Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनको विवादास्पद सम्झौताः जसले ज्ञानेश्वर माविको एक करोड रकम फ्रिज गयो, पुरानो ५८ लाख फच्र्यौट भएन
पाटनको विवादास्पद सम्झौताः जसले ज्ञानेश्वर माविको एक करोड रकम फ्रिज गयो, पुरानो ५८ लाख फच्र्यौट भएन  विवादित सम्झौता र विद्यालय–नगरपालिकाको आपसी समजदारी नहुदा विद्यालयको पुरानो रकम फच्र्याैट हुन सकेन भने नयाँ एक करोड रकम फ्रिज गएको छ । यतिमात्रै होइन निर्माण भएको कामको भुक्तानी समेत भएन । 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, साउन ३, २०८०

विवादित सम्झौता र विद्यालय–नगरपालिकाको आपसी समजदारी नहुदा विद्यालयको पुरानो रकम फच्र्याैट हुन सकेन भने नयाँ एक करोड रकम फ्रिज गएको छ । यतिमात्रै होइन निर्माण भएको कामको भुक्तानी समेत भएन । 

बैतडी, 
बैतडीको पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर नमुना माविमा आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड बजेट भौतिक पुर्वाधार निर्माण(भवन)का लागि आयो । उक्त रकम उक्त आर्थिक वर्षको अन्तिमतिर आएको नगरपालिकाले जनाएको छ।  क्रमागत आउने बजेट ढिलो गरी आएको हो । यसरी आर्थिक वर्षको अन्तिमतिर बजेट आएको र नयाँ आर्थिक वर्ष २०७९÷०८० का लागि पनि बजेट एक करोड आउने भन्दै नगरपालिकाले २ करोडको ठेक्का एकै पटक खोल्यो । नमुना विकास कार्यक्रम अन्तरगत प्रत्येक आर्थिक वर्षमा भौतिक पुर्वाधारको लागि एक÷एक करोड बजेट पाँच वर्षको लागि आइरहन्छ ।  
यसरी २०७८÷०७९ र २०७९÷०८० को बजेटको ठेक्का एकै पटक खोलियो । २ करोडको ठेक्का एकै पटक खोलिएको हो । निलम निर्माण सेवाले १ करोड ५९ लाख ५७ हजार ७८६मा ठेक्का पार्यो । नगरपालिकाले नै खोलेको उक्त ठेक्का २०८१ साउन ३० गतेसम्मको म्याद राख्दै सम्झौता गरेको भेटिएको छ । २०७९ असार अन्तिममा आएको एक करोड रकम विद्यालयको खातामा जम्मा समेत गरिएको थियो । 
निर्माण कम्पनीले भने २०७९ असोजपछि मात्रै काम सुरु गरेको थियो । ढिलोगरी निर्माण सुरु हुदा बिद्यालयको खातामा रहेको रकमबाट ४२ लाख रुपैया रनिङ बिल भुक्तानी भएको छ । निर्माणको काम भइनै रहेको थियो ।
आर्थिक वर्ष २०७९÷०८०को असारमा पाटन नगरपालिकाको योजना साखाले एमबी उठाउन नै आनाकानी ग¥यो । योजना साखाले असारको २४ गतेसम्म ४३ लाखको एमबी स्हितको बिल उठाएको दाबी गरिएपनि लेखा साखामा भने उक्त फाइल नपुगेको दाबी छ । 
यसरी लेखासाखामा एमबीसहितको बिल नपुगेपछि भुक्तानी भएन । दुई करोडको सम्झौता भएपनि आर्थिक वर्ष २०७९ ८० मा आएको एक करोड फ्रिज गयो र यसअघि विद्यालयको खातामा रहेको रकम रोक्का नै छ । रोक्का रहेको रकमबाट ४२ लाखमात्रै भुक्तानी भएको छ । विद्यालयले भने थप १४ लाख रुपैया निर्माण कम्पनीलाई पेस्की दिएको जनाएको छ । उसो त आव २०७९ ८०को असार मसान्तसम्म ४३ लाखको काम गरेको भेटिएको भएपनि भुक्तानी भएन । उक्त रकम भुक्तानी भएको अवस्थामा पुरानो एक करोड रुपैया लगभग फच्र्याैट भइसक्थ्यो ।  

