Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी: बीचमै पढाई छोड्दै बालबालिका 
बैतडी: बीचमै पढाई छोड्दै बालबालिका  ‘न्यून आर्थिक अवस्था, बालविवाहलगायतका कारणले नेपालमा झण्डै १० प्रतिशत बालबालिकाले बीचमै पढाइ छाड्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।’
डम्बर बोहरा
डम्बर बोहरा मंगलबार, असोज ९, २०८०
न्युन आर्थिक भएका कारण बीचमै पढाई छाडेका बैतडीको पञ्चेश्वर १ का ममता, सुनिता र गिता सार्की

बैतडीको पञ्चेश्वर गाउँपालिका-१ पालडीकी ममता सार्की कक्षा ४ उत्तीर्ण भएपछि विद्यालय भर्ना हुनुभएन । उहाँसँगैका साथीहरू नियमित विद्यालय जान्छन् । ममतालाई पनि साथीहरूसँगै झोला बोकेर पढ्न जाने रहर छ । तर आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ विद्यालयभन्दा मेलापात धाउनु हुन्छ । ‘आमा स्वासप्रस्वास सम्बन्धी बिरामी । बुबा एक्लैको कमाइले घर खर्च धान्नै मुस्किल हुन थालेपछि पढाइ बीचैमा छोड्नु प¥यो’, ममताले भन्नु हुन्छ, ‘पढेर आफ्नै खुट्टामा उभिने सपना घरको न्यून आर्थिक अवस्था बाधक बनेको छ ।

आर्थिक अवस्था ठीक नहुँदा अन्य दुई बहिनीले पढाइबाट वञ्चित हुनुपरेको छ, यसअघि दाइहरूले बीचमै पढाइ छोड्नु परेको थियो अर्थिक अभावबाटै । उहाँहरूको सपना पनि पूरा हुन सकेन । हाम्रो पनि यस्तै भयो ।’ ‘छोरीहरूलाई पढाउन मन त छ तर घरको अवस्था दयनीय छ  ! कसले पढाउने ? कसरी पढाउने ?’ आमा धाना सार्कीले भन्नुभयो, ‘एक जोर विद्यालय पोशाक र कापि कलम किन्न सक्ने अवस्था छैन् । पढाउन नसक्ने भएपछि सुनिता र गीतालाई पनि स्कुल पठाउन सकेनौं ।’ वर्षभरि खान अन्न उत्पादन हुँदैन । दिनभर मजदुरी गरेर साँझ–बिहानको छाक टार्ने गरेको धानाले अघि थप्नुभयो ।

स्थानीय सरकारका लक्षित वर्गका कार्यक्रमले उहाँको परिवारलाई छोएको छैन् । हालसम्म पालिकाबाट कुनै सहयोग नपाएको धाना सार्कीको भनाइ छ । ‘गरिब विपन्नका लागि कार्यक्रम हुन्छन् भन्ने सुनेको छु’, उहाँले भन्नुभयो, ‘हामीले कुनै पनि सहयोग पाएको छैन ।’  

अधिकांश किशोरीहरूले विवाहपछि बीचमै पढाइ छाड्ने गरेका छन् । बीचमै पढाइ छाड्नेमा अधिकांश साथीभाइको लहलहैमा लागेर भारत जाने, विवाह गरेर पनि कतिपयले बीचमै पढाइ छाड्ने गरेका छन् ।

