Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नयाँ सहरको पुरानै कामः बनेका संरचना कुरूप बने, मुख्य काममा प्रवेश नै पाएन
नयाँ सहरको पुरानै कामः बनेका संरचना कुरूप बने, मुख्य काममा प्रवेश नै पाएन
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, असोज ९, २०८०
नमुना सहर पाटन, तस्बिर कृष्ण बिष्ट

नयाँ सहरको कामले अझै पनि अपेक्षित गति लिन सकेको छैन । नयाँ पूर्वाधार निर्माण गरी नमुना सहरको रुपमा विकास गर्ने भनिएका सहरहरुमा काम सुस्त छ । 
स्तरीय सडक पूर्वाधार, ढल निकास, फोहोरमैला व्यवस्थापन, व्यवस्थित बस्ती, घरघरमा खानेपानी, ढलनिकास, फोहोर व्यवस्थापन केन्द्र, विद्युतीकरण, आधुनिक कभर्डहल, ५० शय्याको प्रविधि सम्पन्न अस्पताल निर्माण गर्ने सम्मका महत्वकांक्षि योजना समेट्दै सरकारले २०६८ मा तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिबेदनमा उल्लेख गरेको थियो । 
तोकिएका नमुना सहरमा करिब एक लाख मानिसको बस्ती बसाउने सरकारको लक्ष थियो । 
नमुना सहरको रुपमा विकास गर्ने घोषणा गरिएको १२ वर्षभन्दा बढी भइसक्दा समेत उपयुक्त गति लिन सकेको छैन । सरकारले आर्थिक वर्ष २०६७÷६८ मा बैतडीको पाटनसहित देशभरका १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो ।
बैतडीको पाटन नमुना सहरमा ‘नमुना’काम भने एउटा पनि भएको छैन । बजार क्षेत्रमा सडक पूर्वाधार, सौर्यबत्ती जडान र खुलामञ्च निर्माण बाहेक गतिलो काम एउटा पनि भएको छैन । पाटन बजार क्षेत्रमा मात्रै सिमित सडक पूर्वाधार निर्माण बोहक अन्य नमुनाको काम केहि नभएको हो । 

‘कोर एरिया’ भन्दा बाहिर बढी काम 

पाटन नगरपालिकाको वडा नं ६ स्थित पाटन बजार क्षेत्र वरिपार नै नयाँ सहरको रुपमा विकास गर्ने भनिएको हो । पाटन बजार क्षेत्रमा खुलामञ्च निर्माण, सौर्यबत्ती जडान र सडक निर्माणसँगै ढल निकासका केहि काम भएका छन् ।  बस पार्क अझै निर्माण सम्पन्न भइसकेको छैन । यी बाहेक पाटन बजार क्षेत्रमा काम भएका छैनन् । बृहत खानेपानी योजनाले पनि पूर्णता पाएन । 
त्यसपछि पाटन बजार क्षेत्रभन्दा बाहिर पनि ग्रामिण क्षेत्रमा नयाँ सहरी विकास आयोजनाको कार्यालयले काम गरिरहेको छ । त्यसले गर्दा पनि पाटनमा काम देखिएको छैन । ग्रामिण क्षेत्रमा सडक कटान तथा स–साना खानेपानीका योजना पनि निर्माण गरिरहेको छ । पाटन बजार क्षेत्र परिसरमा नै भौतिक पूर्वाधार निर्माण गरी गौरवका आयोजना अझै बन्न सकेका छैनन् । 

नमुना सहर पाटन बजार क्षेत्रको दृस्यः कृष्ण बिष्ट1695696525.jpeg
हालसम्म पाटन नगरपालिकाका १० वटै वडाका बिभिन्न ठाउँमा खानेपानीका योजना देखि सडक कटानको काम गरिरहेको छ ।  

बनेका संरचना भताभुङ्ग

पाटन नयाँ सहर आयोजना अन्तरगत बनेका अधिकांस संरचनाहरु भताभुङ्ग रहेका छन् । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सुरु गरिएको नमुना बसपार्क हालसम्म पनि सम्पन्न भइसकेको छैन । नमुना बसपार्क अहिले कुरुप बनेको छ । पार्कीङ गर्नको लागि तयार भएपनि प्रतिक्षालय देखि अन्य संरचना नबन्दा प्रयोगमा आउन नपाउदै कुरुप बनेको हो । 
नमुना मनोरन्जन पार्कको रुपमा विकास गर्न भन्दै निर्माण गरिएको हिरापुर पार्क पनि कुरुप बनेको छ । आन्तरीक तथा बाह्य पर्यटकका लागि भन्दै पाटन–६को हिरापुरमा बनेका संरचना भत्किन थालेका छन् ।

