बैतडी,
बैतडीमा तिजको अवसरमा बिभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएका छन् । महिलाहरु जम्मा भई नाचगान गर्दै देउडा कार्यक्रमको समेत आयोजना थियो ।
बैतडीको पाटन नगरपालिका ८ खोडपेमा महिलाहरु जम्मा भई नाचगान सहित देउडा खेलेर तिज मनाएका थिए । पाटन नगरपालिकाका बिभिन्न ठाउँहरुबाट महिलाहरु तीज माउन खोडपे आउने गरेको तिज व्यवस्थपन समितिले जनाएको छ ।
वडा नं ९ को वडा कार्यालयमा पनि तिज मनाइएको थियो । वडा कार्यालयको विषेश सहयोगमा तिज कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा पनि महिलाहरुले देउडा समेत खेलेका थिए ।
पाटन ४ ठाणमा पनि देउडा प्रतियोगिताको आयोजना गरि तिज मनाइएको छ ।
ग्रामिण क्षेत्रमा सुदूरपश्चिमको संस्कृति सँग जोडिएको देउडा खेल खेलेरै तिज मनाउने गरिएको छ ।