रोक्का रहेको रकम ‘बेरुजु’, नयाँ बजेटले प्रवेश नै पाएन 

२०७८ ०७९ को असारको अन्तिममा आएको रकम लाई नगरपालिकाले विद्यालयको खातामा राखेको थियो । यद्यपी उक्त रकम रोक्का थियो । रोक्का रहेको १ करोड रकमलाई महालेखा परिक्षकको कार्यालयले बेरुजु समेत देखाएको छ । आर्थिक वर्ष २०७८ ०७९ मा असारमा आएको रकम विद्यालयको खातामा जम्मा गरिएको थियो । जसबाट ४२ लाख भुक्तानी भइसकेको छ । ४३ लाखको एमबी उठाएको बताएपनि लेखासाखासम्म फाइल नपुग्दा भुक्तानी भएन र फच्र्याैट पनि हुन सकेन । जुन गत आवमा फच्र्याैट गनुपर्ने थियो । 
पुरानो रकम फच्र्याैट हुन नसक्दा नयाँ एक करोड बजेटमा यस वर्ष प्रवेश नै पाएन र फ्रिज गयो । विद्यालयले भने खातामा रोक्का रहेको बजेटलाई फच्र्याैट गर्न नगरपालिकाले कुनै चासो नदिएको बताएको छ । बेलाबेला उक्त रकमलाई फच्र्याैट गरी नयाँ रकममा प्रवेश गर्न चाहेको भएपनि समयमा एमबी नउठाइदिने र बिल भुक्तानीका लागि चासो नै नराख्दा विद्यालयमा आएको रकम फच्र्याैट गर्न बाकी मात्रै होइन, नयाँ एक करोड बजेट समेत फ्रिज हालियो । 

सम्झौतामै त्रुटी 
नमुना विकास कार्यक्रमको काममा प्रत्येक वर्ष ठेक्का खोल्नुपर्छ । प्रत्येक आवमा आउने एक एक करोड रुपैयाको प्रत्येक वर्ष नयाँ ठेक्का खोल्दै काम गर्नुपर्ने प्रावधान रहेको छ । तर नगरपालिकाले आव २०७८ ०७९ मा अन्तिममा असारमा आएको बजेट र नयाँ आउने बजेटलाई आधारमानी २ करोडको ठेक्का सोही असार १९ गते खोलिदियो र असार अन्तिममा आएको रकम विद्यालयको खातामा जम्मा गरिदियो । नगरपालिकाले नै २ करोडको ठेक्का आह्वान गरी सम्झौता गरेको हो । 
२ वर्षको ठेक्का एकैपटक खोल्नु, २ वर्षकै(२०८१ साउन)म्याद राख्नु र विद्यालयको जम्मा भएको रकम समेत फच्र्याैट नगर्नुले ठुलो उल्झन पैदा गरेको छ । 
विद्यालयले भने २ वर्षको म्याद रहेको भन्दै ढुक्क थियो । २०८१ साउन अन्तिमसम्म सम्झौताको म्याद छ । सोही अनुसार पनि विद्यालयले ढुक्का थियो । 

