Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पालिका सरकार चलाएका उकेन्द्रलाई नि:शुल्क उपचार हुने क्षयरोगले लग्यो 
पालिका सरकार चलाएका उकेन्द्रलाई नि:शुल्क उपचार हुने क्षयरोगले लग्यो 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, कात्तिक ९, २०८०
Ukendra Bohara Rip.jpg

बैतडी ।
डिलाशैनी गाउँपालिका बैतडीका निर्वतमान अध्यक्ष उकेन्द्र बहादुर बोहराको ४५बर्षको अल्पायुमै निधन भएको छ । उनको बिहिबार बिहान क्षयरोग(टिवी)का कारण मृत्यु भएको हो । 

नेकपा(एमाले)बैतडी जिल्ला कमिटी सचिवालय सदस्य रहेका बोहरा पार्टीको प्रदेश अधिवेशनमा धनगढी जान सकेका थिएनन् । अधिवेशन प्रतिनिधी भएपनि २०असोजमा धनगढी जाने तयारी गर्ने बेलामै थला परेका थिए । उनले रगत छाँदेपछि स्थानिय स्वास्थ्य संस्थाको औषधी सेवन गरेर घरमै आराम गरे । 

२७ असोजमा सोही समस्या देखिएपछि गोकुलेश्वर स्थीत प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका उनि २दिनपछी ९हजार रुपयाँ ऋण निकालेर बसको यात्रा गर्दै उपचारका लागि डडेल्धुरा हिडेँ । 

उनि दोगडाकेदार गाउँपालिका–३ सिल्लेगाडा पुग्दा अस्वाभाविक रुपले रगत छाद्न थालेपछि स्थानिय मेडिकलमा गए । सिल्लेगाडा बाट भने उनि स्वास्थ्यकर्मीको सुझाव अनुसार एम्बुलेन्समा डडेल्धुरा गए । 

डडेल्धुरा अस्पतालमा १दिन राखेपछी खकार चेक गराउदाँ क्षयरोग पोजेटिभ देखायो । ३०गते राती ११ बजे उनलाई धनगढी स्थीत सेती प्रादेशीक अस्पतालका लागि रेफर गरियो । धनगढी पुग्ने वित्तिकै आइसियुमा उपचार सुरु गरिएकोमा ७ कार्तिक(दशैँको दिन) भने भेल्टीलेटरमा राखिएको थियो । 

२ दिन भेन्टीलेटरमा राखेपनि स्वास्थ्यमा कुनै प्रकारको सुधार आएन् । अन्ततः बिहिबार बिहानै प्राण त्यागे । 

कुनै प्राइभेट अस्पतालमा महंगो शुल्कमा उपचार गराए ठिक हुन्थ्यो की ?

क्षयरोगको उपचार नेपालका सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा गरिन्छ । क्षयरोगीलाई बढी खतरा देखिए डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गरि निको पार्ने व्यवस्था छ । त्यसकारण उकेन्द्रलाई पनि डडेल्धुरा अस्पतालले प्राइभेट अस्पतालको नामै नलिई सिधैँ सेति प्रादेशीक अस्पताल पठाएको थियो । 

उनका भाई भोज भन्छन्, “३ बर्षयता क्षयरोग भई फोक्सोमा खराबी आएको कुरा स्वंयलाई थाहा थियो । यसपटक पनि सुरुसुरुमा स्थानिय स्वास्थ्य संस्था र मेडिकलहरुमा जानुभयो, अन्तमीममा ९ हजार ऋण लिएर धनगढी आएका हौँ, यता आएपछि १५हजार थप ऋण माग्यौँ, अढाई लाखमा जमिन बेच्ने कुरा थियो, जमिन पनि बेचिएन् । पैषाको अभाव त थियो नै, तर डाक्टरहरुले कुनै महंगो अस्पतालमा लग्न सुझाव दिएको भए बाँच्ने सम्भावना थियो की ? भन्ने आश मात्रै हो ।” सेती प्रादेशीक अस्पतालका डाक्टर भन्छन् अन्तीम अवस्थामा पुगेका बिरामीलाई बचाउन गाह्रो हुन्छ ।
 

