Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा गणित, विज्ञानका शिक्षक पाउनै मुस्किल
बैतडीमा गणित, विज्ञानका शिक्षक पाउनै मुस्किल
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, मंसिर १९, २०८०

बैतडीको सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविमा शिक्षण सिकाइ अनुदानमा मावितहका लागि गणित विज्ञानको शिक्षक राख्न भन्दै अनुमती दिएको छ । तर विद्यालयले नियुक्त गर्न सकेको छैन । पटक÷पटक विज्ञापन आह्वान गर्दापनि दर्खास्त नै नपरेपछि शिक्षक नियुक्त गर्न नसकिएको भुवनेश्वर माविका प्रधानाध्यापक नन्दराम अवस्थीले सुनाए ।
‘एक जना शिक्षक नियुक्त गरेका थियौँ, उनले १ महिना काम नगर्दै अर्काे ठाउँ गए, धेरै पटक विज्ञापन आह्वान ग¥यौँ, शिक्षक नियुक्त गर्न सकिरहेका छैनौँ,’ उनले भने । मावि तहमा राहात तथा स्थायी शिक्षक सरह नै सेवा सुबिधा  रहेको अनुदान कोटामा समेत गणित विज्ञानका शिक्षक नपाएको प्रधानाध्यापक अवस्थीले बताए । 
सुर्नया गाउँपालिकाका शिक्षा साखा प्रमुख टंक प्रशाद अवस्थीका अनुसार गाउँपालिकाका ३ वटा विद्यालयमा संघीय अनुदान कोटामा शिक्षक नियुक्त गर्न सकिएको छैन । वडा नं ४ को उदयदेव मावि पालिगडा, वडा नं ३ को भुवनेश्वर मावि गोयली र वडा नं ७ को भुवनेश्वर मावि पत्थरकोटमा पनि शिक्षण सिकाई अनुदानको लागि कोटा आएको भएपनि नियुक्त गर्न सकिएको छैन । ‘३ वर्षभन्दा बढी समय भैसक्यो, यी विद्यालयमा शिक्षक नियुक्त गरिएको छैन, पटक पटक विज्ञापन आह्वान गर्दा पनि शिक्षकहरु नमिलेकै कारण नियुक्त गर्न सकिएन ।’ शिक्षा शाखा प्रमुख अवस्थीले भने । 
पाटन नगरपालिका–७ को उदयदेव मावि किम्तोलीमा पनि ३ पटक विज्ञापन आह्वान गर्न पनि शिक्षक पाइएन । मावि तहको स्वीकृत दरबन्दीमा विज्ञान विषयको शिक्षक नियुक्त गर्नका लागि ३ पटक विज्ञापन आह्वान गर्दापनि शिक्षक नपएर नियुक्त गर्न नसकिएको पाटन नगरपालिकाका निमित्त शिक्षा साखा प्रमुख बिर्खराज भट्टले बताए । 
दोगडाकेदार गाउँपालिका–१ स्थित बेताल मावि गोरङमा मावि तहमा गणित विज्ञानका शिक्षक छैनन् । गाउँपालिकाबाट करारमा शिक्षक राख्न भनेपछि ३ पटक विज्ञापन आह्वान गर्दा पनि कसैको आवेदन परेन । अहिले निमावि स्तरमा अध्यापन गराइरहेका आइ.एस.सी. शिक्षकबाटै माथिल्लो कक्षामा अध्यापन गराउनु परीरहेको विद्यालयका प्रद्यानाध्यापक हिक्मत बहादुर बिष्टले बताउनुभयो । ‘तीन पटक विज्ञापन आह्वान ग¥यौँ, केहि कसैको आवेदन् परेनन्,’  प्रअ बिष्टले भने । दोगडाकेदार गाउँपालिकाका ३ वटा माध्यामिक विद्यालयमा गणित विज्ञानका शिक्षक दरबन्दी नील छन् । यी प्रतिनिधिमुल उदाहरण मात्रे हुन् । बैतडीका अधिकांस जसो विद्यालयमा गणित विज्ञान विषयका शिक्षक छैनन् । 
बैतडीमा १३३ वटा माध्यामिक तहका विद्यालय छन् । शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार मावि तहमा ७२ जना मात्रै राहात र दरबन्दीका गणित विज्ञानका शिक्षक छन् । अन्यमा कोटा खाली छ । पालिकास्तरमा शिक्षण सिकाई अनुदानका लागि नियुक्त गर्नभन्दै छुट्टै कोटा दिएपनि त्यसबाट पनि पदपुर्ती हुन नसकेको सम्बन्धित पालिकाका शिक्षा साखाले जनाएका छन् । 
