बैतडी,
बैतडीको डिलासैनी गाउँपालिकामा करेन्ट लागेर एक महिला गम्भिर घाइते भएकी छन् । डिलासैनी गाउँपालिका ६ का अम्मर नाथकी ४० वर्षीया श्रीमती कलावती नाथ करेन्ट लागेर गम्भिर घाइते भएकी हुन् । सोमबार दिउँसो १ बजेको समयमा घाँस काटेर फर्किने क्रममा जमिन नजिकै लत्किएको तारमा घाँसको भारी छोइनगई करेन्ट लागेर गम्भिर घाइते भएको आफन्त समेत रहनु भएका तिलक सिंह मालले जानकारी दिए ।
घाइते नाथलाई नेपाली सेनाको हेकिप्टर मार्फत नेपालगंज रेफर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हलिकप्टरको व्यवस्थापनको लागि आवश्यक पहल गरि घाइतेलाई नेपालगंज पठाइएको मालले बताए ।