Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बालमैत्री संरचना, दंग बालबालिका
बालमैत्री संरचना, दंग बालबालिका बालमैत्री धारा, चर्पी र बसाइ व्यवस्थापनले सरसफाइमा समेत ध्यान दिन थालेका छन् भने आनिबानिमा परिवर्तन आएको छ ।
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, असार २४, २०८०
पाटन ९ स्थित सरस्वती आधारभुत विद्यालयमा विद्यार्थीहरु बालमैत्री धारामा लहरै मिलेर हात धुदै

बैतडी,
बैतडीको पाटन नगरपालिका ९ को सरस्वती आधारभुत विद्यालयमा दिउसो १ बजेको समयमा बजेको घण्टीले खाजा खाने समयको संकेत गर्यो । दिवाखाजा खानको लागि विद्यार्थीहरु लहरै उभिएर धारामा हात धुन थाले । हात धुने तरिकाबारे विद्यार्थीहरु जानकार छन् । साबुन पानीले मिचिमिचि हात धोइसकेपछि टेबलमा खाजा आइपुग्छ, अनि खान सुरु गर्छन् । 
खाजा खाइसेपछि बालबालिकाहरु खेल्न थाल्छन् । आफुलाई मन पर्ने बालउद्यानका संरचनामा गएर खेल खेल्छन् । बालबालिकाहरुका लागि उपयुक्त संरचना बनेको हुनाले विद्यार्थीहरु रमाएर बस्ने गरेका छन् । बालउद्यानका सामग्री, शौचालय र कक्षाकोठा बालैमत्री छन् । जसले बालबालिकाहरुलाई सिकाईमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सहज हुने गरेको छ । 
कोठा पनि खुला र आकर्षक देखिन्छन् । बस्नका लागि कार्पेटमाथी म्याट्रेस र कुसुम लहरै मिलाएर राखिएको छ । पर्याप्त उज्याला कोठाहरुमा फरक फरक तर आकर्षक शैक्षिक सामग्रीले कक्षाकोठा सजाइएको छ । भित्तामा बालबालिकालाई आकर्षित गर्ने कार्टून चित्रहरु बनाइएका छन् । बालबालिकाहरुलाई कार्टूनमा लेखिएका अक्षरहरु मन पर्ने भएकाले यस्ता सामग्रीहरु राखिएको विद्यालयका प्रधानाध्यापक केशवबहदुर चन्दले बताए । कक्षाकोठा आकर्षक र बसाई सहज हुँदा सिकाईमा मद्दत पुगेको पनि प्रअ चन्दको अनुभव छ । 
विद्यालयमा बालबालिकाहरुको उपस्थिति बढेको छ । बालबालिकाहरु उत्साहपूर्वक खेलिरहेका, पढिरहेका र रमाइरहेका देखेर प्रधानाध्यापक चन्द पनि दंग छन् । 
आकर्षक कक्षाकोठा, बालउद्यान, बालमैत्री धारा र शौचालय निर्माण भएको दुई वर्ष भयो । यी संरचना बनेपछि विद्यार्थीहरुको उपस्थिति पनि बढ्दोछ । ‘पहिले साधारण कोठा थियो काठकै डेस्कबेन्च थिए । खेल्ने चौर समेत राम्रो थिएन । बच्चाहरु नियमित विद्यालय जाँदैनथे,’ पाटन ९ की मनिषा भण्डारीले भनिन्, “अहिले  छोराछोरी नियमित विद्यालय जान्छन् ।  पढाईमा पनि प्रगति भएको छ ।” 

दिवा खाजा खाँदै1688913684.jpg
सोही वडाको ज्ञानेश्वर नमुना माविमा पनि बालमैत्री संरचना छ । बालउद्यान र कक्षाकोठाहरु आकर्षक भएकाले बालबालिकाहरु रमाएर सिक्ने गरेका छन् । बैतडी जिल्लाका सबै पालिकामा ५६२ सामुदायिक र सस्थागत विद्यालयहरु छन् । यहाँका सबै विद्यालयमा बालमैत्री शैक्षिक संरचना निर्माणको लहर नै चलेको छ । पालिकाहरुले शिक्षा विकास तथा समन्वय इकाईसंग पनि समन्वय गरेर काम गरिरहेका छन् । कुनै विद्यालयमा नयाँ संरचना निर्माण गर्नुपर्दा त्यसलाई अनिवार्य रुपमा बालमैत्री बनाइने गरिएको जानकारी शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका सुचना अधिकारी पुष्करराज शर्माले दिए । 
हावा र प्रकाश छिर्ने कक्षा कोठा, ससाना बालबालिकाले सहजै प्रयोग गर्नसक्ने धारा र सबैखाले अपांगता भएका विद्यार्थीहरुका लागि अवस्था अनुसार प्रयोग गर्न सकिने संरचना निर्माणलाई यहाँ अनिवार्य शर्तका रुपमा लिइएको छ । 

