बैतडी,
बैतडीको पञ्चेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाको पालिका स्तरिय बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको कार्यालय आमचौरामा जनप्रतिनिधी, स्वास्थ्यकर्मीलगायतका उपस्थीतिमा आर्थिक वर्ष २०७९÷०८० मा बार्षिक रुपमा सम्पादीत कार्यक्रमहरुको पालिका स्तरीय समिक्षा गोष्ठि सम्पन्न भएको हो ।
पालिका भित्रका ६ ओटै स्वास्थ्य चौकीले सम्पादीत कार्यहरुको समिक्षा गर्दा गत आर्थिक वर्षको तुलनामा न्युनतम स्वस्थ्य सेवा मापदण्डमा सुधार देखीएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका बालबालिकाहरुले लगाउनुपर्ने सबै खोप लगाएको, संस्थागत सुत्केरीको संख्या सतप्रतिशत रहेको पञ्चेश्वर गाउँपालिका १ को पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गाउँपापिलका उपाध्यक्ष विना भट्टले सबै स्वास्थ्य संस्थामा इन्टरनेट र बर्थिङ् सेन्टरहरुमा अभाव रहेका उपकरणको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।