Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सूर्मा सरोवर हिमालमा पहिलो पटक सफल आरोहण
सूर्मा सरोवर हिमालमा पहिलो पटक सफल आरोहण
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, मंसिर ३, २०८०

बझाङको सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको सफल आरोहण भएको छ । ६ हजार ५२३ मिटर अग्लो उक्त हिमालको पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन् । 

स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताए । पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनिसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिए ।

उनीहरु चार जनाको आरोहण दलमा गएका भए पनि दुइ जनाले मात्रै सफल आरोहण गर्न सफल भएको ट्राभल कम्पनी आइस एट थाउजेन्ट प्रालिका शंकर रावतले बताए । उनीहरुलाई दावा साङगे शेर्पाले पथ प्रर्दशन गरेका थिए ।

५१ वर्षिय पल आरोहण नभएका हिमाल चढ्न रुचाउँछन । नयाँ नयाँ रुटबाट हिमाल आरोहण गरेर उनले चार पटक हिमाल आरोहण क्षेत्रको प्रतिष्ठित अर्वाड ‘पायोलेट्स डिओर' पाइसकेका छन्।

सूर्मा सरोवर हिमाल आरोहणको क्रममा उनको एउटा औला हिउँले खाएको छ । पलले यसअघि पनि नेपालको जुगल लगायतका थुप्रै हिमालहरुको नयाँ रुटबाट सफल आरोहण गरिसकेका छन्। सूर्मा सरोवर हिमालको आरोहण गर्दा र यस क्षेत्रमा छ हप्ता विताउँदा अहिले सम्मकै नयाँ अनुभव भएको र यहाँको प्रकृतिमा रमाउन पाउँदा निकै रोमाञ्चित भएको उनले बताए ।

‘यहाँका हिमालहरु निकै सुन्दर रहेछन् । यहाँको प्रकृति साँच्चिकै अदभुत छ', पलले भने ‘यो क्षेत्रमा बस्दा मैले हिमाल आरोहणको नयाँ स्वाद बटुल्ने सौभाग्य पाएकोमा खुसी छु ।' उनले सुद"रपश्चिमका अधिकांस हिमालहरु कसैले पनि आरोहण नगरेका कारण यो क्षेत्र भविष्यमा हिमाल आरोहीको आकर्षणको केन्द्र हुन सक्ने बताए ।

उनीसँगै हिमाल आरोहण गरेका स्कटल्याण्डका २६ वर्षिय आरोही टिम (तिमोथे) मिलर व्यावसायिक पर्वतीय गाइड हुन् । उनले पनि सन २०२२ मा नयाँमार्गबाट जुगल हिमाल आरोहण गरे वापत् पल सँगै ‘पायोलेट्स डिओर' अवार्ड पाएका थिए । उनले भने ‘यो आरोहण मेरो करियरमा दुर्लभ, साहासिक र रोमाञ्चक संयोग बन्यो ।

सूर्मा सरोवर हिमालको आरोहण पूर्व उनीहरुको टिमले बाटो पत्ता लगाउने क्रममा करिब तीन हप्ता साइपाल गाउँपालिकाको शालिमोर उपत्यकामा बिताएको थियो ।

अहिले सम्म कसैले नचढेको नयाा हिमाल विश्व विख्यात आरोहीको टोलीले सफल आरोहण गरेकोमा खुसी लागेको बताउदै साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले यो आरोहणको सन्देशले यहाँको पर्वतारोहणसम्बन्धी गतिविधि बढाउने आशा व्यक्त गरे । ‘यहाँ सूर्मा सरोवर जस्ता अहिलेसम्म कसैले नचढेका थुप्रै हिमाल छन् तर पर्वतारोहीको नजरमा पर्न सकेका छैनन,' उनले भने ‘यो आरोहणपछि नयाँ हिमाल चढ्न चाहनेहरु यतातिर आर्कषित होलान् भन्ने आशा छ।' 

बझाङको साइपाल क्षेत्रमा मात्रै पाँचहजार मिटर भन्दा अग्ला दुइ सय बढी हिमाल रहेको र अधिकांस हिमालहरुको नामाकरण समेत हुन नसकेको बताउँदै उनले बझाङ जिल्लामा रहेका हिमाल प्रर्वद्धनको लागि नेपाल सरकारबाट विषेश पहल हुनु पर्नेमा जोड दिए ।

फोटो क्याप्सन : सुर्मा सरोवर हिमालको सफल आरोहण गर्दै सयुक्त अधिराज्यका आरोहीहरु ।


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्