को थिए उकेन्द्र ?
उकेन्द्र बोहरा “कमरेड–विवेक” नामले परिचित व्यक्ति हुन् । विद्यार्थी जिवनबाट राजनितिमा सक्रिय उनि २०५९ सालमा तत्कालिन नेकपा माओवादीमा आवद्ध हुदैँ भुमिगत भए । उनको भुमिगत नाम नै “विवेक” हो । उनि माओवादीमा छदाँ पुर्व प्रदेशसभा सांसद प्रेम प्रकाश भट्ट“आदित्य”का पृय पात्रका रुपमा चिनिन्थे । नेता भट्टका अनुसार उकेन्द्र वि.स.२०५९–०६०तिर माओवादीमा आवद्ध भएका थिए । उनि तत्कालिन समयमा माओवादीले तय गरेको एरिया न.३ का सचीव थिए । उतिबेला जिल्ला सदरमुकाम र आसपास क्षेत्रलाई माओवादीले एरिया न.३ घोषित गरेको थियो । माओवादीको जिल्ला कमिटि सचिवालय सदस्यसम्म पुगेका उनि २०६६–०६७ तिर एमालेमा आवद्ध भई राजनितिक यात्रालाई थप शसक्त बनाएका थिए । 

उकेन्द्र एमालेमा आवद्ध भएदेखी पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल निकट नेताका रुपमा थिए । नेता पाललाई आफ्नो अभिभावक मान्ने उनले २०७४सालको स्थानीय निर्वाचनमा बहुमत कार्यपालिका सदस्य सहित गाउँपालिका अध्यक्षमा चुनाव जितेका थिए । अध्ययनमा स्नातकतह उतिर्ण गरेका उनको स्वभाव निकै सरल थियो । 
 

साधारण जिवनशैली 
कतिपय स्थानिय सरकारको प्रमुख पदमा पुगेका व्यक्तिहरुको लवाईखवाई परिवर्तन भएको देखिन्छ । तर उकेन्द्रले आफ्नो कम खर्चमै सम्भव हुने उपचार खर्चको समेत जोहो गरेनन् । आर्थिक अनियमितता पटक्कै गर्दैन भन्ने स्वभावका उनको आर्थिक अवस्था अन्तीमसम्म पनि साधारण देखियो । कहिल्यैपनि महंगो पहिरनमा नदेखिएका उनको सादगी जिवनको प्रशंसा हुने गर्दछ । 

उनले पालिका प्रमुख हुदाँ राजधानी धाइरहने, ठुला नेतासंगको फोटो पोष्ट गर्ने, आफुलाई ठुला मान्छेको दर्जामा राख्न हौसिने काम कहिल्लै गरेनन् । सधैँभरी गाउँपालिकामै भेटिने उनले कर्मचारीको अभाव हुन नदिई काम गरे ।
बोहरा पालिकाको प्रमुख हुदाँ आफ्नो मासिक सेवा सुविधाबाट बनाउन सुरु गरेको आफ्नो सानो घर अझै निर्माण सम्पन्न भएको छैन् । आफन्तका अनुसार खेतबारीबाट उब्जाएको अन्न घरमा खानको लागि पुग्छ तर अन्य आयश्रोत केहिछैन्, घरमा श्रीमती र २छोरा, २छोरी छन्, तर सबैजना बेरोजगार छन्, जेठा छोराछोरीको बिहे भैसकेको छ, कान्छो छोरा र छोरी पढाई गर्दछन् । 

पढाईसंगै सामाजिक अभियन्ता(सामाजिक परिचालक)को रुपमा समेत काम गरेर राजनितिमा सक्रिय भई पालिका प्रमुख जस्तो पदमा पुगि अन्तीममा उपचार अभावमा ज्यान गुमाउने व्यक्ति हुन् उकेन्द्र । उनको अकल्पनीय निधनले डिलाशैनी गाउँपालिका र उनको पार्टी नेकपा(एमाले) मात्रै नभई समग्र बैतडी जिल्लाबासी स्तव्ध छन् । कलिलो उमेरमा ब्रह्मालिन भएका उकेन्द्रको उत्तमलोकमा बास होस् । हार्दिक श्रद्धान्जली । 


प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्