Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पानी नपाएर ३ दिन भोकै !
पानी नपाएर ३ दिन भोकै !
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, साउन १५, २०८०
सिगास गाउँपालिका–६ कौसाडी टोलका दलीत परिवारको सामुहिक तस्विर

बैतडी, 
गत जेठ ९ गते मध्यरातीको समय । भीम नेपालीकी नातनी ५ वर्षीय शान्तीले रुदै पानी मागिन् । बेलुका भोकै सुतेकी शान्ती मध्यरातमा रुदै पानी माग्न थालेपछि  भीम आत्तिए । राती झरो(खोटो भएको सल्लाको दाउरा) बालेर छिमेकीको घर गएर लोटामा पानी मागेर खुवाए । 
‘दिउँसो न्वालो(पानीको खाडाल)मा पानी भर्नै पाइएन, केही भाडाकुडा रित्याएर पानीको जोहो गरी दिउँसोको समयमा खाना पकाए, तर राती भने खान समेत पानी नभएपछि भोकै सुत्यौँ,’ भीमले भने । 
बैतडीको सिगास गाउँपालिका–६ कौसाडी टोलका भीम नेपाली गत जेठ ९ गते सधैजसोगरी बिहानै न्वालोमा पानी भर्न गएका हुन् । तर न्वालोमा आफ्नो पालो नपुगेरै पानी सकिएपछि रित्तो गाग्रो ल्याएर फर्किएपछि त्यो रात भोकै सुत्नु परेको हो । 
उनले जेठ ९ गतेमात्रै होइन जेठ १४ र २१ गते समेत पानी नपाएरै भोकै बस्नु परेको सुनाए । ‘तीन दिन पानी नपाएरै भोकै सुत्न बाध्य भयौँ, खानेपानीको साह्रै समस्या छ,’ उनले भने । आजभोली पनि वर्षा भएको बेला आकासे पानी भरेर गुजारा चलाउने गरेको उनले बताए । ‘कुनै पानीको मुहान छैन, पानी परेको समयमा घरको छतको पानी भरेर गुजारा चलाउछौँ,’ उनले भने । 

वर्षाको समयमा छतबाट खने पानी जम्मा गर्न ाखिएका भाडाकुडा1690777888.jpg
१२ दलित परिवारको बसाइ रहेको कौसाडी टोलमा खानेपानी चरम समस्या छ । खानेपानीको सुबिधा नभएका कारण जनजिवन नै प्रभावित बनेको छ । ‘करिब एक घण्टाको दुरीमा रहेको न्वालोमा पानी भर्न लाइन लाग्नुपर्छ, कहिलेकाहीँ पालो नपुग्दै पानी सकिन्छ, खान नपुग्ने पानीले कसरी करेसाबारी गर्नु, कसरी पासु चौपाया पाल्नु, उनले भने । खानकै लागि पानी भए, अरु गुजारा गरिहाल्थ्यौँ,’ अर्का स्थानीय लक्ष्मे मेजारले भने । 
लुगा सिउने र फलामको काम गर्ने उक्त टोलका दलितहरु खलो (गैह्रदलितको काम गरिदिएवाफत मागिने अन्न) मागेरै गुजारा गर्न गरेका छन् । मागेर परिवार पाल्दै आएका दलित परिवारले पानीकै अभावमा केहिलेकाही भोकै बस्नुपर्ने बाध्यता रहने गरेको छ । खानेपानीको समस्याका बारेमा सबै निकायलाई जानकारी गराएपनि कुनै सुनुवाइ नभएको त्यहाका स्थानीयहरुको भनाइ छ ।
दलित बस्तीसँगै जोडिएका ठाटीकेदार, लदौला लगायतका टोलमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीय संग्राम सिंह धामीले बताए । ‘दलित टोलमा धेरै समस्या छ, अन्य टोलमा पनि खानेपानीको समस्या नै हो,’ उनले भने । वर्षादको समयमा नजिकै पानीका मुल फुट्ने भएकाले समस्या नहुने गरेपनि माघ देखि असारसम्मपानीको साह्रै समस्या हुने गरेको उनले सुनाए । 
वडा अध्यक्ष तेज बहादुर साउँदले वडा नं ६ मा खानेपानी  योजना निर्माणका लागि बजेट बिनियोजन नगरेको बताए । ‘यस वर्ष खानेपानी निर्माणका लागि बजेट बिनियोजन गरिएन, सडक बिद्युत र स्वास्थ्य क्षेत्रका केहि संरचना निर्माणका लागि मात्रै छ,’ अध्यक्ष साउँदले भने । गाउँपालिकाको केही शीर्षक र खानेपानी सरसफाइ डिभिजनसँग आवश्यक समन्वयमा पाइप समेत खरिद गर्न सकियो भने श्रमदानबाट खानेपानीको व्यवस्थापन गर्न सकिने अध्यक्ष साउँदले बताए । 
यता खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्ण बहादुर बोगटीले पाइप वितरण गर्दा समस्याको समाधान हुने अवस्था आए उक्त टोलमा पाइपको व्यवसथा गर्न सकिने उनले बताए । ‘गाउँपालिकाबाट योजना जानु पथ्र्याे, यहाँबाट प्रदेशका योजना कार्यान्वयन हुन्छन्, पाइप वितरण गरेर समाधान हुने भएन, त्यसको व्यवस्थापन गर्न सक्छौँ, उनले भने । मंसिर÷पुसमा सम्पर्कमा आउन उनले आग्रह गरे । 


प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्