Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन नगरपालिकामा अझैपनि नियुक्त गरिएन प्रबक्ता
बैतडीको पाटन नगरपालिकामा अझैपनि नियुक्त गरिएन प्रबक्ता
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, मंसिर १८, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले नगर प्रबक्ता नियुक्त गर्न सकेको छैन । जिल्लाका अन्य पालिकाले नगर तथा गाउँपालिका प्रबक्ता तोकेको भएपनि जिल्लाको पाटन नगरपालिकाले हालसम्म नगर प्रबक्ता तोक्न नसकेको हो । 
नगर कार्यपालिकामा यस विषयको प्रस्ताव आउनै छोडेको कार्यपालिका सदस्यहरुले बताएका छन् । नगर प्रमुख वा उप्रमुखबाट प्रस्ताव नै नआएकाले प्रबक्ता नियुक्तीको प्रक्रिया अघि बढ्न नसकेको वडा नं ७ का वडा अध्यक्ष ललित बहादुर चन्दले बताए । 
नगर प्रबक्ताको लागि वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर, वडा नं ५ का वडा अध्यक्ष फुनि सिंह बोहरा, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट लगायताका जनप्रतिनिधिहरुको दाबी रहेको छ ।
सामाजिक विकास समिति संयोजक समेत रहेका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बलियो दावदारी राखेका छन् । नगरपालिकाका अधिकांश  विषयसँग समेटिएको विषयगत समितिका संयोजक समेत रहेका बिष्टल प्रबक्तामा दाबी गरेका छन् । ‘सामाजिक, शैक्षिक लगायतका विषयगत जिम्मेवारीमा छु, नगर कार्यपालिकाबाट हुने निर्णय तथा सार्बजनिक महत्वका विषयमा पनि जानकारी लिइरहन्छु, त्यसैले पनि प्रबक्ताको लागि सामथ्र्य राख्छु,’ अध्यक्ष बिष्टले भने । नगर कार्यपालिकाले प्रबक्ता नियुक्त गर्ने भएकाले अधिकांशको साथ पाउनेमा विश्वस्त रहेको समेत बिष्टले बताए ।   
दोश्रो कार्यकालमा निर्वाचित भएको र कार्यअनुभवका आधारमा पनि आफुले प्रबक्तामा दाबी गरेको वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बिष्टले बताए । कार्यपालिकामा प्रवेश पाउने वित्तिकै आफ्नो पनि दाबी राख्ने वडा नं ५ का वडा अध्यक्ष फुनि सिंह बोहराले बताए । 
अन्य जनप्रतिनिधिहरुले औपचारिक वा अनापचारिक रुपमा आफ्नो दावी रहेको बताइरहेका छन् 
वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले आफ्नो दाबी रहेपनि सहमती र सहकार्यमा आफु बाधक नरहेको बताए । प्रबक्ता नियुक्तीमा ढिलाई गर्न नहुने समेत ठगुन्नाको भनाइ छ ।
‘सहमती र सहकार्यमा बाधक छैन, म नै हुनुपर्ने भन्ने पनि छैन, दावी स्वभाविक रहन्छ’। ठगुन्नाले भने ।  
कार्यपालिकामा यस विषयले प्रवेश पाएमा आवश्यक प्रक्रिया अपनाएर प्रबक्ता नियुक्त गरिने नगर उपप्रमुख कमल सिंह बोहराले बताए । 
आगामी कार्यपालिका बैठकमा यो विषयल प्रवेश पाउने नगर प्रमुख गौरी सिंह रावलले बताए । ‘प्रबक्ता नियुक्त गर्नुपर्ने हो, अबको कार्यपालिकामा प्रवेश गर्ने तयारीमा छौँ’ उनले भने । 
कार्यपालिकाको बैठकबाट नगर प्रबक्ता चयन गर्ने गरिएको छ । नगर प्रमुखले ल्याएको प्रस्तावमाथि छलफल गर्दै सहमती वा बहुमतीय प्रक्रियाबाट प्रबक्ता चयन हुने गरिएको छ । 
कार्यपालिकाबाट सार्बजनिक महत्वका निर्णयहरु सार्बजनिक गर्ने, नगरपालिकाका समसामयिक विषयमा जानकारी भएको जनप्रतिनिधिलाई  प्रबक्ता नियुक्त गर्ने गरिएको छ ।  
गरपालिकाका सबैजसो विषयमा सम्बन्धित निकाय वा आम नागरिकहरुलाई जानकारी दिनको लागि प्रबक्ता नियुक्त गनुपर्दछ ।


 


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्