बैतडीको सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नियमीत कार्य सम्पादनमा समस्या भैरहेको छ । सामान्य प्रशासन मन्त्रालय नयाँ हाकिम नपठाएको र निमित्तलाई आर्थिक अख्तियारी नहुँदा दुई महिनादेखी कामकाजमा समस्या भैरहेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म मात्रै निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम बोहरालाई आर्थिक अख्तियारी थियो । सामान्य प्रशासन मन्त्रालयले यहीँ भदौ ५ गते कृष्ण प्रशाद घिमिरेलाई खटाएको थियो । तर घिमिरे गाउँपालिकामा हाजिर भएका छैनन् । नयाँ प्रशासकीय अधिकृत हाजिर भएका छैनन् । घिमिरे हाजिर नभएपनि गाउँपालिकाका आर्थिक प्रशासनसँग जोडिएका कामकाजहरु ठप्प रहेको एक कार्यपालिका सदस्यले बताए । कार्यालय प्रमुख नहुदा अन्य कामकाजमा पनि समस्या भइरहेका उनले बताए ।
यसैगरी गाउँपालिकाको कार्यालय र मातहतका कर्मचारी तथा शिक्षकहरुको पनि तलव खुवाउन समस्या भएको एक कर्मचारीले बताए ।