Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा प्रसूतिलाई प्रदुषित पानीः स्वास्थ्य चौकीको पानी ट्याङ्कीमा  भ्यागुता र चेपागाडा !
बैतडीमा प्रसूतिलाई प्रदुषित पानीः स्वास्थ्य चौकीको पानी ट्याङ्कीमा  भ्यागुता र चेपागाडा !
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, साउन १९, २०८०

बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिकामा–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा ३० हजार लिटरको भूई पानी ट्यङ्की छ । खानेपानीको चरम समस्या खेपिरहेको उक्त स्वास्थ्य चौकीमा आकासे पानी र टाढाबाट ट्याङ्करबाट पानी भरेर जम्मा गरेर राखिएको हुन्छ । उक्त ट्याङ्कीमा एक पटक पानी भरेपछि २ देखि ३ महिनासम्म काम चलाउने गरिएको छ । 

लामो समयसम्म पानी ट्याङ्कीमा जम्मा भएर बस्ने र सरसफाई समेत नहुने भएकाले भ्यागुता र चेपागाडा देखिने गरेका छन् । सोही पानी स्वास्थ्य चौकीमा प्रयोग हुन्छ ।  

‘भुई पानी ट्याङ्की हो, निकासको व्यवस्था छैन, पानी जमेर बस्छ, फोहोर धेरै नै छ,’ पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले भन्नुभयो । पशुहरुलाई समेत दिन नमिल्नेखालको पानीलाई सुत्केरी सेवा र अन्य सरसफाईको कार्यमा सोही पानी प्रयोग गर्ने गरिएको स्वास्थ्य चौकी इन्चार्ज सार्कीले बताउनुभयो । खानेपानीको व्यवस्था नहुदा चरम समस्या भोग्नु परेका हाले बताउनुभयो । आकासे पानी र टाढाबाट ट्यङ्करमा भरेर उक्त ट्याङ्कीमा पानी जम्मा गरिने गरिएको छ । भुई ट्यङ्कीमा मात्रै नभई आकासे पानीले भरिने प्लाष्टिक ट्याङ्कीमा समेत फोहोर जमेर चेपागाँडा देखिएका छन् ।  

Pancheswor 1 swasthya xhauki1691053473.jpg

फहोरको थुप्रोले भरिएको पञ्चेश्वर स्वास्थ्य चौकीको पानी ट्याङ्की, आखाले सहजै भ्यागुता र चेपागाँडा देखिन्छन् । सोही पानी स्वास्थ्य चौकीमा प्रयोग हुन्छ ।, तस्बिरः कृष्ण बिष्ट,  

सुत्केरीका लागि प्रयोग हुने उक्त पानीको प्रयोगले महिलाहरुमा पाठेघरको समस्या देखिन थालेको छ । पञ्चेश्वर गाउँपालिकामा मात्रै आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाभरी ११० जना महिलामा पाठेघरको समस्या देखा परेको छ । पञ्चेश्वर–१ मा उक्त पञ्चेश्वर स्वास्थ्य चौकीमा मात्रै १०३ जना महिलामा पाठेघरको समस्या देखिएको हो । बाकी रहेका ७ जना महिलाहरु उक्त गाउँपालिकाको अन्य ५ वटा स्वास्थ्य चौकीमा सेवा लिएका महिलाहरु रहेका छन् । 

पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिएका महिलामध्ये अधिकांस महिलाहरुमा प्रदुषित पानीकै कारण पाठेघरमा समस्या देखिएको स्वास्थ्य चौकइ इन्चार्ज सार्कीले दाबी गर्नुभयो । ‘यस स्वास्थ्य चौकीबाट सुत्केरी सेवा लिएका अधिकांश महिलाहरुमा पाठेघरको समस्या लिएर आउने गरेका छन्,’  सार्कीले भन्नुभयो, ‘सुत्केरी भएको महिनादिनभित्र सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, शरिर दुख्ने लगायतका समस्या लिएर आउने गरेका छन्,’ । स्वास्थ्य चौकीमा सुत्केरी भएकाबेला नुहाउने, लुगा धुने र स्वास्थ्य चौकीमा प्रयोग हुने औजारको सफाई गर्ने गरिएको छ ।  