हाम्रो आग्रह कसैले सुनेनः विद्यालय 

बेलाबेला विद्यालयमा रोकिएको रकमलाई फच्र्यौट गरि नयाँ एक रकोड रकमलाई पनि कार्यान्वयनका लागि हारगुहार गर्दा पनि योजना साखा देखि कार्यालयका प्रमुख एवं प्रतिनिधि र जनप्रतिनिधिहरुले चासो नै नदिएको विद्यालयको गुनासो रहेको छ । विद्यालयका प्रद्याधान्याक पुष्पराज जोशीले विद्यालयमा निर्माणको काम सुरु भएको दुई महिनापछि लगातारजसो पालिका धाइरहेको बताउछन् । ‘विद्यालय छुट्टी हुन्थ्यो की म नगरपालिका धाउथे, एमबी उठाउनेदेखि रोक्का रकम फच्र्यौटका लागि बेलाबेला आग्रह गरियो, तर कसैले चासो दिएन, आर्थिक वर्षको अन्तिममा पनि धेरै पटक हारगुहार गरियो मानेनन्,।’  उनले भने ।  
प्राबिधिक साखा प्रमुख मोहनदेव भट्टले एमबी नउठाएको र अन्य प्राबिधिकबाट एमबी उठाउन भनेको पनि प्रअ जोशी बताउछन् । त्यसपछि विद्यालयमा अध्यापन गराउने इन्जिनियरले सेमत एमबी उठाएको भएपनि उक्त एमबीलाई मान्यता दिइएन । 
अनुगमन समितिले समेत मुल्याकंन गरी निकासाको प्रक्रिया पुरा हुदा समते योजना साखाबाट फाइल अघि नबढेको विद्यालयको भनाइ छ । भवन निर्माणको अनुगमन गरिदिन विद्यालयबाट १२ गते नगरपालिकामा निवेदन दिइएको छ । १४ गते नगरपालिकाबाट अनुगमन समेत भएको छ । त्यतिबेला पनि भुक्तानी गरिने आश्वासन दिएका थिए । 
जसरी नगरपालिका आर्थिक वर्षको अन्त्यमा सम्झौता गरे्को थियो । सोही अनुसार व्यावहारिक रुपमा नहेरेको विद्यालयको गुनासो छ । ‘आर्थिक वर्ष सकिन ११ दिन पहिले सम्झौता गरिएको छ, त्यतिबेला व्यवहारिक हेर्ने अहिले भएको कामको समेत भुक्तानी नदिने भन्ने पनि हुन्छ र?’ प्रअ जोशी भन्छन् । 
स्थानीय सरकारले स्थानीय स्तरमा रहेको विद्यालयको समस्या नबुझेको र निति नियमको खोक्रोपनले विद्यालय मारमा परेको विद्यालयको गुनासो छ । 

एमबी उठाएकै होः योजना साखा  

योजना साखाका प्रमुख इन्जिनियर मोहनदेव भट्टले असार २४ गते एमबी उठाएको बताएका छन् । ‘मैले काम भएअनुसार असार २४ गते एमबी उठाएको हु, ४३ लाखको काम भएको थियो ।’ उनले भने । 


लेखामा बिल भुक्तानीको फाइल नै पुगेनः लेखा साखा 
लेखासाखा प्रमुख भवानी भट्टले  उक्त भवन निर्माणको बिल लेखासाखामा नपुगेको बताए  । ‘विद्यालयमा शैक्षिक सामाग्री खरिदको रकम निकासा गरेका हौँ, भवन निर्माणको बिल कुनै हालतमा पुगेन, असार २० गते लेखामा पु¥याइसक्न बेलाबेला सुचित गर्दै आएका हौँ, तर पुगेन ।’ लेखा साखा प्रमुख भट्टले भने । ‘२३ गतेको दिन नयाँ एक रकोड रुपैया विद्यालयको खातामा जम्मा गरिदिन भनेर आएका थिए तर उक्त एक कारोडको कामै भएको छैन त कसरी निकासा गर्ने?, गतको पैसा समेत महालेखाले बेरुजु देखाएको छ, त्यो पैसाको पुरा कामै भएको छैन, कानुन विपरित कसरी पैसा निकासा गर्ने,’ उनले भने ।  

