बैतडीमा भालुको आक्रमणबाट एक जना गम्भिर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका ३ कुजागाडका ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भिर घाइते भएका हुन् । उनको धनगढीमा उपचार भइरहेको छ ।
बुधबार घर नजिकैको जंगलमा गोठलो गएका बेला भाटलाई भालुले आक्रमण गरी गम्भिर घाइते बनाएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए । उपचार खर्च सरकारले नै व्यहोर्ने भएकाले प्रक्रियामा आउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।
वडा कार्यालयको सिफारिस, प्रहरी मुचुल्का, तस्बिर र उपचारमा लागेको सम्पूर्ण खर्च विवरण सहितको निवेदन पेस गनुपर्ने डिभिजन वन कार्यालय बैतडीका निमित्त प्रमुख दिलिप यादवले जानकारी दिए । उपचारमा लागेको सबै खर्च सरकारले व्यहोर्ने उनले बताए ।