 

 

बैतडीको सुर्नया गाउँपालिका–७ स्थित शिखरपूर स्वास्थ्य चौकीमा खानेपानीको चरम समस्या छ । नजिकैको खोलबाट पाइप तानेर पनी ल्याउने गरिएको स्वास्थ्य चौकी इन्चार्ज बिर बहादुर बोहराले बताउनुभयो ।

स्वास्थ्य चौकीकोलागि र सुत्केरी महिलाको लागि खोलाबाट पाइप तानेर ल्याउने गरेका छौँ, स्वास्थ्य चौकी इन्चार्ज बोहरा भन्नुहुन्छ ।, ‘खोलाको पानी फोहोर हुन्छ तर पनि के गर्नु अर्काे बिकल्प छैन ।’ 
२०७८ कार्तिकमा आएको बाढीले स्वास्थ्य चौकीसम्म आउने खानेपानीको मुहान नै बगाएपछि त्यसयता खोलाको पानी नै प्रयोगगर्ने गरिएको उहाले बताउनुभयो । स्थानीय सरकारसँग खानेपानीको लागि पटकपटक माग गर्दा कुनै सुनुवाई नभएको उहाले बताउनुभयो ।  

Pancheshwor1691053477.jpg

पञ्चेश्वर स्वास्थ्य चौकीमा रहेको प्लाष्टिक ट्याङ्कीमा रहेको प्रदुषीत पानी, यहि पनि यहाँ नियमित प्रयोग हुदै आएको छ । तस्बिरः कृष्ण बिष्ट,  

जिल्लाको पाटन ८ स्थित सिद्धेस्वार स्वास्थ्य चौकीको पानि ट्याङ्कीमा पनि फोहोर भरिएको छ । सरसफाई गर्न निकास नै नहुदा सफाई गर्न नसकिएको स्वास्थ्य चौकीले जनाएको छ । 

बैतडीका आधिकांस स्वास्थ्य चौकीमा प्रयोग हुने पानी प्रदूषित रहेको पाइएको छ । हालै स्वासथ्य कार्यालय बैतडीले स्वास्थ्य संस्थाले प्रयोग गर्ने खानेपानीको मुहानको अनुगमन तथा निरिक्षण गरिएको थियो । जिललामा रहेका आधा स्वास्थ्य चौकीले प्रयोग गर्ने खानेपानीको मुहानमा दिसामा पाइने किटाणु कोलिफर्म भेटिएको छ । 

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो ।

‘जिल्लाका सबै पालिकाबाट स्थानीयले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमूना संकलन गरि परिक्षण गरेका थियौँ’ भट्टले भने । ‘१३६ ओटा मुहानको पानी पिउन योग्य छैन, ५० दशमलव ८ प्रतिशत मुहानमा पानि दुषित छ ।’ 

दशरथचन्द नगरपालिकामा ३४ ओटा मुहानको नमूना संकलन गरि परिक्षण गर्दा ११ ओटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ । पुर्चाैडीमा ३० मध्ये १२, पाटनमा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो । 

यस्तै पञ्चेश्वरका १८ मध्ये १४, शिवनाथका १८ मध्ये १२, सिगासका ३७ मध्ये १०, सुर्नयाका २४ मध्ये १७ दोगडाकेदारका २७ मध्ये १८ र डिलाशैनि गाउँपालिकाका २१ ओटा खानेपानीका मुहानबाट नमूना संकलन गरि परिक्षण गर्दा १२ ओटा पानीका मुहानमा कोलिफर्म भेटिएको हो । 

पानीको मुहान, इन्टेक र धाराहरूलाई नियमित सरसफाइ गर्न आवश्यक रहेको उहाले बताउनुभयो ।  
दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउ जस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने गरेको छने स्वास्थ्य संस्थामै प्रयोग हुने खानेपानीमा केलिफर्म जस्ता कीटाणु भेटिनाले झनै समसया निम्तिन सक्ने उहाले बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई  शुक्रबार, वैशाख ५, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडीमा एक वृद्ध मृत फेला
बैतडीमा एक वृद्ध मृत फेला
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्