नगरपालिकाले जिम्मा लिनुपर्छः विव्यस अध्यक्ष एवं वडा अध्यक्ष बिष्ट 

दुर्घटनामा परी गम्भिर घाइते भई उपाचारको सिलसिलामा काठमाण्डौमा रहेका वडा नं ८ का वडा अध्यक्ष एवं ज्ञानेश्वर नमुना माविका विव्यस अध्यक्ष हरिश बिष्टले नगरपालिकाका प्रमुख उपप्रमुख देखि सम्बन्धित कर्मचारीहरुका कारण उक्त रकम फ्रिज गएको गुनासो गरे । 
‘दुर्घटनामा परी उपचारको सिलसिलामा छु, मैले धेरै पटक यो विषयमा गम्भिर रुपमा चासो लिनुपर्ने भन्दै जानकारी गराइरहे, विव्यसका अन्य पदाधिकारी र प्रअलाई बेलाबेला नगरपालिकाको कार्यालयमा आउनजान भनिरहे, तर बजेट कार्यान्वयनमा कुनै चासो राखिदिएन,’ बिष्टले भने, ‘काम भइसकेको छ, किन रोक्यो भुक्तानी? अझै पनि हेर्दा हुन्छ, काम लगभग सकिसकेको छ, बिल भुक्तानी किन भएन?, किन समयमा एमबी उठेन? यो जिम्मा नगरपालिकाले लिनुपर्छ, ।’ 
वडा अध्यक्ष बिष्टले आफु अस्पतालबाट डिस्चार्ज भइसकेपछि कार्यपालिकामा जोडतोडका साथ यो विषयमा कुरा उठाउने बताए । नगरपालिकोले उक्त रकमको दायित्व लिनु पर्ने अध्यक्ष बिष्टको भनाइ छ ।
यसैगरी उनले मेयर तथा उपमेयरलाई बेलाबेला अनुगमन गर्न भनिएको र सोही अनुसार इन्जिनियर भट्टले समेत भुक्तानी गर्नेबारे कार्यपालिकामा जानकारी गराएको समेत अध्यक्ष बिष्टको भनाइ छ । तर अन्त्यमा आएर कुन विषयमा कुरा नमिले बजेट फ्रिज हालेको उनको गुनासो छ । 

ढिलोगरी ठेक्का खोल्नु र समयमा निर्माण सम्पन्न नहुनु नै कमजोरीः वडा अध्यक्ष भाट
ढिलोगरी नगरपालिकाले टेण्डर खोल्नु र निर्माण कमपनीले काम ढिलार्य गर्नुले पनि यो अवस्था आएको वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाटले बताए । आर्थिक वर्ष सकिन ११ दिन बाकी हुदा ठेक्का खोलिएको छ, त्यो पनि २ वर्षको म्याद दिएर गरिएको छ, निर्माण व्यावसायीले पनि आर्थिक वर्ष अगावै काम सबै सकिसक्नु पर्ने थियो । अध्यक्ष भाटले भने । विद्यालयको बजेट फ्रिज जानु गलत भएको उनले बताए । 

भुक्तानीको लागि प्रमुखकहाँ विल पुगेन 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भुक्तानीको लागि विल आफुकहा नपुगेको बताए । ‘काम भएजतीको पैसा विद्यालयको खातामै छ, त्यो रोक्का छ, तर भुक्तानीका लागि आर्थिक वर्षमा आफुकहा बिल पुगेन । विद्यालयले २ करोडको काम गरेपछि मात्रै सोही अनुसार भुक्तानी मिल्ने हो ।’ उनले भने । 
तर यसअघि २ वर्षको समयसिमा राखेर सम्झौता गरिएको थियो । सम्झौता भएअनुसार अझै पनि एक वर्ष समय बाकी रहेको छ । अधिकृत शर्माका अनुसार प्रत्येक वर्ष ठेक्क गर्नुपर्ने हुन्छ । तर यसअघि नरगपालिकाबाटै २ वर्षको ठेक्का खोलिएको छ ।   
 


प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्