‘विद्यालयमा रहुन्जेलको समयमा विद्यार्थीहरुले रमाएर सिक्नुपर्छ,’ उनले भने, ‘यसोभयो भने छिटो सिक्ने र सकारात्मक आनीबानीको पनि विकास हुन्छ, र शिक्षण सिकाईमा गुणात्मक विकास हुने गर्दछ,’ मेलौली  नगरपालिका ७ स्थित मणिलेक माविका प्रद्यानाध्यापक रमेशदत्त बागले बताए ।   
बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ मा उल्लेख भए अनुसार आफ्ना क्षमता र गति अनुसार रमाइलोसँग सिक्ने वातावरण भएको विद्यालय बालमैत्री हो । बालबालिकाको रुचि, उमेर र इच्छा अनुरुप पठनपाठन गर्नुपर्ने हुन्छ । सोही अनुरुपको संरचना आवश्यक हुन्छन् । जुनसुकै जातजाति, भाषा, धर्म, लिङ्ग, आर्थिकस्तर शारीरिक एवं मानसिक अवस्थाको आधारमा विना भेदभाव विद्यालयमा भर्ना गरी बालबालिकाहरुबीच बालमैत्रीपूर्ण व्यवहार गरी सिकाइमा प्रभावकारिता ल्याउन सकिन्छ । यस्ता विद्यालयमा बालबालिका अनुकुलको सिकाइ वातावरण तयार पारिन्छ । पढाइ लेखाइका अतिरिक्त स्वास्थ्य एवं सुरक्षा र आनीबानीमो बिशेष ध्यान दिइन्छ । कुनै पनि प्रकारका भौतिक, शारीरिक एवं मानसिक दण्ड सजाय बर्जित हुन्छ र बालबालिकाहरुलाई दुव्र्यवहार र नोक्सानीबाट बचाउने काम निरन्तररुपमा भइरहन्छ । 

