बैतडी, बैतडीमा १२ वर्षीया बालिका मृत फेला परेकी छन् । दशरथचन्द नगरपालिका –१ मुणापका लोकेन्द्रसिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिबार दिउँसो घरभित्रै मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
‘आमा घाँस काट्न गएकी रहिछन्, हजुरबुवा पल्लो घरमा रैछन्, पछि मृत फेला परेको देखेपछि खबर भएको हो ।’ उनले भने ।
मनिषा झुन्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।