अलपत्र अवस्थामा रहेको नमुना बसपार्कः कृष्ण बिष्ट1695696530.jpg

जग्गा एकीकरणमा हलो अड्क्यो 

नमुना सहरको नमुना काममा पर्ने भनेको जग्गा एकीकरण अर्थात ल्यान्ड पूलिङ हो । जग्गाधनिबाट जग्गा मागेर त्यस जग्गालाई प्लटिङ गरी घडेरीका लागि तयार पारेर फेरी ती जग्गाधनीलाई फिर्ता गर्ने प्रक्रिया हो । तर उक्त कामले प्रवेश नै पाएको छैन । जग्गाधनीले जग्गा दिन नमानेका कारण यो प्रक्रिया अघि नबढेका नयाँ सहर आयोजनाको कार्यालय पाटनले जनाएको छ ।  सुरुमा करिब ५० परिवारले जग्गा दिन मानेको भएपनि कार्यान्वयनको चरणमा लैजाने क्रममा जग्गा नदिने भनेपछि यो प्रक्रियामा प्रवेश नै नपाएको आयोजनाको कार्यालय पाटनका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीले बताउनुभयो ।
जग्गा एकीकरणको लागि करिब १६० रोपनी जमिन आवश्यक पर्दछ । यो जग्गामा स्तरिय सडकबाटो, सार्बजनिक सौचालय, खानेपानीको सुबिधा, खेल्ने चौर लगायतका संरचना बनाएर घर बनाउन आवश्यक पर्ने सुविधासम्पन्न घरेडी तयार पारेर फेरी जग्गाधनीलाई दिने प्रावधान हो । तर खेतियोज्ञ जमिन स्थानीयले दिन नमानेपछि यो प्रक्रियाको सुरुवात हुन सकेको छैन ।  
जग्गा एकीकरणको लागि पाटन नगरपालिका–६ को डोबरा, बिस्ठ्यौडा लगायतका क्षेत्रमा उपयुक्त रहेको भन्दै सुरुमा प्रक्रिया अघि बढाउने भनिएको थियो । त्यसपछि कार्यान्वयनको चरणमा लैजाने क्रममा स्थानीयहरुले सहमति फिर्ता लिएका थिए । त्यसपछि ठोस प्रगति भएन ।  

बजेट खर्चमा लापरवाही 

नमुना सहरको काम अपेक्षा अनुसार अघि नबढ्नुमा खर्च प्रगति निराषाजनक हुनु पनि हो । आर्थिक वर्ष २०७८÷७९ मा १६ करोड बजेट आएको थियो । तर उक्त बजेटबाट ३ करोड मात्रै खर्च भएको थियो । बाकी १३ करोड खर्च हुन नसकेर फिर्ता गएको हो । गत आर्थिक वर्षमा १२ करोड ९६ लाख बजेट आएकोमा झण्डै ५ करोड बजेट फ्रिज गएको छ । बिगतका वर्षहरुमा अपेक्षा अनुसार खर्च गर्न नसक्दा बजेट घटेर आएको छ । चालु आर्थिक वर्षमा ८ करोड मात्रै बजेट आएको नयाँ सहर आयोजनाको कार्यालय पाटनका सूचना अधिकारी, इन्जिनियर रोहितराज भण्डारीले जानकारी दिए ।

स्थानीय सरकारबाट प्रभावकारी पहल भएन  

नगर प्रमुखको सयोंजकत्वमा रहेको नगर विकास समितिले पनि प्रभावकारी काम गर्न नसकेको देखिएको छ । जग्गा एकीकरणको लागि स्थानीयहरुसँग समन्वय गर्ने र नमुना सहरलाई गति दिनको लागि प्रभावकारी काम नभएको पाइएको छ । जग्गा एकीकरणको लागि उक्त ठाउँमा सहमति जुटाउन र विकल्प दिन समेत नगर विकास समितिले सकेको छैन । 
पाटनमा रहेको नयाँ सहर आयोजनाको कार्यालयमा हाकिम नभएका कारणले पनि समन्वय गर्न नसकिएको पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले बताए । नयाँ सरको कार्यालयमा हाकिम नै छैनन्, सयुक्तरुपमा बैठक बसाएर समन्वय गर्न यस हिसावले पनि समस्या छ, उनिहरुले यहाँका स्थानीयहरुको द्वविधा अन्त्य गर्न सकस भएकोछ । उहाले भन्नुभयो ।  
पाटन नयाँ सहर आयोजनाको कार्यालयमा हाकिमको जिम्मेवारीमा अहिले सहरी भवन डिभिजन कार्यालय डोटीका हाकिमले हेरिरहनु भएको छ । कहिलेकाही मात्रै नयाँ सहरको कार्यलय पाटनमा उपस्थित हुने भएकाले कार्यसम्पादनमा समस्या छ ।    आइएनएस-स्वतन्त्र समाचार 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्