Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया–७का बिष्टको लोभलाग्दो मौरीपालन, घरै छोपिने घारहरु, वर्षमा २ क्वीन्टल मह
सुर्नया–७का बिष्टको लोभलाग्दो मौरीपालन, घरै छोपिने घारहरु, वर्षमा २ क्वीन्टल मह
नविन राज अवस्थी
नविन राज अवस्थी आइतबार, भदौ ३, २०८०

बैतडी, 
बैतडीको सुर्नया गाउँपालिका–७ छीडामालमका प्रेम बहादुर बिष्ट २५ वर्षदेखि परम्परागत रुपमा मौरी पालन गरिरहेका छन् । करिब ७० घार मौरी पाल्दै आएका बिष्ट वर्षमा  दुई क्वीन्टल मह उत्पदान गर्छन् । 
स्थानीय जातका मौरी पालेका बिष्टले परम्परागत तवरले व्यवसाय गरिरहेका हुन् । स्थानीय जंगलको काठबाट मौरीका घारहरु बनाएका छन् । घरमा घार राख्न ठाउँ नभएपछि बाटो तथा भीरमा समेत मौरीका घारहरु राखेका छन् । ‘सुरुमा सानोबाटै मौरी पलानको सुरुवात गरेको हुँ, बढाउदै यहाँसम्म ल्याइ पु¥याएको छु, घार राख्ने ठाउँ नभएर चर्पीका भित्ता हुदै बाटोको किनार र भीरपाखामा पनि राखेको छु,’ बिष्टले भने । 
बिष्टले श्रीमती र छोराछोरी गरि ६ जनाको परिवार मौरी पालन व्यावसायबाटै पालीरहेका छन् । वर्षमा दुई पटक मह निकाल्ने बिष्टले एक पटक मह निकाल्दा एक क्वीन्टल मह निकाल्छन् । ‘चैत– बैशाखको बिचमा एक पटक र कात्तिक–मंसिरमा दोश्रो पटक गरि दुई पटक मह निकाल्छु, एक पटक निकाल्दा एक क्वीन्टल बढी हुन्छ,’ बिष्टले भने । 
हालसम्म उत्पदान हुदै आएको महले बजार पनि पाइरहेको छ । स्थानीय बजार र जिल्ला बाहिर पनि मह निकासी हुने गरेको छ । बजारमा महको माग बढ्दै गएकाले थप व्यवसाय विस्तार गर्न सके बजारको समस्या नरहेको बिष्ट बताउछन् । 
परम्परागत तरिकाले नै मौरी पालन गरिरहेका बिष्टलाई मौरी जोगाउन निकै धौधौ हुने गरेको छ । स्थानीइ काठका मुडाबाचट बनाइएका घारहरुमा जंगली जनावर मलसाप्रोले मौरी खाने गरेको छ । मलसाप्रोबाट बचाउन उनलाई निकै समस्या रहेको छ । यसैगरी वर्षादको समयमा पनि चिसोबाट बचाउन निकै सकस हुने गरेको छ । बाटोको छेउ तथा भीरपाखामा राखिएका घारमा मौरी बचाउन निकै सकस हुने बिष्ट बताउछन् । 

mauri prem1692503113.jpg
लामो समयदेखि मौरी पालन गरिरहेका बिष्टले हालसम्म कुनै निकायबाट सहयोग पाएका छैनन् । केहि प्राबिधिक तथा व्यवसायिक रुपमा मौरी पालनबारे तालिम समेत पाएको अवस्थामा अफुले व्यवसाय बृद्धि गर्ने लक्ष रहेको उनि बताउछन् । ‘अनुदान त परै जावस, सामान्य तालिम पनि पाएन, रानी मौरीका व्यवस्थापनको बारेमा समेत तालिम  पाएको छैन,’ बिष्ट भन्छन्, ‘आधुनिक घार र मौरी पालनबारे प्राबिधिक तालिम पाए भने दुई सय बढी घारमा मौरी पाल्न सक्छु,’ बिष्टले भने ।
सुर्नया गाउँपालिका ७ को उक्त छीडामालम टोल मौरी पालनका लागि राम्रो सम्भावना रहेको अर्का स्थानीय बिरेन्द्र बिष्ट बताउछन् । यहाँ प्राकृतिक रुपमा पनि राम्रो ठाउँ छ, मौरी पालनको हबको रुपमा यस क्षेत्रलाई विकास गर्न सकिन्छ, बिरेन्द्र भन्छन् । बिरेन्द्रले पनि १५ घार मौरीका पालेका छन् । सुर्नया गाउँपालिकामै मौरी पालन व्यवसायलाई बृद्धि गर्न सकिने बिरेन्द्र बिष्ट बताउछन् । 

mauri surnaya 71692503205.jpgमौरी पालन गरिरहेका किसानहरुको लागि अनुदानको कार्यक्रम ल्याउन लागेको सुर्नया गाउँपालिकाले जनाएको छ । मौरी पालन व्यवसायलाई आधुनिक प्रबिधिको मौरी पालन गर्न प्रेरीत गर्ने, घार व्यवस्थापन लगायतका कार्यक्रम ल्याउन लागेको सुर्नया गाउँपालिकाका कृषि साखा प्रमुख नरेश बिष्टले बताए । ‘बिष्टले पराम्परागत रुपमा मौरी पालन व्यवसाय गरिरहनु भएको रहेछ, हामिले उनको लागि थप कार्यक्रम ल्याउछौँ,’ कृषि साखा प्रमुख बिष्टले भने । 


प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्