Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा किशोरावस्थामा आमा बन्नेको सङ्ख्यामा कमी आउन सकेन
बैतडीमा किशोरावस्थामा आमा बन्नेको सङ्ख्यामा कमी आउन सकेन
डम्बर बोहरा
डम्बर बोहरा सोमबार, भदौ २५, २०८०

बैतडी 
बैतडीमा किशोरावस्थामा नै आमा बन्ने किशोरीहरुको सङ्ख्यामा कमी आउन सकेको छैन् । स्थानीय तह तथा विभिन्न सरकारी गैरसरकारी संघसस्थाहरुले प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको भएपनि बाल विवाह गरी किशोरावस्थामा नै आमा बन्ने किशोरीहरूको सङ्ख्यामा कमी आउन सकेको छैन् । 
स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार जिल्लामा ३ वर्षको अवधीमा एघार सय बढी २० वर्ष मुनिका किशोरीहरूले विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४१५, आर्थिक वर्षमा २०७८÷०७९ मा ३८७ जना र गतवर्ष ३२३ जना गरी एक हजार १२५ जना २० वर्षमुनिका किशोरीहरूले स्वास्थ्य संस्थामा गर्भ जाँच गराएका हुन् । प्रत्येक वर्ष बाल विवाह गरी कम उमेरमा आमा बन्ने किशोरीको संख्या केही घटेपनि पूर्ण रुपमा भने कमी आउन नसकेको उहाँले बताउनुभयो । 
२० वर्ष नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता पाउँदैन । पछिल्लो समयमा घरपरिवार दबाबमा गरिने विवाहमा कमी आएपनि भागी विवाहले वाल न्यूनिकरणमा चुनौती थपिएको छ । सञ्चारका साधनको गलत प्रयोग र किशोरावस्थामा सही निर्णय लिन नसक्दा बालविवाहका कमी नआएको सिगास २ का स्थानीय टिका सिह धामीले बताउनुभयो । 
नेपालले सन् २०३० अर्थात् अबको सात वर्षभित्र बाल विवाह अन्त्य गर्ने नीति लिएको छ र त्यसै अनुसारका कार्यक्रम बनाएर कार्यान्वयन पनि गरिरहेको छ । तर सरकारको नीति अनुसार बाल विवाह न्युनिकरण हुन सकेको छैन । कम उमेरमा गरिएको विवाहले कानुनी मान्यता पाउँदैन भने स्वास्थ्यका हिसाबमा पनि जोखिम हुने सिद्धेश्वर स्वास्थ्य चौकी खोड्पेका अनमी माधवी भट्टले बताउनुभयो । ‘शारीरिक र मानसिक रुपमा परिपक्क हुँदैनन् । त्यसमा पनि कम उमेरमा आमा बन्नु दुवैका खतरा हुन्छ ।’ उहाँले भन्नुभयो ‘बच्चा कुपोषित र कम तौलको जन्मिने, रक्तअल्पता लगायतका जोखिमहरू निम्तिने गर्दछन् ।’ 
कम उमेरमा हुने विवाह न्यूनिकरणका लागि विभिन्न निकाय मार्फत सचेतनामूलक कार्यक्रमहरू पनि प्रत्येक वर्ष सञ्चालन हुनेगरेको पनि प्रभावकारिता कम देखिएको छ । अभिभावकहरूको दबाबमा हुने बालविवाहमा केही कमी आएको पनि भागी विवाहले चुनौती थपिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । 
अभिवावहरु पछिल्लो समयमा सचेत बन्दै गएपनि किशोरकिशोरीले सही निर्णय लिन नसक्दा बाल विवाह न्यूनिकरण सम्बन्धी कार्यक्रमहरू परिणाम मुखी नदेखिएको उहाँले बताउनुभयो । नेपालको कानुनले २० वर्षमुनि गरेको विवाहलाई स्वत बदर हुने व्यवस्था छ भने तीन वर्ष कैद र तीस हजार जरिवाना तोकिएको छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्