Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • यस्तो छ अरुलाई होच्याउन राखिएका नामहरुको रहस्य (मान्छेका नाम कुकुरे, कुत्ते, रावण र सुकुट्टी सम्म)
यस्तो छ अरुलाई होच्याउन राखिएका नामहरुको रहस्य (मान्छेका नाम कुकुरे, कुत्ते, रावण र सुकुट्टी सम्म) सबै विश्वकर्माहरुलाई कसरी कामी बनाइयो ?
सीपी लोहिया
सीपी लोहिया सोमबार, मंसिर १८, २०८०

बैतडी।  
गतबर्ष केहि अपमानित नामहरुको खबर निकै चर्चामा आयो । खबर थियो दैलेकका एक व्यक्तिको नाम कुकुर कामी लेखिएको नागरिकताको ।

यसपछि केहि राष्ट्रिय स्तरका सञ्चारमाध्यमले दैनिक रुपमा अपमानित नामहरुको बिषयमा प्रमुख समाचार बनाउदैँ गर्दा अपमानित नाम सच्याउन पाउने गरि सरकारले निर्देशन जारी ग¥यो । तर नाम सच्याउने कानुन अझै बनेको छैन् । 
अपमानित नामको समस्या बैतडी लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा कायम रहेको छ । दलित तथा पीछडिएको समुदायका व्यक्तिहरुको नाम समाजमा होच्याउने आधारमा राखिएको छ । 

बैतडीको पञ्चेश्वरका एक व्याक्ति आफ्नो वास्तविक नाम ‘धुकुडे’ भएको बताउछन् । तर उनको नागरिकताको नाम भने “कुकुरे भूल” रहेको छ । उनलाई नाम सोधिने ठाउँहरुमा धुकुडे नै बताउने गरेपनी नागरिकता देखाउनुपर्ने ठाउँमा भने कुकुरे नाम नै लेखिन्छ । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका–०६ की एक महिलाको नागरिकतामा ‘सुकुट्टी कमिनि’ छ । उनको वास्तविक नाम सिता लुहार हो । तर गाउँमा होच्याउने व्यक्तिहरु उनलाई सुकुट्टी भन्दथे । जब उनि वि.स.२०३६ मा अस्थाई नागरिकता बनाउन पुगिन् । उनको नागरिकताको नाम नै सुकुट्टी कायम भयो ।

अब दार्चुलाको शैल्यसिखर नगरपालिका–०७ खोल्सीका ‘रावण कामी’को कुरा गरौँ । उनको वास्तविक नाम अमरसिंह लुहार हो । तर रामायणका रावणलाई धु्रत, अहंकारी दानवका रुपमा प्रस्तुत गरिने हुदाँ अमरको नाम रावण बनाइयो । यसैगरी बैतडीको पाटनका प्रताप लोहारको वास्तविक नाम बिगारेर ‘झुल्या’ बनाइएको छ । उनि भन्छन् मेरो वास्तविक नाम प्रताप हो, तर म ५बर्षको छदैँ बुवा गुमाएकाले सबैले हेपेर मलाई मुल्या भन्न थाले । अन्ततः नागरिकतामा समेत मुल्यालाई अलिकति सुधार गरेर झुल्या बनाइएको हो । अहिले सबैले झुल्या भनेर चिन्छन् ब्राह्मणले जुराएको नाम प्रताप हो । 

बैतडीको दशरथचन्द नगरपालिका–०४का एक दलितले छोराको नाम नारायण राखेको भोली पल्टै उपल्लो थरकी महिला उनको घरमा पगेर थर्र्काउदैँ भनिन् “हामीले हरेक विहान भगवानको नाम पुकार्दै नारायण भन्दै बत्ति बाल्ने गर्छौँ तैले आफ्नो छोराको नाम नारायण राख्ने ? अहिलेनै नाम बदल्नुपर्छ ।” यसरी ति नारायणलाई केहि व्याक्ति बाहेक अन्यले हेपाहा नाम ‘ढाडे बिरालो’ भनेर बोलाउछन् । 

सञ्चारकर्मी सुरेश महराका अनुसार आफ्नो गाउँका करव १दर्जन दलित समुदायका व्यक्तिहरुको नाम कुत्ते(हिन्दीमा कुकुर) राखिएको छ । 

यसरी बने अपमानित नामका नागरिकता
वि.स.२०३६ सालमा अस्थाई नागरिकता सिविर चल्यो । उतिबेला घरका सबै सदस्यहरुको विवरण खुलाउने गरि हस्तलिखित रुपमा एउटै फर्ममा विवरण भरेर नागरिकताकै सरह प्रदान गरियो । 

उतिबेला सिविर टोलीमा सहभागी अधिकारीले मान्छेको मुख हेर्दै नाम राखिदिए । अझ दलित समुदायको आर्थिक रुपले कमजोर मान्छे नागरिकता बनाउन आएमा उनिहरुको नाम त जे पायो त्यहि राखियो । फेरी ०४६ सालमा नागरिकता सिविर चल्यो यसबेला पुरानै संयुक्त नागरिकताका आधारमा स्थाई नागरिकता दिइयो । 

बैतडीका बरिष्ट सामाजिक अभियन्ता तथा पुर्व सभाषद पुरन सिंह दयाल भन्छन्,“०३६ सालमा अस्थाई नागरिकता सिविरमा आएका पुर्वि जिल्लाका टोली प्रमुखले विश्वकर्मा थरका सबै व्यक्तिको नाम कामी बनाइदिएको छ ।” उनले भने,“सुदूरपश्चिममा विश्वकर्मालाई कामी भन्ने चलन थिएन्, यहाँका व्यक्तिले लोहार, वड, टमाटा, महर, कोली, पार्की लगायत पेषा अनुसार विभिन्न थरहरु राख्दथे । तर उतिबेला नागरिकता बनाउन आएका टोली प्रमुख पुर्वका व्यक्ति परेछन् र उनले सबैको थर कामी राखिदिए । कामीको अर्थ काम गरिखाने व्यक्ति हुनुपर्ने हो । केहि न केही काम गरिखाने त ब्राह्मण, क्षेत्री वा ठकुरी सबै पर्छन तर होच्याउने आधारमा दलित समुदायको विश्वकर्मा थर अन्तरगत पर्ने व्यक्तिहरुलाई “कामी” बनाइनु हेपाहा प्रवृती हो ।” यसरी विश्वकर्मा थरका पुरुषलार्ई कामी र महिलालाई कमिनी राख्ने ति टोली प्रमुख जहाँ भएपनि पत्ता लगाई कारवाही गर्नुपर्ने उनको माग छ । 

दैलेखका केहि दलितहरुको नाम हेपाहा प्रवित्तिले राखिएकाले सच्याउन सरकारले निर्देशन जारी गरेपनी अझै कानुन बनेको छैन् । 

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले भने, “नाम सच्याउने कानुन अझै बनेको छैन् । तर कसैले नाम परिवर्तन गर्न आएमा हामी गृह मन्त्रालयमा विवरण पठाएर नाम सच्याउने प्रकृयामा जान्छौँ । तर हेपाहा प्रवित्तिका नामहरु सुधार गर्ने कानुन बनेको छैन् । केहि नामहरु सच्याइए भन्ने कुरा हामीले पनि समाचारमै सुनेका हौँ ।”
 


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्