Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा अवैधानिक मेडिकलको बिगबिगी, चौकीदार देखि सिएमए फेल चलाउछन मेडिकल
बैतडीमा अवैधानिक मेडिकलको बिगबिगी, चौकीदार देखि सिएमए फेल चलाउछन मेडिकल
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, भदौ २९, २०८०

बैतडी,
बैतडीको दोगडाकेदार गाउँपालिका–६ का कृष्ण सिंह कार्की वर्षाैदेखि रोजगारीका लागि भारतमा थिए । त्यहाँको एक अस्पतालमा स्वीपर देखि चौकीदारको काम गरेका थिए । भारतका बिभिन्न ठूला अस्पतालहरूमा काम गरेको अनुभव रहेको भन्दै विगत एक दशकदेखि दोगडाकेदार गाउँपालिका ६ को पन्ज्युनयाँ बजारमा कबिर मेडिकल हलको नाममा अवैधानिक तवरले मेडिकल सञ्चालन गरिरहेका खुलेको छ ।
अवैधानिक रुपमा सञ्चालन भएको गुनासो पाएपछि स्वास्थ्य कार्यालय र सुरक्षा निकायका प्रतिनिधिहरूले भाद्र १९ गते मंगलबार अनुगमन गरेर सिल गरिदिएको छ । यसैगरी गैह्र स्वास्थ्यकर्मी समेत रहेका ६१ वर्षीय कार्कीलाई नियन्त्रणमा लिई मुद्धा चलाएको छ । ‘स्वास्थ्य सम्बन्धि शिक्षा त परको कुरा सामान्य लेखपढ समेत नगरेका व्यक्ति रहेछन्, एक दशकदेखि अवैधानिक मेडिकल रुपमा चलाइरहेको पाइयो,’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले भने । अवैधानिक मडिकल सञ्चालक कृष्ण कार्कीले एकै बिरामीलाई जाँच्ने र अन्धाधुन्द औषधी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘एकै बिरामीलार्य १० हजारको औषधी सेवन गर्न लगाएका छन्, ८ रुपैया पर्ने औषधी १२५ रुपैयामा बेचेका छन्, यस्ता थुप्रै घटना गरेको खुलेको छ, यो चरम लापरवाही हो ।’ भट्टले भने । 
केहिदिन अघि मात्रै अनुगमनका क्रममा बैतडीको सिगास गाउँपालिका २ स्थित गाजरी बजारमा अवैधानिक रुपमा अनीरुद्र क्लिनिकको नाममा सञ्चालन भइरहेको क्लिनि पनि सिल गरिएको छ भने क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाइरहेको छ । सीएमए फेल भएका अवस्थीले बिरामी जाँच्ने देखि औषधी बिक्रि गर्ने गरेको खुलेको थियो । अनुगमनका क्रममा अवस्थीले बिरामीलाई स्नाइन चढाइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 
गत जेठ दोश्रो साता मात्रै बैतडीको पञ्चेश्वर गाउँपालिका ४ मा सञ्चालनमा रहेको अवैधानिक क्लिनिक सिल गरिएको थियो भने सञ्चालक भनिएकी पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य साखा संयोजक राम सागर साहकी श्रीमती  समेत रहेकी श्यामा शाहालाई नियन्त्रणमा लिई मुद्धा चलाइएको थियो ।  पदको दुरुपयोग गरी स्वास्थ्य शाखा प्रमुख साहले सामान्य चिकित्सा शिक्षा समेत हासिल नगरेकी गैह्र स्वास्थ्यकर्मी आफ्नै श्रीमतीलाई बिरामी जाँच्ने र औषधी बिक्री गराउन लगाउने गरेको भन्दै पक्राउ गरी मुद्धा चलाएको थियो । गैह्र स्वास्थ्यकर्मी समेत रहेकी श्यामा साहालाई बिरामी जाँच्ने क्रममा नै पक्राउ गरिएको हो । 
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुले जिल्लामा रहेको मेडिकल, फार्मेसी, क्लिनिक लगायतका स्वास्थ्य संस्थामा अनुगमन कडाइ गरेका छन् ।  चालु आर्थिक वर्षको करिब ३ महिनाको अवधिमा आधा दर्जनबढी क्लिनिकहरू सिल गरिएका छन् । पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिकामा गरिएको छड्के अनुगमनका गरी ७ वटा अवैधानिक क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सामान्य चिकित्सा शिक्षा देखि औषधीय ज्ञान समेत नभएकाहरूले क्लिनिक तथा फार्मेसी चलाइरहेको पाइएपछि ३ जनालाई पक्राउ गरि मुद्धा समेत चलेको थियो । २ जना धरौटीमा छुटेका छन् भने एक जनामाथि अनुसन्धान भइरहेको छ ।  
औषधी पसल तथा फार्मेसी, क्लिनिक, मेडिकल बिना दर्ता चलाउने गरको खुल्न आएको छ । यसैगरी मेडिकलहरुले चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरूले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरि प्रक्रियामा आउन भनिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । जिल्लामा अवैधानिक तवरले स्वास्थ्य क्लिनिक फार्मेसी र मेडिकलहरु सञ्चालन भइरहेको गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि चसोकासाथ छड्के अनुगमन गरीरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले बताए । अनुगमन अझै जारी रहने उनले बताए । 
‘स्वास्थ्यमा गम्भिर लपरवाही’ 
स्थानीय स्तरमा स्वास्थ्य सेवाको नाममा अवैधानिक तवरले मेडिकल सञ्चालन गरी गैह्र स्वास्थ्यकर्मी उपचारमा संलग्न देखिएकाले स्वास्थ्यमा गम्भिर खेलवाड भइरहेको स्वास्थ्य कार्यालयको निष्कर्ष छ । ‘सामान्य शिक्षा समेत हासिल नगरेकाहरुले धमाधम औषधी बेचिरहेका रहेछन्, ८ रुपैयाँमा पाइने औषधी १२५ रुपैयासम्म लिने गरेको पाइयो, एकै व्यक्तिलाई ५ देखि १० हजार रुपैयाँसम्मका औषधी एकै पटक बेच्ने गरेको समेत देख्यौँ,’ स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले भने ।, ‘स्वास्थ्य माथिको यो गम्भिर लापरवाही हो, अव कोही छुट्दैनन् ।’ कर कार्यालयमा दर्ता गरी प्यान नम्बरलाई आधार मानेर वैधानिक रेको दाबी गर्दै औषधी बेच्ने र बिरामी जाँचने काम भइरहेको उनले बताए । हालसम्म सिल गरिएका क्लिनिक तथा मेडिकल र औषधी पसलहरु यस्तै प्रकृतिका रहेको उनको भनाइ छ ।  एन्टिबायोटिक औषधी र ओभरडोजको औषधी दिएर मानिसहरुको स्वास्थ्यमा गम्भिर खेलवाड भइरहेको भन्दै यस्तो कार्यको निस्तेज पार्न सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
 श्रोत आइएनएस समाचार 


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्