Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अनि गाउँपालिका अध्यक्ष जोशी ‘जोस्सिए’!
अनि गाउँपालिका अध्यक्ष जोशी ‘जोस्सिए’!
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, साउन ५, २०८०

बैतडी, 
‘गर्न खोज्या के हो बुझिराछैन, के गर्न खोजेको हो यो ? सबैलाई जाउँ भन्नुस....,’ 
‘के घेराउ गरेको यो? हेप्न खोज्ने, १० जना मान्छे हाँमि ल्याउन सक्दैनौँ ?, जुधाउन खोजेको हो यो !!’ ? डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशी जोस्सिएर बोले । 

अर्काे पक्षबाट आवाज आउछ ‘हैन ५० वटा ल्याएपनि...’ यसपछि माहोल एकदमै तात्छ । केहि सिमित प्रहरी, जनप्रतिनिधि, कर्मचारीहरुले माहोल शान्त पार्ने हरदम प्रयास गरिरहेका थिए । धन्न अवस्था नियन्त्रण बाहिर गएन । दुबैपक्षका शीर्षस्त प्रतिनिधिहरु केहि समालिएपछि माहोल शान्त भयो । 

यो डिलासैनी गाउँपालिकाको केन्द्रमा बिहिबार भएको घटनाको सानो अंश हो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एसले सयुुक्त रुपमा गाउँपालिकालाई २६बुदे ज्ञापनपत्र पेश गरिसकेपछि भएको अनौपचारिक छलफलमा भएको घटना हो । कांग्रेसबाट जयानन्द जोशी, एमालेबाट बिपिन नाथ,  माओवादी तलिक माल, नेकपा एसबाट बाशुदेव नाथ अग्रपन्तीमा थिए । उनिहरुले गाउँपालिका अध्यक्ष जोशीलाई सयुक्त रुपमा ज्ञापनपत्र बुझाए । 

झण्डै ५० देखि ६० जनाको समुह गाउँपालिकाको केन्द्रमा पुगेको राजनितिक दलका प्रतिनिधिहरुले नै बताएका छन् । तर गाउँपालिका अध्यक्षको कार्यकक्षमा चार वटै दलका ८ देखि १० जना सम्म मात्रै बसेका थिए । अन्य बाहिर थिए । 

ज्ञापनपत्र पेश गरिसकेपछि पनि अनौपचारिक रुपमा बसौँ  भन्ने धारणा राखेकाले दलका आठदश जना प्रतिनिधिहरु गाउँपालिका अध्यक्षको कार्यकक्षमा उपस्थित भएको नेपाली कांग्रेसका डिलासैनी गाउँपालिका सभापति जयानन्द जोशीले बताए ।  ‘हामिहरु अनौपचारिक रुपमा छलफल गरिरहेका थियौँ, त्यहिबेला बाहिर भएका केहि ब्याक्तिहरुले गाउँपालिकाका कर्मचारी भनिएका तेजराज जोशीले धामीगाउँको विषयलाई लिएर सामाजिक सञ्जालमा राखेको धारणालाई दिएर वादविवाद भएको  रहेछ ।,’ जयानन्द जोशीले भने । ‘त्यहि समयमा भित्रबाट गाउँपालिका अध्यक्ष ज्यू पनि जोस्सिएर बोल्नु भएको हो ।,’ 

झगडा गर्ने मनसाय आफुहरुको नरहेको बताउदै नेकपा माओवादी केन्द्रका युवा नेता तिलक मालले गाउँपालिकाको कर्मचारी भनिएका तेजराज जोशीले फेसबुकमा लेखेको विदादित धारणा प्रति जिज्ञासा राख्ने क्रममा बाहिर हल्लाको माहोल बनेको बताए । जोशीले गाउँपालिकाबाट सेवा सुविधा खाएर कुनै एक गाँउलाई केन्द्रित गरेर विवादित धारणा राखेको जयानन्द जोशीले बताए । 

