Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, मंसिर १५, २०८०
८४ बर्षीय थापाको साथमा एमाले अध्यक्ष ओली

बैतडी।
बैतडी जिल्ला दशरथचन्द नगरपालिका–०५की हरुलीदेवी थापा ८४बर्ष पुगिन् । बिहिबार नेकपा (एमाले)का पार्टी अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी ओली बैतडी आएको सुन्दा थापा पाको उमेरमा उनलाई भेट्न आइन् । ओलीको कार्यक्रम तय भएका अन्य ठाउँहरुमा पुग्न नसकेकी थापा त्रिपुरा सुन्दरी मन्दीरमा पुग्दा ओली पनि मन्दीरको दर्शनका लागि मन्दीरमै थिए ।

बृद्धा थापालाई बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारीले ओलीसंग भेट गराइदिए । उनले सबै जनताको घरघरमा सुबिधा पु¥याउनु भन्दै आर्शिवाद दिइन् । ओलीले मुस्कुराउदैँ बृद्धाको आर्शिवाद ग्रहण गरे ।

ओलीसंग भेटेर फर्केकी थापा केहि समयमा आफ्ना दौँतरी हरुसंग बस्दापनि दर्शन गर्न पाइयो भनिरहेकी थिइन् “हामीलाई बुढा हुने वित्तिकै बृद्धाभत्ता दिनेको दर्शन गर्न पाएँ, यसरी भेट हुने कुरा मैले सोचेकै थिइँन, उहाँ भएको ठाउँमा हामीलाई कस्ले पु¥याइदिन्थ्यो र ?, उहाँ आफै हाम्रो ठाउँमा पुग्नुभयो,’ दामोदर भण्डारीलाई देखाउँदै थापाले भनिन्,“उहाँले भेटाइदिनुभएको हो, भाग्यमा रैछ र पो दर्शन पाइयो, उहाँले हामीलाई सबथोक दिएकै छ, अस्पतालमा उपचार सित्तैमा हुन्छ, बर्षमा ४पटक भत्ता पाइन्छ ।” उनले भनिन् ।

यसैगरी दशरथचन्द नगरपालिका–०४ तिरगाउँकी ८५ बर्षिय धाना बोकटीपनि ओली भेट्न सकिनसकि सदरमुकाम पुगिन् ।

उनले भनिन् “पहिला केहिपनि थिएन्, अहिले हेर्नुस् त जताततै गाडी चलेकाछन्, झरो बालेर रात कटाइन्थ्यो अहिले अहिले बिजुली बाल्न पाएका छौँ, मोबाइल फोनमा कुरा गर्न पाएका छौँ, पहिला केहि थिएन्, अझै धेरै बर्ष बाँच्न पाए के–के कुराहरु पो देखिने हो । यो सबै सुबिधा दिने, हामी बुढाबुढीलाई भत्ता दिने व्यक्ति हाम्रो ठाउँमा आउदाँ खुसि लागेको छ ।”

ओली बैतडीका आउदाँ बुढापाकाको मनमा भत्ता दिने व्याक्ति संगको भेटहुने कुराले खुसि तुल्याएको थियो । 

वि.स.२०५१ सालमा तत्कालिन सरकारको नेतृत्व नेकपा (एमाले)ले गर्दाका बखत सामाजिक सुरक्षा भत्ताको कार्यक्रम लागु भएको हो । तत्कालिन पार्टी महासचिव मनमोहन अधिकारी प्रधानमन्त्री हुदाँ केपी ओली गृहमन्त्री थिए । चुनाव अघि कम्युनिष्ट पार्टीले जिते बुढापाकालाई गोलि ठोकि मार्छन् भन्ने प्रचार भएपनि अन्ततः एमाले नेतृत्वकै सरकारले बृद्धबृद्धा र एकल महिलाहरुलाई मासिक १सय रुपँया भत्ता प्रदान गर्ने कार्यक्रम ल्याएको थियो । अहिले उक्त भत्ता विभिन्न समयमा बृद्धि हुदैँ अहिले मासिक ४हजार रकम सम्म पुगेको छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्