Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी: घरघरमा धारा बनेपछि लगन ठुलीसैनीका स्थानीय दङ्ग
बैतडी: घरघरमा धारा बनेपछि लगन ठुलीसैनीका स्थानीय दङ्ग व्यक्तिगत सरसफाइ गर्न, शौचालयमा प्रयोग गर्न र तरकारी सिँचाइका लागि पनि धाराकै पानी प्रयोग गर्ने गरेका छन् । 
डम्बर बोहरा
डम्बर बोहरा मंगलबार, साउन ९, २०८०

बैतडी

घरको आँगन छेउमा चिटिक्क बनेको पानी धारा छ । धारा मात्रै छैन । नियमित पानी पनि आइरहेको छ । गाग्री कुनै पनि खाली छैनन् । खाना पकाउन, बस्तु भाउलाई र सरसफाइ गर्दा ढुक्कले जति चाहिन्छ प्रयोग गर्न मिल्छ । एक गाग्री पानीका लागि न्वालोमा रातदिन जागराम पनि बस्न पर्दैन । स्थानीयलाई पहिलेको जस्तो पानीको चिन्ता छैन् । आधा उमेर पानीको जोहो गर्नमै बिताउनुभएकी बैतडीको सिगास गाउँपालिका–३ कि ६८ बर्षकी किथ्थी धामीलाई आँगनमा बनेको धारामा नियमित पानी आउँदा सपनामा छु जस्तै लाग्छ ।

धित मर्ने गरी पानी पिउन समेत नपाउने गाउँमा घरघरमै धारा बनेपछि उहाँ खुसीले दङ्ग हुनुहुन्छ । ’रात दिन पानीकै चिन्ता हुन्थ्यो । एक गाग्री पानीका लागि रातभरि जागराम बस्नु पर्थ्यो । कहिले त रित्तै घर फर्किनु प्रथ्यो । अहिले  लिफ्ट प्रविधि मार्फत आँगनमै पानी आयो खुसी छौ’ उहाँले भन्नुभयो खानेपानीको समस्याकै कारण हाम्रो गाउँमा छोरी दिन समेत मान्दैन थे अहिले तरकारी खेती गर्न समेत पुग्छ । 

नजिक मुहान थिएन । यसरी सोलार लिफ्ट मार्फत घरमै धारा बन्छन् । पानी आउँछ । यो त हामीले कल्पना समेत गरेका थिएनौ अर्का स्थानीय सारथि धामीले भन्नुभयो, अहिले पानीका लागि दुई घण्टा  हिड्न पर्दैन । दैनिक पानीको जोहो गर्नमै व्यस्त हुने महिलाहरूको दैनिकी समेत फेरिएको छ ।  नियमित रूपमा व्यक्तिगत सरसफाइ गर्न, शौचालयमा प्रयोग र बस्तुभाउ खुवाउन पनि धाराकै पानी प्रयोग गर्ने गरेको धामीले बताउनुभयो 

mahila1690255487.jpg

‘सिन्याखेत है पानी पुग्यो लगन ठुलीसैनी
घर-घरमा धारा बन्या खुशी छन् दिदीबहिनी’

स्थानीय कलावती धामीले गाउनुभएको यो गीतबाटै नै प्रष्ट हुन्छ कि गाउँमा पानी पुगेपछि उनीहरु कति खुशी छन् भनेर । ‘समयको बचत भएको छ । अहिले त गाउँमा तरकारी खेती गर्न सुरु गरेका छौ’ कलावतीले भन्नुभयो, सँधै सुक्खा रहने करेसाबारी हराभरा भएका छन् ।’ सँधै बजारको तरकारीले धानेको गाउँमा अहिले आफैले लगाएको आफ्नै बारीको ताजा साग तरकारी खाइरहेको उहाँले बताउनुभयो । 

यसअघि सो ठाउँका स्थानीयवासीहरूले छिमेकी डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका – ५ बाट दुई घण्टा हिडेर पानीको जोहो गर्दै आएका थिए । त्यहाँ पनि पर्याप्त पानी थिएन । एक गाग्री पानीका लागि घन्टौँ सम्म लाइनमा बस्नु पथ्र्याे । धनमति धामीले भन्नुभयो, उनीहरु पनि सँग पानीको निहुँमा जहिले नि झगडा हुन्थ्यो ।  

झन्डै दुई किलोमिटर टाढा सिन्याखेतबाट लिफ्ट प्रविधि मार्फत गाउँमा खानेपानी ल्याइएको छ । गाउँमा खानेपानी पुग्ने कुनै विकल्प नभएका बेला लिफ्टबाट पानि तानेर घर घरमा धारा बनेपछि महिलाहरूको दैनिक मात्रै फेरिएको छैन्, विद्यालयमा विद्यार्थीहरूको उपस्थिति समेत बढेको स्थानीय एवं भुवन भाष्कर माध्यामिक विद्यालयका प्रधानाध्यपक भानसिंह धामीले बताउनुभयो । ‘पानी भर्न जाने बालबालिकाहरू अहिले नियमित रुपमा विद्यालय आइरहेका छन्’, उहाँले भन्नुभयो ‘काकाकुल गाउँमा पानी पुग्यो अहिले सबै खुशी छौ ।’

सुदूरपश्चिम प्रदेश सरकारको झन्डै आठ करोडको लागतमा लगन ठुलिसैनी लिफ्टिङ खानेपानी आयोजना बनेपछि सिगास गाउँपालिका ३ का किथ्थी र सारथि सहित १३७ घरमा धारा निर्माण गरिएको छ । मैनोला, लगन, हल्कासैनी, माझभ्वाँ, मैतोडा, ठुलीसैनी, परचाल र चमडेखर्क गाउँका  एघार सय बढी उपभोक्ताहरू लाभान्वित भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले जानकारी दिनुभयो । लिफ्ट खानेपानी योजना आर्थिक वर्ष २०७७÷७८ बाट सुरु भएर आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न भएको हो । 

thankin1690255538.jpg

बस्ती नजिक मुहान नभएका उच्च भेगहरूमा लिफ्ट प्रविधिमार्फत खानेपानीको पहुँच पु¥याउने गरिएको छ । यो प्रविधि उक्त भेगहरूका लागि प्रभावकारी समेत बन्दै गएका छन् । जिल्लामा गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार मार्फत सञ्चालित छ ओटा खानेपानीका योजनाहरू सम्पन्न भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका इन्जिनियर हरिस जोशीले जानकारी दिनुभयो ।

२९ योजना मध्ये ६ ओटा सम्पन्न भइसकेका छन् भने १८ लिफ्टिङ खानेपानीका योजना निमार्णको क्रममा रहेको उहाँले बताउनुभयो । बाँकी ५ ओटा योजनाहरूको काम सञ्चालन हुन् बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ । 
 


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्