Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बिडिसिए कप क्रिकेटःनिङलाशैनीको विजयी शुरूवात,खडकको शतक
बिडिसिए कप क्रिकेटःनिङलाशैनीको विजयी शुरूवात,खडकको शतक
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, मंसिर २२, २०८०

बैतडी,
 बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप  जिल्लास्तरीय  एकदिवसीय क्रिकेट प्रतियोगितामा निङलाशैनी क्रिकेट क्लब९एनसीसी०,देहिमाडौंले शानदार शुरूवात गरेको छ। 
समूह बी को पहिलो खेलमा  कालाशैनी क्रिकेट क्लब,बुड्डालाई ९ विकेटले पराजित गर्दै एनसीसीले शानदार जित निकालेको हो। एनसीसीको जितमा खडक बोहराले अलराउन्डर प्रदर्शन गरे। 
कालाशैनीले दिएको २०४ रनको मध्यम लक्ष्य एनसीसीले २२।३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । जसमा खडकले शतकीय पारी खेले। म्यान अफ द म्याच खडकले ७० बलको सामना गर्दै   १८ चौका र २ छक्काको मद्दतमा १०६ रनमा अविजित रहे। नरेन भट्ट ६७ रनमा नटआउट रहे। दिपेश बोहरा १५ रनमा आउट भए । ८।५ ओभरमा ७९ रन जोड्दा पहिले विकेट गुमाएको एनसीसीका लागि खडक र नरेनले शतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए।
कालाशैनीका लागि नरेश राम लावडले १ विकेट लिए। 
त्यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको  कालाशैनीले  ४४ ओभरमा २०३ रनमा समेटियो। उसका टिकेन्द्र बहादुर चन्दले ३७ र रोशन चन्दले ३६ रन बनाएपनि अन्य ब्याटर चल्न सकेनन् । 
एनसीसीका लागि खडक बोहराले ४ र कप्तान रिसिकेश  बोहराले ३ विकेट हात पारे।
समूह ए बाट यसअघि एनआरवाइसी टिम सेमिफाइनलमा पुगिसकेको छ।  
   बैतडी जिल्ला क्रिकेट संघको  आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ।
प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका  बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।
यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। 
विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले बताउनुभयो।  
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र  उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने  बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । 
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यसअघि १९ औं संस्करणको उपाधि  पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङलाशैनी क्रिकेट क्लबले हात पारेको थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्