Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • क्रिकेटमा सक्रिय मेलौलीका ३ दाजुभाई, नरेन यू–१६को राष्ट्रिय टिममा, सचिन कडा मिहिनेत गर्दै 
क्रिकेटमा सक्रिय मेलौलीका ३ दाजुभाई, नरेन यू–१६को राष्ट्रिय टिममा, सचिन कडा मिहिनेत गर्दै 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, कात्तिक २४, २०८०

बैतडी, 
बैतडीको मेलौली नगरपालिका ७ का जयाराम भट्ट पछिल्लो डेढ दशकदेखि क्रिकेट खेल्दै आएका छन् । घरेलु तथा क्षेत्रीयस्तरको खेलहरुमा राम्रो पदर्शन गर्दै आएका भट्टको भूमिका यस वर्षको पिपिएल प्रतियोगितामा पनि रह्यो । मेलौलीका लागि राम्रो प्रदर्शन गर्ने खेलाडीमध्येमा उनि पनि पर्दछन् । फाइनल प्रवेशको खेलमा अन्तिम ओभरमा पंचकोटी क्रिकेट क्लबलाई जितका लागि ७ रनको आवश्यक रहेको अवस्थामा उनले कुनै पनि रन नदिएर उक्त ओभरमा एक रनआउटसहित ३ विकेट लिदै टिमलाई फाइनलको यात्रा तय गराएका थिए । डेथ ओभरमा १.५ ओभर बलिङ गरेका उनले ३ विकेट लिदै विपक्षी टिम पंचकोटीलाई कुनै रन समेत दिएनन् । फाइनल खेलमा पनि सन्तोषजनक प्रदर्शन थियो । 
उनले तारिफयोज्ञ प्रदर्शन गरेका थुप्रै खेलहरु छन् । घरेलु लिगमा राम्रो प्रदर्शन गर्दै आएका जयराम आफ्ना पछाडीका दुई भाई नरेन र सचिनलाई पनि क्रिकेटर बनाउन लगातार मेहनत गरिरहेका छन् । जयराम भाईहरुलाई क्रिकेटर बनाउन पथपदर्शक रहेपनि दुबै भाईहरुले पनि अथक मेहनत गर्दै आएका छन् । 
मेहनतकै फल भन्नुपर्छ जयरामका भाई नरेन भट्ट हालै सम्पन्न १६वर्ष मुनिको एसीसी प्रमियर कपको फाइनलमा सतकीय पारी खेल्दै देशको नाम उच्च राखेका थिए । नेपाल विजेता समेत बनेको थियो । त्यसैले पनि धेरैले नरेनलाई चिन्दछन् । अवसर पाएमा राम्रो खेल्न सक्छन् भन्ने गतिलो उदाहरण दिएका नरेन १९ वर्ष उमेर समूहको तयारीमा जुटेका जयरामले बताए । ‘खेलमा नरेन अघि बढ्न चाहान्छ, यसका लागि परिवारबाट उपयुक्त वातावरण बनाएका छौँ, जस्तो खालको अभ्यास चाहिन्छ त्यो अभ्यास गराउन म तयार छु र ऊ पनि तयार छ, अहिले एकेडेमीमा लगातार प्रशिक्षणमा छ, अबको लक्ष १९ वर्ष उमेर समूह राष्ट्रिय टिममा पुग्ने हो,’ जयरामले भने, ‘देशभित्र वा बाहिर जुनसुकै ठाउँमा पनि आवश्यकता अनुसारको अभ्यास गराउन तयार छु,’ । नरेनले पनि आवश्यकता अनुसारको अभ्यास गरिरहेको बताउछन् । पिपिएलमा पनि निकै सन्तोषजनक प्रदर्शन गरेका नरेन फेरी प्रशीक्षणमा फर्किने छन् । 


यसैगरी जयरामका अर्का भाई सचिन पनि क्रिकेटमा राम्रो भविश्य बोकेका खेलाडीमध्येमा चिनिन्छन् । सुदूरपश्चिमको १६वर्ष उमेर समूहको १८ सदस्य टोलीमा परेका सचिन बलिङ अलरआउन्डरको रुपमा चिनिन्छन् । स्पिन बलिङ गर्ने सचिन पनि धनगढीमा एकेडेमी भर्ना भई लगातार प्रशिक्षण लिइरहेका छन् । 
दुवै भाईलाई नेपाली टिममा स्थान बनाउनको लागि आवश्यक पर्ने जस्तोसुकै अभ्यासका लागि पनि पछि नपर्ने जयराम भट्ट बताउछन् ।
भट्टका २ बहिनी दुरा भट्ट र राधा भट्टले राष्ट्रियस्तरको भलिबल खेल समेत खेलिसकेका छन् । ७ दाजुबहिनी रहेका उनका अन्य दुई बहिनी पनि जिल्लास्तरमा भलिबल खेल्ने गरेका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्