यसबारे गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले बाहिर हल्ला गरिरहेकाहरुलाई पनि भित्रै बस्न भनिएको तर नमानेर उग्र हुन थालेपछि आक्रोस पोखेको बताए । ‘बाहिरनिर हान हान ‘घोगाड फाल’, लखेट त्योलाई, भन्ने आवाज सुनियो, मैले के भइरहेको हो, यो राम्रो भइरहेको छैन भनेर बुझ्न खोजे झन उग्र भइरहे, भित्र रहेका साथीहरुलाई पनि के भइरहेको छ भने केहि प्रतिक्रिया आएन, सबैलाई शान्त हुने भनेपनि कसैले मानेनन्, त्यसपछि उग्र भएको हुँ, अध्यक्ष जोशीले भने सुरुमा नम्र भएर नै उपस्थित थिए, बाहिरको झैझगडाको हल्लाले स्थिति बल्झिएको हो, अन्य केहि होइन ।’ उनले भने । 

गाउँपालिकाका कर्मचारी जेशीले ेखेको विवादित विषयप्रति मैले पनि कमजोरी भएको र स्वीकार गरि आगामी दिनमा नगर्ने वचन गर्न लगाएको समेत बताए । ‘यो विषयमा केहि दिन पहिले नै मैले चासो राखेर ती कर्मचारीलाई त्यस्तो नगर्न र गल्ति स्वीकार गर्न लगइसकेको थिए । तर हिजो त्यहि विषयलाई निहु बनएर अशान्त स्थिति बनाइीदए ।’ 

नितान्त रुपमा व्याक्तिगत फाइदा हुने खालको कार्यक्रम नल्याएको भएर उनिहरुले गाउँपालिकाप्रति आक्रोस पोखेको अध्यक्ष जोशीको दाबी छ  । सामुहिक भन्दा पनि आफ्नो व्यक्तिगत योजना ल्याउने, व्यक्तिगत योजना नहालेमा रिसाउने, मैले भनको गर्नुपर्छ भन्ने भावना राख्ने गरेकाले उनिहरु असन्तुष्ट बनेको अध्यक्षको भनाइ थियो । 

उनिहरुले माग गरेको विषयलाई सम्बन्धित साखामा पठाइसकेको र प्रक्रिया अनुसार मागे अनुसारको सूचना उपलब्ध गराउन सकिने अध्यक्ष जोशीले बताए । 
गाउँपालिकामा हुदै गरेका कामकारवाही र भइरहेका कामहरुको जानकारी सहितको विवरण माग गरेको माओवादी केन्द्रका युवा नेता मालले बताए । ‘स्वास्थ्य केन्द्रको विषय जोडिएको छ, कर्मचारी नियुक्तीको विषय जोडिएको छ, योजना निर्माण देखि भएको भुक्तानीको विषयमा जान्न खोजेका हौँ ।’ मालले भने ।  

गाउँपालिकाले खरिद गरेको डोजरको विषयमा पनि जान्न चाहेको कांग्रेस नेता जोशीले बताए । कार्यकर्ता भर्तीकेन्द्रको रुपमा गाउँपालिकालाई प्रयोग गरिएको समेत उनले आरोप लगाए । 

ज्ञापन पत्रमा कर्मचारीको सेवासुविधा देखि पालिकामा भइगरेका कामकारवाहीका विषयहरु समेटेको राजनितिक दलका प्रतिनिधिहरुले बताएका छन्  । राम्रा कामहरुको सम्मान गर्ने र नियमसंगत नभएका कामहरुको खबरदारी राख्ने आफुहरुको लक्ष रहेको उनिहरुले बताएका छन् । 

यसैगरी गाउँपालिकाका प्रबक्ता यज्ञ भट्टले पनि गाउँपालिकाले हालैमात्र सार्बजनिक सुनुवाई गरेको र उक्त समयमा पनि धेरै योजना र कामका बारेमा जानकारी गराइसकेको बताए । ‘अधिकांस जान्न चाहेको विषयमा सार्बजनिक सुनुवाई कार्यक्रममा बताइसकेका छौँ, त्यो दिन पनि सबै साथिहरु अन्तिमसम्म बसेनन्, हिजो सूचना माग्न आउदा जम्भो टोलि लिएर आए ।’ उनले भने ।

गाउँपालिकाको सर्वपक्षिय विकाससँग हातेमालो गर्न गाउापालिका अध्यक्ष जोशीले आग्रह गरे । भौगोलिक किटता भएको क्षेत्रमा धेरै समस्या रहेको र क्रमैसँग विकास गरि समृद्ध डिलासैनी बनाउन सबैलाई आग्रह गर्छु, उनले भने । 
 


प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्