Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको अस्थायी ट्राफिक प्रहरी पोष्ट खोडपेः राजस्व असुलि र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट
बैतडीको अस्थायी ट्राफिक प्रहरी पोष्ट खोडपेः राजस्व असुलि र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट
नविन राज अवस्थी
नविन राज अवस्थी मंगलबार, मंसिर ५, २०८०

बैतडी,  
बैतडीसहित बझाङ र दार्चुला भित्रिने जक्सनको रुपमा पाटन नगरपालिका –८ को खोडपे बजारलाई चिनिन्छ । यहाँबाट भित्रिने सवारी साधनको अवस्था र वस्तुस्थितिको बारेमा बुझ्ने र नियमन गर्ने जिम्मेवारी अस्थायी ट्राफिक प्रहरी पोष्ट खोडपेको हो । यतीमात्रै होइन सवारी आवागमनलाई सुचारु गर्नु, सडक सुरक्षा, ऐन विपरीत चलेका सवारीसाधनहरुलाई कानून बमोजिम कारवाही गर्नु, दुर्घटना न्यून गराउनु पनि हो । यो सँगै राजस्व संकलन पनि जोडिएको हुन्छ ।  

No description available.
त्यसका लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट खोडपेले सक्रियता बढाएको छ । दशैँ तथा तिहारको समयमा सवारी साधनसँगै यात्रुहरुको पनि चाप बढेको थियो । यसै सिलसिलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट खोडपेका इन्चार्जको भूमिकामा रहेका प्रहरी बरिस्ट हवल्दार खेमराज भट्टको नेतृत्वमा खटिएको टोलीले सक्रियता बढाएको थियो । 

चाँडबाँड सकिएसँगै यात्रुहरुको चाप पुनः बढेको छ । यही सिलसिलामा अस्थायी ट्राफिक प्रहरी पोष्ट खोडपेले सक्रिया झनै बढाएको छ । चेकजाँचमा कडाइ गरेसँगै सडक सुरक्षा र दुर्घटना नियन्त्रणको लागि समेत सचेतनामुलक कार्य गर्दै आएको छ । ‘हामिले चेकजाँच गर्ने क्रममा सिट क्षमता अनुसार सवारी राखे नराखेको, कागजपत्रहरु साथमा राखेनराखेको, लगायत दुर्घटना न्युनिकरणको लागि सचेतनामुलक सन्देशका कार्यहरु पनि गर्दै छौँ।’ प्रहरी बरिस्ट हवल्दार खेमराज भट्टले भने । 
जरिवनाका लागि मात्रै नभई सडक सुरक्षा, सवारी साधनको अवस्था र ट्राफिक नियमनका विषयमा पनि सचेतना जगाउने काम गरिरहेको भट्टले बताए । 

सबैभन्दा बढी राजस्व खोडपेबाट
अस्थायी ट्राफिक प्रहरी पोष्ट खोडपेले जिल्लामा सबैभन्दा बढी राजस्व  संकलन गरेको छ । एक महिनाको अवधिमा ३४२ सवारीसाधन कारवाहीमा परेका छन् भने उक्त कारवाहीबाट १ लाख ७६ हजार रुपैया रजस्व पनि संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
उसो त वार्षिक रुपमा पनि सबैभन्दा बढी खोडपेबाटै राजस्व संकलन हुने गरेको छ । ३ जिल्लाको जक्सन भएकाले सवारीको चाप बढ्ने र नियमविपरित चलेका सवारीमाथि धमाधम कारवाही हुने गरेको छ । 
जिल्लाको रिर्पाेट अनुसार पनि अन्य विषयमा पनि खोडपे पहिलो नम्बरमा रहेको छ । राजस्व असुलि, दुर्घटना नियन्त्रण लगायत समसामयिक गतिबिधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट खोडपे खेलेको भूमिका उत्कृष्ट रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी सहायक निरिक्षक तेज बहादुर रावलले जानकारी दिए । ‘ट्राफिक नियमनका सम्बन्धमा खोडपे पहिलो नम्बरमा नै छ, सबै हिसाबले काम राम्रो भएको पाइएको छ ।’ उनले भने ।

No description available.
खोडपे बजार क्षेत्रमा ट्राफिक व्यावस्थापनमा चुनौती
जिल्लाको व्यस्त बजारको रुपमा रहेको खोडपे बजारमा एउटा बसपार्क छैन । बसपार्कको सुविधा नहुदा बजार क्षेत्रमा जहातहीँ सवारी पार्कीङ हुने गरेका छन् । सम्बन्धित निकायले बसापार्कको व्यवस्था गर्नसकेमा बजारक्षेत्र निकै शुन्दर देखिने र दुर्घटनाको जोखिम पनि नहुने ट्राफिक प्रहरीको भनाइ छ  । बजार क्षेत्रमा जहातहीँ सवारी नरोक्न भन्दै बेलाबेला सवारीधनीलाई जानकारी गराउदा पनि कार्यान्वयनमा आउँदैन ।
यसअघि निर्माण हुने भनिएको बसपार्क क्षेत्रमा अपतकालिन उद्दार केन्द्र स्थापना गरिएको छ । 
दुर्घटना नियन्त्रणको लागि सबै निकाय एकजुट हुनुप¥यो, 
दुर्घटना नियन्त्रणको लागि सबै निकायले एकजुट हुनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ । दशैँ तथा तिहार सकिएसँगै यात्रुहरु धमाधम कर्मथलोतर्फ गइरहेका छन् । यातिबेला बैतडी लगायत सुदूरपहाडबाट तराईका जिल्ला तथा काठमाण्डौका लागि छुट्ने यात्रुबहाक सवारी साधन खचाखच भरिने गरेका छन् । ‘आवश्यकता अनुसार सवारी साधनको उपलब्धता नभएकै कारण सवारी साधनमा क्षमता भन्दा बढी सवारी रहेका छन् ।’ एक प्रहरीले भने, ‘यतायात प्रालिले यही कुरालाई ध्यान दिएर केही समयका लागि पहाडबाट छुट्ने बसहरुको संख्यामा बढाइदिएको भए हुन्थ्यो ।’ सिट नहुदाहुदै यात्रुहरुले पनि जोखिम मोलेर यात्रा गर्न नहुने उनको भनाइ छ ।

No description available.
सिट क्षमता अनुसार नै यात्रुले बस्ने, सवारीको अवस्था बुझेर सवारी चलाउने, सिमित गतिमा हाक्ने, यान्त्रिक जाँच बेला बेला गर्ने दायित्व सम्बन्धित यतायत व्यावसायीको रहेको प्रहरीको भनाइ छ । सडक सुरक्षाका बारेमा जानकारी दिने र सचेतना फैलाउने काम हामिहरुले गरिरहेको ट्राफिक प्रहरीको दाबी छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्