Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • केहि जनप्रतिनिधि र केहि कर्मचारी अत्यन्तै गैर जिम्मेवार : अध्यक्ष धामी 
केहि जनप्रतिनिधि र केहि कर्मचारी अत्यन्तै गैर जिम्मेवार : अध्यक्ष धामी 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, कात्तिक २४, २०८०
हरिसिंह धामी (अध्यक्ष, सिगास गाउँपालिका बैतडी )

बैतडी ।
बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी पालिकाले बिहिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा करिव १ घण्टा जंगीए । दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारीमा रहेका उनले आफ्नै सहकर्मी जनप्रतिनिधि र शाखागत कर्मचारीहरु नै गैर जिम्मेवार रहेको भन्दै आक्रोस व्यक्त गरे । जिम्मेवार व्यक्तिको काम प्रतिको गैरजिम्मेवारीपनाले बनेका काम समेत विग्रिने डर भएको बताए । 

सार्वजनिक सुनुवाईका प्रश्नकर्ताहरुलाई हसिलो पारामा जवाफ फर्काएका धामी केहि जनप्रतिनिधि र कर्मचारीहरुलाई भने  सार्वजनिक रुपमै सचेत गराउन बाध्य भए । उनले सार्वजनिक सुनुवाई र बार्षिक समिक्षा कार्यक्रममा जनताका प्रतिनिधिहरु उपस्थीत नहुनुले उनिहरुमा जनगुनासो सुन्न सक्ने क्षमता नभएको भन्न भ्याए । सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष धामीलाई लक्षित गरि सहभागीले पहिलो कार्यकालको जस्तो जोश जागरका साथ काम नभएको गुनासो राख्दै गर्दा उनले सहकर्मी जनप्रतिनिधी र कर्मचारीहरुको साथ नपाएको बताए । 

उनले भने,‘पहिलो कार्यकालमा जोशजागर भएका जनप्रतिनिधि थिए, उतिबेला प्रभावकारी कामहरु भएका हुन्, अहिले ठ्याक्कै उल्टो छ, हामिले पहिलो कार्यकालमा गरेका कामको उद्घाटन गर्न खुसि हुन्छन् तर सार्वजनिक सुनुवाई र पालिकाको बार्षिक समिक्षा जस्ता महत्वपुर्ण कार्यक्रममा मुख देखाउदैनन्,।’ 

१६ कार्तिकमा बसेको बैठकले बार्षिक समिक्षा र सार्वजनिक सुनुवाईको मिति तय गरेको र उक्त कार्यक्रमका लागि औपचारिक जानकारी गराउदाँ समेत उपस्थीत नहुनु गैर जिम्मेवारीपना भएको बताए । 

अध्यक्ष धामीले गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्ट महिनामा १५दिन कार्यालयमा अनुपस्थीत हुने गरेको बताए । उनले शिक्षामा सबैभन्दा बढी गुनासाहरु आउदाँ समेत शाखा प्रमुख गैरजिम्मेवार भएको गुनासो गरे । इन्जीनियर कृष्ण बहादुर चलाउनेले पनि योजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती गरिरहेको बताए । 

बिहिबार आयोजीत बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष, ४जना वडाअध्यक्ष, २जना कार्यपालिका सदस्य र ५जना वडा सदस्य बाहेकका जनप्रतिनिधिहरु उपस्थीत थिएनन् । कार्यक्रममा गाउँपालिकाका ४७ जना जनप्रतिनिधि मध्ये १२जना मात्रै उपस्थीत थिए । 

धामीले आफ्नो लामो भाषणका क्रममा पत्रकारहरुलाई समेत कटाक्ष गर्न छाडेनन् । पत्रकारहरुले स–साना कमजोरीहरु लेख्नका लागि ढुकेर बस्ने गरेको तर राम्रा कुराहरुलाई नजरअन्दाज गर्दै आएको गुनासो गरे । आफ्नो पहिलो कार्यकाल र यस कार्यकालमा पत्रकारहरुले साथ दिएको भए अझै महत्वपुर्ण कामहरु प्रभावकारी ढंगबाट गर्न सकिने बताए । केहि विवादीत योजनाहरुका बिषयमा पत्रकारले वास्तविकता बुझेर खबर सम्प्रेसण गरिदिएको भए बिवाद आफै साम्य हुनेमा पत्रकारको साथ नपाएको भन्न भ्याए । उनले गाउँपालिकाको विकास निर्माण र गाउँपालिकालाई सधैभरी सतमार्गमा डोर्‍याउन पत्रकारहरुको महत्वपुर्ण भुमिका हुने भन्दै त्यस प्रकारको साथ खोजेको बताए । 

अध्यक्ष धामीले गाउँपालिकाका हरेक सचेत नागरिकले पालिका प्रति चासो राख्ने, सुझाव दिने, कमजोरीहरुमा सचेत गराउने गरे मात्रै गाउँपालिकाको विकास र सम्वृद्धि सम्भव हुने भएकाले सबैलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्