखिम र नियन्त्रणका उपायको वस्तुस्थिति समेट्दै पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न भनिएको थियो । 
१५ दिनभित्रै पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्ने र त्यसपछि जिल्लास्तरीय पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने लक्ष थियो । तर उक्त अवधीमा यहााका कुनै पनि स्थानीय तहहरुले विपत पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएका छैनन् । पालिकाको सेवा क्षेत्रभित्र बिपद्को अवस्था, जोखिम र प्रतिकार्यका लागि अवलम्बन गर्न सकिने उपाय र विपत्का बेला आवश्यक पर्ने राहत तथा उद्धारको लागि उपकरण र सामाग्रीको व्यवस्थापनको विषय समेटेर विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पार्नु पर्ने हुन्छ । 
पालिकाले प्रतिकार्य योजना तयार नपारेपछि समग्र जिल्लाको प्रतिकार्य योजना निर्माणमा समेत ढिलाई भइरहेको छ । स्थानीय तहमा अध्यक्ष÷प्रमुखको संयोजकत्वमा विपद व्यवस्थापन समिति हुने गरेको छ । उक्त समितिले पालिकामा विपदको अवस्था र जोखिम नियन्त्रण तथा राहत तथा उद्धारको लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्ने भएपनि यहाका स्थानीय तहहरुले विपदको कुनै पूर्व तयारी योजना नबनाएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले बताए । ‘विपद सम्बन्धी पालिकाको सबै विवरण र विपतको वस्तुस्थिती समेटेर विपत  पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउन भनेका थियौँ, आजसम्म कसैले बनाएनन्, केहिले बनाएका थिए, त्यो हामिले दिएको फम्र्याटमा थिएन,’ उनले भने । 
विपद व्यवस्थापनको पूर्व तयारीको योजना निर्माणको प्रक्रियामा रहेको र विपदका लागि करिब ३० लाख बजेट कार्यान्वयनको चरणमा रहेको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन् । ‘योजना तयार गर्दा केही त्रुटि भएको छ, फेरी बनाइरहेका छौँ, चालु आर्थिक वर्षमा ३० लाख बजेट बिनियोजन गरेका थियौँ, त्यो कार्यान्वयनको चरणमा छ,’ ।
जिल्लाको सुर्नया गाउँपालिकाले पनि पिवद प्रतिकार्य योजना बनाएको छैन । ‘प्रतिकार्य योजना निर्माणकै क्रममा छ,’ गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले भने, ‘चालु आर्थिक वर्षमा विपदका लागि ४३ लाख बजेट बिनियोजन गरेका थियौँ, त्यो कार्यान्वयनको अन्तिम चरणमा छ,’ । बाढी र पहिरोको जोखिम रहने भएकाले सोही अनुसार प्रर्व तयारी भइरहेको गाउँपालिका  अध्यक्ष कुवँरले बताए । 
बैतडीका कुनै पनि स्थानीय तहले विपदको पूर्व तयारी योजना बनाएका छैनन् । बजेट बिनियोजन गरेको भएपनि आर्थिक वर्षको अन्तिममा बजेट कार्यान्वयन गर्ने गरेका छन् । तर साउन तथा भदौमा बाढीको बढी जोखिम हुने समयमा बजेट कार्यान्वयन नै नहुने गरेको पाइएको छ । 
बैतडीमा वर्षाको समयमा बाढी र पहिरोकै जोखिम हुने गरेको छ । नदी किनारका तटीय क्षेत्र र भिरलो जमिनमा पहिरोको उच्च जोखिम रहने गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका संकटग्रस्त घोषणा भएका पालिका हुन् । यी पालिकामा बाढी तथा पहिरोको उच्च जोखिम छ ।
 


प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्