Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मकैबाली जोगाउन किसानलाई धौधौ
मकैबाली जोगाउन किसानलाई धौधौ
डम्बर बोहरा
डम्बर बोहरा शनिबार, साउन २०, २०८०
bali-nasta-bandar.jpg

बैतडीका किसानहरू जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि चिन्तित बनेका छन् । दिउँसोको समयमा बाँदर र राति दुम्सी र बँदेलले मकैबाली सखाप पार्न थालेपछि यहाँका किसानहरू चिन्तित बनेका हुन् । जिल्लाका अधिकांश किसानहरूले मुख्य खाद्य बालीका रुपमा मकै खेती गर्दै आएका छन् । तर जंगली जनावरहरूले प्रत्येक वर्ष मकैबाली सखाप गर्न थालेपछि उत्पादन समेत घट्दै जान थालेको छ ।

जंगली जनावरहरूलाई मकैबाली सखाप पार्न थालेपछि किसानहरू रातदिन खेतमा जागराम बस्ने गरेका छन् । रातीको समयमा जंगली जनावर बँदेलका बथानहरु नै आएर मकै बाली नष्ट गर्न थालेको पञ्चेश्वर गाउँपालिका–४ का स्थानीय वीरेन्द्र भट्टले बताए  । ‘रातिको समयमा बँदेलको बथानै आएर मकैबाली आएर सखाप पार्छन् । दिउँसो बाँदरले ।’ उनले भने ‘जंगली जनावरबाट बाली नै जोगाउन मुस्किल हुने गरेको छ ।’

जिल्लाका दश ओटै पालिकामा किसानहरूले लगाएको अन्नबालीमा जंगली जनावरले नोक्सानी पु¥याउने गरेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिका वडा नम्बर ५, ६, ८ र १० मा बाँदरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी नष्ट गर्न थालेपछि खेत बाझै छन् ।

दशरथचन्द, पाटन, मेलौली नगरपालिका, सुर्नया, सिगास गाउँपालिकामा बढीजसो बँदेल र बाँदरले बाली सखाप पार्ने गरेको छ । अस्थायी टहरा लगाएर एक जना दिनैभर रेखदेखमा बस्ने गरेका छन्। रातदिन मकैबाली जोगाउन पहरामै बस्नुपर्छ ।’ सिगास गाउँपालिका –९ स्थानीय दान सिंह बोहराले भने, ‘मकैमा घोगा लाग्ने बेला देखी नै जंगली जनावरले नोक्सानी गर्न थालिसके । बाली जोगाउनै मुस्किल भैसक्यो । अब बाली पनि उनीहरूको लागि लगाए जस्तो भैसक्यो ।’

घरनजिकै रहेको खेतमा बाँदर आएर नष्ट गर्न थालेपछि मकै बाली जोगाउन धौधौ हुने गरेको पाटन नगरपालिका १० किसान दलबहादुर बिष्टले बताए । दिउँसोको समयमा बाँदरको समुह खेतमा पसेर मकै नष्ट गर्ने गरेको उनले जानकारी दिए । दिनभरी खेतमै जाग्राम बस्नुपर्छ तर पनि बाली जोगाउन सकिएको छैन् ।

जंगली जनावरले मकैबालीमा क्षति पु–याएको भन्दै आवश्यक क्षतिपुर्तिका लागि डिभिजन वन कार्यालय बैतडीमा निवेदन समेत आउने गरेका छन् । गत बर्ष दुम्सी, बँदेल र बाँदर लगायतका जंगली जनावरले मकैबालीमा क्षति पु–याएको र आवश्यक क्षतिपुर्ति दिनुपर्ने भन्दै ७० ओटा निवेदन आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद बताए  । 

कृषि ज्ञान केन्द्र बैतडीका अनुसार यहाँ १२ हजार दुई हेक्टर क्षेत्रफलमा मकै  खेती गरिन्छ । गत वर्ष २१ हजार ९८५ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले जानकारी दिए ।बैतडी मकै उत्पादनका लागि पकेट क्षेत्र भएपनि बालीमा लाग्ने रोग कीरा, जंगली जनावरले क्षति पु–याउँदा उत्पादनमा केही कमी आउने गरेको उनले बताए । 
 


प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्