Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भूकम्प अपडेट: बैतडीको सिगासमा एक महिला घाइते, आधा दर्जन परिवार विस्थापित
भूकम्प अपडेट: बैतडीको सिगासमा एक महिला घाइते, आधा दर्जन परिवार विस्थापित
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज १६, २०८०

 बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण बैतडीको सिगास गाउँपालिकामा क्षति पुगेको छ । केही परिवार विस्थापित भएका छन् । केही घर तथा विद्यालयहरुमा क्षति पुगेको छ ।  
भूकम्पका कारण सुख्खा पहिरो खस्नगई सिगास २ मा खर काट्ने क्रममा भीरमाथिबाट खसेका ढुंगा लागेर कलावती धामी घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई डडेल्धुरा पठाउने तयारी भइरहेको छ । सिगास २ को शिक्षा क्याम्पसको भवन र शिवलिङ मावि धौलाडीको भवन चर्किएको छ । 
सिगास–१ बेसारामा बसन्ती ऐरको घर भत्किएको छ । उनको परिवार छिमेकीको घरमा बसीरहेको छ । सोही वडामा रहेको ञ्चोदय माविको विद्यालय भवन चर्किएको छ ।
वडा नं १ कै नाचन्थीलीमा राज बहादुर चन्दले सञ्चालन गरेको बाख्रा फर्ममा पनि क्षति पुगेको छ । 
वडा नं ३ मा रघुबिर सिंह साउँदको घर भत्किएको छ । उनको परिवार आफन्तको घरमा बसेका छन् । सोही वडाको हिरा सिंह धामीको घर पति भत्किएको छ । उनलाई पनि छिमेकीको घरमा बस्ने व्यवस्था मिलाइएको छ । सोही वडाको शिवशंकर आधारभूत विद्यालयको भवन चर्किएको छ । 
वडा नं ५को लामबगरका सुरेन्द्र सिंह धामीको घरमा पूर्ण रुपमा क्षति पुगेको छ । उनको परिवार आफन्तको घरमा बसीरहेको छ । सोही वडाको सारदा मावि ढुंगाडका १० कोठे भवनमा क्षति पुगेको छ । उक्त भवनका २ कोठा पूर्ण रुपमा भत्किएका छन् भने ८ वटा कोठाहरु जोखिममा रहेका छन्  । 
वडा नं ६ का राजेश साउँदको घर भत्किएको छ । सोही वडाका राजेन्द्र बहादुर साउँदको घर चर्किएको छ ।  वडा नं ६ कै खेतीका चक्र बहादुर साउँदको घर भत्किएको छ । उनको परिवार आफन्तको बसीरहेको छ । 
वडा नं ८ मा लेकलुपुण माविको भवन चर्किएको छ । 
वडा नं ९ को उदय माविको एक कोठा भत्किएको छ भने ३ कोठ चर्किएका छन् ।
 सबै वडाबाट विवरणहरु संकलन गरिन लागिएको सिगास गाउँपाललकाका  विपद व्यवस्थापन सहायक हरि सिंह साउँदले जानकारी दिए । सबै ठाउँबाट विवरण संकलन गरिएपछि माथिल्लो नियकामा आवश्यक सहयोगको लागि सिफारिस गरिने उनले बताए । 
तत्कालका लागि विस्थापित परिवारलाई आवश्यक सहयोगका लागि गाउँपालिकामा छलफल गरिन लागिएको उनले बताए । 
 


प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्