Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • लैंगिक हिंसाको अन्त्य गर्न प्रभावकारी बन्दै “जोडी सम्वाद” कार्यक्रम 
लैंगिक हिंसाको अन्त्य गर्न प्रभावकारी बन्दै “जोडी सम्वाद” कार्यक्रम 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, भदौ १७, २०८०

बैतडी। 
घरेलु हिंसा र सामाजिक कु–संस्कारका रुपमा स्थापीत हानिकारक प्रचलनहरुको अन्त्य गर्न बैतडीमा “जोडी सम्वाद” नामक कार्यक्रम सञ्चालन गरिएको छ । 

जोडी सम्वादमा हिंसा जोखीम रहेको समुदायमा रहेका पती–पत्नीका जोडीहरुलाई बोलाएर प्रशिक्षण गर्ने गरिएको छ । जनचेतनाको अभाव र प्रचलीत कानुनहरुको ज्ञान नभएका व्यक्तिहरुलाई जोडी सम्वाद मार्फत सचेत गराइएको पीसवीन नामक सस्ंथाका जिल्ला कार्यक्रम संयोजक माधव भट्टले बताए । 

उनले भने, “हामीले गत बर्ष र यस बर्ष गरी ३सय ६६जोडीहरुलाई प्रशिक्षण  गरेका छौँ, यस कार्यक्रमबाट जनचेतना अभिवृद्धि भएको पाएका छौँ ।”

जोडी सम्वादमा पती–पत्नी बिच एक्लै र जोडीमा सम्वाद गराइन्छ । यसैगरी एकदिन पारिवारीक सम्वाद भन्दै ४जना परिवारका सदस्यलाई समेत बोलाएर सम्वाद गराइन्छ । 

पतिपत्नी बिचको सम्वन्धमा सन्तुलन कायम गर्ने, महिला र पुरुषको असमान शक्तिमा समानता ल्याउने, सम्मानीत जीवनयापन गर्न सघाउने, परिवारलाई खुसी बनाउने, प्रजनन स्वास्थ्यबारे सचेत गराउनुका साथै बालबिवाह, बहुबिवाह, महिला हिंसा, घरेलु हिंसा, लगायतका हानिकारण प्रचलनहरु हटाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । 

जोडी सम्वादबाट आफ्नो समाज र कानुनलाई बुझ्ने मौका पाएको प्रशिक्षार्थीहरुको भनाई छ । दशरथचन्द नगरपालिका–४ जर्गका चन्द्र लोहारले भने,“हामी यसअघि महिलाले मात्रै सबैकामहरु गर्नुपर्छ भन्ने समाजबाट हुर्केका मान्छे हौँ, समाज र कानुनका बिषयमा अहिले थाहा भयो । जोडी सम्वादमा सहभागी भएपछि हिंसा के हो ? भनेर चिन्न सक्यौँ र हिंसा गर्नपनि छाडेका छौँ ।”

जोडी सम्वादले पती–पत्नी र परिवारको व्यवहारमा सन्तुलन कायम गरेको प्रशिक्षार्थी पवित्रा लोहियाले बताइन् । “परिवारमा देखिने स–साना समस्याहरु एक अर्काले सुनिदिए मात्रैपनि समस्याको समाधान हुनुका साथै सन्तुष्टी मिल्ने रैछ । जोडी सम्वादले हामीलाई अशल व्यवहार गर्न सिकाएको छ । परिवारमा आउने समस्याका कारणहरु चिन्न सक्दा सम्मानीत जीवनयापनको तरिका समेत थाहापायौँ ।”

जोडी सम्वादमा एक जोडीलाई १० दिनसम्म प्रशिक्षण गरी एकदिन पारिवारीका अन्य व्यक्तिहरु संग समेत सम्वाद गराइन्छ । जोडी सम्वादका लागि २९बर्ष मुनिका बिवाहित महिला र तिनका पतीहरुलाई छनोट गर्ने गरिएको छ । उनिहरुलाई स्वयंसेवक र विज्ञ व्यक्तिहरुबाट प्रशिक्षण दिइन्छ ।

एसडिसि र नर्वेजियन दुतावासको सहयोगमा गरिएको जोडी सम्वाद कार्यक्रम युएनएफपिए, भिएसओ र पिसवीनको साझेदारीमा बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा सञ्चालन गरिएको हो । दशरथचन्दका एक देखी ५ वडा सम्म र पाटन नगरपालिकाका वडा न.१,६,८,९,१०मा सञ्चालन गरिएको छ ।

जोडी सम्वाद कार्यक्रमलाई निरन्तरता दिन सकेमा घरेलु हिंसाका साथै हानिकारक प्रचलनहरु हटाउन सकिने युएनएफपीएका कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए । 


प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्