पञ्चेश्वर-१ कै १९ वर्षीय लक्ष्मी सार्कीले पनि बीचमै पढाइ छोड्नुभयो । पाँच वर्षअघि विवाह गरेपछि उहाँले कक्षा १० बाट नै पढाइ छाड्नुभएको हो । ‘पढ्ने इच्छा थियो तर विवाह गरेपछि घरको जिम्मेवारी थपियो,’ लक्ष्मीले भन्नुभयो, ‘त्यसपछि पढाइलाई निरन्तरता दिन सकिएन ।’ घरयासी कारण देखाउँदै भर्ना भएका विद्यार्थीहरू पनि विद्यालयमा नियमित नआउने गरेको नार्गाजुन आधारभूत विद्यालयका प्रधानाध्यपक सुरेश सार्कीले बताउनुभयो । भर्ना अभियान चलेका बेला विद्यार्थी भर्ना हुने गरेको भए पनि पछि घरको विभिन्न समस्या देखाउँदै थोरै मात्रामा आउने गरेका छन् ।

बैतडीमा विभिन्न कारणले बीचमै पढाइ छोड्ने बालबालिकाको तथ्याङ्क संकलन कार्य शिवनाथ गाउँपालिका र पुर्चाैडी नगरपालिकाबाहेक अन्य स्थानीय तहले गरेका छैनन् । शिवनाथमा ७७ र पुर्चौडीमा २५७ जनाले बीचमै विद्यालय छाडेको देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बैतडी सूचना अधिकार पुष्कर शर्माले १० वटै पालिका तथ्यांक संकलनका लागि पटकपटक परिपत्र गरेको भएपनि ढिलाइ गरिरहेको बताउनुभयो ।

जनशक्ति अभाव र भौगोलिक विकटताले गर्दा सबै ठाउँमा पुगेर तथ्यांक संकलन गर्न नसकिएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रशाद भट्टले जानकारी दिनुभयो । ‘जनशक्ति एकदमै कम छ । फिल्डमा गए अफिसको काम रोकिन्छ’, भट्टले भन्नुभयो, ‘मासिक मिटिङमा प्रधानाध्यपकबाटै डाटा लिने गरेको छौं ।’

रोजगारीका लागि अभिभावकसँगै भारत जाने, सानै उमेरमा विवाह गर्ने लगायत कारणले बालबालिकाले बीचमै पढाइ छोडिरहेका छन् । तर स्थानीय सरकारले बालबालिकालाई विद्यालयमा टिकाउने उपाय गर्नु त परको कुरा, हालसम्म तथ्यांकसमेत संकलन गरेका छैनन् ।

पुर्चाैडीमा भने उमेर समूह विशेष कक्षा
न्यून आर्थिक अवस्था, बाल विवाहलगायतका कारणले नेपालमा झण्डै १० प्रतिशत बालबालिकाले बीचमै पढाइ छाड्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । विद्यालयबाहिर रहेका बालबालिकाका लागि विशेष कक्षा सञ्चालन भइरहेको पुर्चाैडी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

अधिकांश बालबालिका पढाइ छाडेर अभिभावकसँगै कमाउन भारत जाने भएकाले उनीहरूका उमेर कक्षा सञ्चालन गरिरहेको जोशीले जानकारी दिनुभयो । जोशीले भन्नुभयो, ‘शिक्षा मन्त्रालयले बनाएको पाठ्यक्रमका आधारमा जुन कक्षाबाट छाडेको हो फेरि त्यहीबाट कक्षा सञ्चालन गरी विद्यालय ल्याउने गरी कक्षा गरिरहेका छौं ।’

प्रत्येक वर्ष शैक्षिक सत्रको सुरुवातमा वैशाख महिनाभर विद्यार्थी भर्ना अभियान सञ्चालन हुन्छ । तर, शैक्षिक सत्रको मध्यतिर नै बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जाने, अन्य मजदुरीका काममा संलग्न हुने र कतिपय वैवाहिक बन्धनमा बाँधिने भएकाले सामुदायिक विद्यालयमा विद्यार्थीहरूको उपस्थिति न्यून हुनेगरेको छ । विद्यार्थी टिकाउनका लागि तीनै तहका सरकारबाट विभिन्न कार्यक्रम सञ्चालन हुने गरेको भए पनि त्यसको प्रभावकारिता भने बेलाबेला प्रश्न उठ्ने गरेको छ ।

 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्