शिक्षक नियुक्तीको लागि अध्यापन अनुमती पत्र अनिवार्य गरेको छ । तर विगतमा गणित विज्ञान बढेर प्रविणता पत्र वा स्नातक गरेकाहरुले अध्यापन अनुमति पत्रको परिक्षामा सामेल हुन  पाउने व्यवस्था थिएन । यस वर्षदेखि भने गणित विज्ञान पढेकाहरुले पनि अध्यापन अनुमति पत्रको परिक्षामा सामेल हुन पाउने व्यवस्था गरिएको छ । शिक्षक अभाव हुनुमा गणित बिज्ञान बढेकाहरुको संख्या कम हुनु र पढेकाहरु पनि लोकसेवाको तयारीमा रहने गरेका कारणले पालिकास्तरमा पनि शिक्षक नियुक्त गर्न समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो । अध्यापन अनुमति पत्र आवश्यक रहेकाले पनि शिक्षकहरु नियुक्त गर्न नसकिएको उनको भनाइ  छ । 
गणित विज्ञानका शिक्षक अभाव हुदा पढाईको गुणस्तर घट्ने गरेको छ । बैतडीमा गत वर्षको एसइई परीक्षामा जिल्लाभरीमा बी प्लस समेत कुनैपनि विद्यार्थीले ल्याउन सकेका थिएनन् । इकाईका अनुसार १८ सयबढीले गणित विषयको ग्रेडबृद्धिको परीक्षा दिएका थिए । 
शिक्षक अभावमा गुणस्तर अभिवृद्धिमा चुनौती !    
विद्यार्थीहरु गणित, विज्ञान र अंग्रेजी विषयमा कमजोर छन् भन्ने कुरा परीक्षाको नतिजाले देखाउने गरेको छ । यी विषयमा वर्षेनी ननग्रेड ल्याउने विद्यार्थीको संख्या बढ्दो रहेको पाइन्छ । 
शिक्षक अभाव, पेशागत दक्षतामा अविभृद्धि नहुनु लगायत विभिद कारणले शैक्षिक गुणस्तरमा प्रभाव परेको देखिन्छ । सामुदायिक विद्यालयहरु गणितका शिक्षकहरुको उपलब्धता नहुनु, योज्ञता नपुगेका शिक्षकहरुबाट काम चलाउको रुपमा माथिल्लो कक्षामा अध्यापन गराउनु, प्रभावकारी शिक्षण सिकाई नहुनुका कारणले गणित विज्ञानको स्तर खस्केको पाइन्छ ।  
पछिल्लो समयमा स्थानीय तहहरुले करारमा शिक्षक नियुक्त गरिरहेको छ । करारमा नियुक्त गरिने शिक्षकहरु बढीजसो गणित, विज्ञान र अंग्रेजीका रहेका छन् । तर न्युन पारीश्रमिक तोक्ने गरका कारण यी विषयका शिक्षक पाउन मुस्किल हुने गरेको छ । ‘मावि तहका शिक्षकहरुले ४२ हजार पारीश्रमिक पाइरहेका हुन्छन्, यहाँका पालिकाले करारमा नियुक्त गर्ने शिक्षकको पारीश्रमिक १५ हजार तोकेको छ, शिक्षक कसरी पढाउछन् ?’ विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सिह भाटले भने, ‘शिक्षकहरुको पारीश्रमिक सुनिश्चितता र पेशागत दक्षतामा अभिबृद्धिमा कार्यक्रम ल्याउनुपर्छ,’ । केही ठाउँमा राम्रो अंक ल्याएर उत्तिर्ण भएका शिक्षकहरु पेशागत र गुणस्तरमा कामजोर देखिने गरेकाले पेशागत अभिबृद्धिमा ध्यान दिनुपर्ने भाटले बताए ।
गणित विज्ञानको शिक्षण सिकाई अविभृद्धिका लागि अतिरिक्त कक्षा र समय छुट्याउनु पर्ने बैतडी शिक्षा क्याम्पसका क्याम्पस प्रमुख हर्क बहादुर चन्दले बताए । ‘गणित विषय अफ्ठ्यारो छ, विद्यार्थीको जग पनि बलियो छैन, पढाउने समय पनि अन्य विषय सरह नैछ, चन्दले भने, अन्य विषयभन्दा अफ्ठ्यारो विषय रहेकाले पढाउने समय पनि थपिनु प¥यो, केही अतिरिक्त गतिबिधी पनि अपनाउनुप¥यो,’ चन्दले भने ।  गणित, विज्ञान विषयको सिकाई उपलब्धि अभिबृद्धका राज्यदेखि, विद्यालय परिवार, शिक्षक, विद्यार्थी र अभिभावकेको सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्