Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • श्रीभावर–पुर्चौडीहाट सडकमा जोखिम मोलेर यात्रा, यात्रुहरुलाई दैनिक सास्ती 
श्रीभावर–पुर्चौडीहाट सडकमा जोखिम मोलेर यात्रा, यात्रुहरुलाई दैनिक सास्ती 
सीपी लोहिया
सीपी लोहिया सोमबार, असोज २९, २०८०


बैतडी,  
कालोपत्रे हुने क्रममा रहेको बैतडीको पुर्चौडीहाटसंग जोड्ने श्रीभावर–हाट सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । 

यहाँ अचेल दैनिक फसेका गाडीहरु तान्नका लागि डोजरको जरुरत पर्ने गरेको छ । साघुँरो र जोखीमपुर्ण सडकमा गाडी चलाउदाँ समस्या हुने गरेको बस व्यवसायी राजेन्द्र बोहराले बताए ।‘पुर्चौडीहाट सडकमा एकपटक गाडी चलाएपछि तुरुन्तै सर्बिसिङ गर्नुपर्ने हुन्छ । जोखीम मोलेर गाडी चलाएका छौँ । एकदिन मात्रै होइन् हरेक पटकको ट्रिपमा गाडी फस्छ, गाडीमा यान्त्रीक समस्याहरु देखिन्छन्, डोजर मगाएर गाडी निकाल्नुपर्छ, यहाँ गाडि चलाउने यातायात व्यवसायीलाई एकदमै घाटा छ । हिजो अर्को गाडी फस्यो, आज मेरो गाडी फस्यो, हरेक गाडीहरु कुनै न कुनै ठाउँमा फसेकै हुन्छन् ।’उनले भने ।

बिहान फेसको गाडी रातीसम्म निकाल्न नसक्दा राती हिडेर गन्तव्यमा पुग्नु परेको यात्रुहरु बताउछन् ।  ‘जतिपटक यो बाटोमा यात्रा गरेको छु हरेक पटक गाडी फस्दा समस्या झेल्नु परेको छ ।’ एक यत्रुले गुनासो पोखे । 

पुर्चौडीहाट सडकखण्ड अहिलेसम्म कालोपत्रे भैसक्नुपर्नेमा भएको छैन् । यस सडक संगै २०७५सालमा सुरुवात भएका अन्य सडकहरु भने कालोपत्रे भएकाछन् । जिल्लाको सतबाँज–श्रीभावर सडकखण्ड आधा कालोपत्रे भैसक्दा यात्रा सहज भएको छभने, देहिमाण्डौँ–गिरेगाडा सडकखण्डको काम समेत तिब्र गतिमा भैरहेको छ । तर श्रीभावर–हाट सडकको ठेक्का पाएको ग्वाल्लेक निर्माण सेवाले पेटी ठेकेदार मार्फत गराएको काममा ढिलासुस्ती गरेको देखिन्छ । ठेक्का पाएको सुरुमा केहि महिना राम्रै काम गरेका उनले लामो समय काम रोकेका थिए । विगत बर्षमै कालोपत्रे हुनुपर्ने सडक कालोपत्रे गर्न डबल कटिङको काम अहिले भैरहेको छ । तर कालोपत्रेको काम द्रुत गतिमा भैरहेको छैन् । 

जोखिमपूर्ण सडकमा डरैडरले यात्रा गर्नु परेको दशैँका लागि घर फर्किने यात्रुहरुलाई समस्या भएको छ । राजधानी काठ्माण्डौँ तथा भारतबाट फर्किनेहरुको लर्को लागेका बेला घर पुग्दाको बाटो जोखिमपूर्ण हुदाँ समस्या भएको काठ्माण्डौँबाट फर्किएका मल्लादेहीकी गायत्री बमले बताइन् । ‘पढाईका लागि धेरै युवाहरु तराईका जिल्ला र काठ्माण्डौँमा छन्, कोहि रोजगारीका लागि भारत र अन्य देशमा छन्, अधिकांश व्यक्तिहरु चाडपर्वका लागि घर आउछन् तर २–३ दिनको डागीको यात्रा गर्दा डर लाग्दैन् घर पुग्न पुग्न लाग्दा डराएर यात्रा गर्नुपर्छ । छिटै सडक कालोपत्रे भैदिए सहज हुनेथियो ।’ उनले भनिन् । 

श्रीभावर–पुर्चौडीहाट सडक कालोपत्रेको काम द्रुत गतिमा गर्न पुर्चौडी नगरपालिकाले पहल गर्दै आएको छ । ठेकेदारले निरन्तर काम गरेमा केहि महिनामै कालोपत्रे हुने अपेक्षा रहेको नगर प्रमुख दीपक बहादुर बमले बताए । ‘पहिला बजेट हाल्न कसरत गर्नुपर्ने, जब बजेट आउँछ जनतामा त खुसि हुने नै भयो,  ठेकेदारले लापरवाही गरिदिदाँ समस्या हुन्छ , हामीले यो सडकका बेलाबेला पहल गर्ने गरेका छौँ । हेरौँ कहिले सम्म काम सम्पन्न हुन्छ, हामी यसको पर्खाइमा छौँ । हामीलाई पनि दैनिक यात्रा गर्नुपर्दा समस्या हुने गरेको छ ।’उनले भने ।

३ बर्ष अघि सडकपेटी निर्माण गरि अलपत्र छाडिएकाले एकापट्टीको सडक पेटी समेत भत्किन थालेको छ । 
 


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्