ज्ञानेश्वर नमुना माविका बालबालिकाहरु बालउद्यानका सामाग्रीसँग रामाउदै1688913727.jpg
शौचालय, धारा, बालउद्यान, खेल्नेचौर सबै बालबालिकाहरुका लागि उपयुक्त हुने किसिमले निर्माण गरिन लागिएको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए । भट्टका अनुसार शुरुवाती कक्षाबाटै सुधार गर्ने लक्ष अनूरुप काम भइरहेको छ । पाटन नगरपालिकाले बालमैत्री शिक्षण सिकाई क्रियाकलाप र बालमैत्री शासन कायमका गर्नका लागि शिक्षकहरुलाई समयसमयमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गरिरहनुपर्ने पनि ठानेको छ । बालमैत्री संरचना नभएका विद्यालयहरुले पनि नयाँ संरचना निर्माण गर्दा बालबालिकाको सहजता अनरुपको निर्माण गर्ने योजनामा छन् । बालमैत्री संरचनाले विद्यालयमा सिकाई सहजता र विद्यार्थीको उपस्थितिमा वृद्धि भई गुणस्तरमा समेत टेवा पुग्ने गरेका कारण नयाँ संरचना बनाउदा बालमैत्री संरचनामा जोड दिइने सुर्नया गाउँपालिका ४ मा रहेको नेपाल राष्ट्रिय माविका शिक्षक प्रकाश भाटले बताए । 
बालमैत्री संरचनाले भरिपूर्ण वातावरण नबनाएसम्म बालबालिकाहरुमा सिकाई प्रभावकारी नहुने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रेम सिंह भाटले बताए । सबै विद्यालयमा बालमैत्री कक्षा कोठा, शौचालय, धारा अनि बालउद्यानका सामग्रीको व्यवस्थापन गर्नुपर्ने उनको जोड छ । ‘बालबालिकाहरुलाई रुची अनुसारको शिक्षा प्रदान गर्न आवश्यक छ, सबै बिद्यालयमा बालबालिकाहरुलाई रमाएर सिक्ने वातावरण सिर्जना गर्नुपर्यो,’ उनले भने । 
बालबालिकाहरुलाई रमाएर सिक्ने अवसर सबै विद्यालयमा हुनुपर्ने दशरथचन्द नगरपालिकाका बाल सञ्जाल अध्यक्ष रेजिना टेलरले बताइन् । बालबालिकाले रमाएर सिक्ने अवसर प्रदान गर्नका लागि सबै स्थानीय तहहरुले आवश्यक कार्यक्रममा जोड दिनुपर्ने उनले बताइन् । शिक्षक, अविभावक र व्यवस्थापन समितिले पनि यसबारे विशेष ध्यान दिनुपर्ने उनको धारणा छ ।  
बालमैत्री संरचनाको लागि पालिकाबाट नयाँ कार्यक्रमको थालनी गरिन लागिएको सिगास गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीले बताए । ‘सामुदायिक बिद्यालयको जग बलियो बनाउने लक्षमा छौँ, त्यसको सुरुवात पूर्वप्राथमिक शिक्षाबाटै गर्ने योजनामा छौं ।  बालमैत्री संरचना पनि मुख्य प्राथमिकताको विषय हो,’ पालिका अध्यक्ष धामीले भने । 
‘सबै विद्यालयमा आकर्षक कक्षाकोठा समेत थिएन । दुई वर्षदेखि प्रत्येक विद्यालयमा आकर्षक कक्षाकोठा अनिवार्य गरेका छौँ,’ सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्टले भने, ‘सुधारको सुरवात पूर्व प्राथमिक कक्षाबाटै गरिरहेका छौँ,’ उनले भने । 
बालबालिकाहरु विद्यालयमा रहदासम्म बढीभन्दा बढी समय रमाएर सिक्ने वातावरण बनाउने उद्देस्यका साथ नयाँ कार्यक्रम तथा योजना ल्याउने पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले बताए । ‘प्राथमिक तहको शिक्षालाई प्रभावकारी बनाउन स्तरीय र बालबालिका सुहाउदो संरचनामा जोडि दिएका छौँ, सोही अनुसार शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षित समेत गरीरहेका छौँ,’ नगर प्रमुख रावलले भने । शिक्षक, विद्यार्थी, अविभावकबीच हुने अन्तरक्रिया कार्यक्रममा बालबालिकाले पाउनुपर्ने सबै सेवा सुबिधाका बिषयमा पनि चर्चा गरिने गरिएको उनले बताए । ‘भौतिक निर्माणमा कुनै कसर बाँकी राख्दैनौँ । पालिकाबाट सक्नेजति काम गरिन्छ तर शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अविभावक, विद्यार्थी र सबै सरकोकारवाला निकायले लाग्नुपर्यो, त्यसका लागि पालिकाबाट हुने सबै सहयोग गछौँ,’ नगरप्रमुख रावलले भने ।
सिकाई अभिवृद्धिका लागि फरक अभ्यास
भौतिक सुधार र बालमैत्री संरचनामा जोड दिइरहेका बैतडीका सबै पालिकाहरुको प्राथमिकता अब सिकाई अभिवृद्धितिर जान थालेको छ । विद्यालय शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहको हो भन्ने कुरा यहाँका पालिकाहरुले बुझ्न थालेका छन् । शिक्षक दरबन्दी मिलान र विद्यालय मर्जगरी शिक्षण सिकाई अभिबृद्धिको अपेक्षा पनि राखेका छन् । ‘पहिलो कुरा त विद्यालयको व्यवस्थापकीय पक्ष सुधार हुनु आवस्यक छ,’ मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा बिष्टले भनिन्, ‘त्यसपछि क्रमैसँग सिकाई अभिबृद्धिको कार्यक्रमहरु सोच्न सकिन्छ,’ उनले भनिन् ।  शिक्षण सिकाई क्रियाकलापको लागि विद्यालयमा देखिएका सबै कमजोरीको अन्त्य गर्नेगरी अघि बढ्ने उपप्रमुख बिष्टले बताइन् ।
सिकाई अभिबृद्धिका लागि विद्यार्थी र शिक्षकलाई पुरस्कारका व्यवस्था समेत गरिएको यहाँका पालिकाहरुले जनाउका छन् । ‘सेवा सुबिधा र विद्यालयलाई पालिकाबाट हुने सबै सहयोग गर्छाै, गर्दै आएका पनि छौँ, र पठनपाठनमा उत्कृष्ट शिक्षक र पालिकामा सबै भन्दा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको समेत व्यवस्था गरेका छौँ,’ पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले भने ।


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्