Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया नदीमाथिको पुल निर्माणमा शंकास्पद गतिबिधिः६० प्रतिशत काम हुदा ६७ प्रतिशत भुक्तानी
सुर्नया नदीमाथिको पुल निर्माणमा शंकास्पद गतिबिधिः६० प्रतिशत काम हुदा ६७ प्रतिशत भुक्तानी एउटै निर्माण कम्पनीलाई १० वर्षको अवधिसम्म लगातारजसो भुक्तानी भइरहने गरेको पाइएको छ । यसबाट निर्माण कम्पनी र सडक डिभिजनबिच शंकास्पद गतिबिधिको बलियो आशंका गर्न सकिन्छ ।
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, पुस १, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिका–६ को सुर्नया नदीमाथि बन्न लागेको मोटरेबल पुल १० वर्षदेखि अलपत्र वस्थामा छ । पाटन–लोर्खा–सकार–कैलपाल ग्रामिण सडकखण्ड अन्तर्गत सुर्नया गाडको निमार्णधिन पुल १० वर्षदेखि सम्पन्न हुन सकेको छैन ।  
आर्थिक वर्ष २०७१÷०७२ मा ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम सुरु भएको भएपनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायी लगायत अन्य प्राविधिक कारणहरुले ढिलाई भएको सडक डिभिजन कार्यालय बैतडीको दाबी छ । 
निर्माण कम्पनीले ढिलाई गरेको हुनाले काम नभएको भनिएपनि  हालसम्म प्रत्येक आर्थिक वर्षमा सडक डिभिजन कार्यालयले नै भुक्तानी गर्दै आएको छ । 
सडक डिभिजन कार्यालयकाको विवरण अनुसार यहाँ वर्षेनी बजेट निकासा भइरहेको पाइएको छ । पटकपटक म्याद थप गर्दै आर्थिक वर्षको अन्त्यमा बजेट भने निकासा भइरहने गरेको पाइएको हो । 
सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणको ६० प्रतिशत भौतिक प्रगति भएकोमा बजेट भने कुल लागतको ६७.४ प्रतिशत निकासा भइसकेको छ । २०७१ साउन ४ गते एडभेन्चर कन्ट्रक्सन प्रालिसँग २ करोड ९१ लाख २७ हजार ३५५ रुपैयामा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने भन्दै सम्झौता भएको थियो । एडचेन्चर प्रालिले काम भएको भन्दा बढी रकम लगेको पाइएको हो ।  
पुल निर्माणका लागि हालसम्म ३ पटक म्याद थप गरिएको छ भने, १ करोड ९८ लाख ८ हजार २५८ रुपैया निकासा भई खर्च भइसकेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका सूचना अधिकारी असिम रसाईलीले जानकारी दिए । ‘विभिद कारणले निर्माण सम्पन्न हुन सकेन, यस वर्षभित्रै निर्माण सम्पन्न हुनेगरी निर्माण क्पमनीसँग सर्त भइसकेको छ,’ इन्जिनियर रसाईलीले भने, ‘यस वर्षभित्र निर्माण सम्पन्न नभएमा ठेक्का रद्धगरी कम्पनीलाई कालो सुचिमा राख्ने छौँ,’ उनले भने । 
निर्माण कम्पनीका अनुसार ७० प्रतिशत काम भएको र यसै वर्षभित्र काम सम्पन्न हुने दाबी गरिदै आएको छ । 
निर्माणको जिम्मा पाएको कम्पनीले पनि तीन पटक म्याद थप गर्दा पनि निर्माण गर्न सकेन । २०७१ भदौ १५ गते पुल निर्माण सुरु गरिएको थियो । पुलको निर्माणस्थलसम्म जाने बाटोको विवादका कारण ३२ महिनासम्म अल्झिनु परेको निर्माणको जिम्मेवारीमा रहेका मदन मोहन बिष्टले बताए । त्यसपछि पनि संघ र प्रदेश सरकार मातहत हेर्ने भन्ने उल्झनका कारण समयमा काम गर्न नसकिएको निर्माणको बिष्टले बताए । पुल निर्माणका लागि आवश्यक कच्चा पदार्थ र सामान ढुवानी भइरहेकाले लगत्तै काम सुरु गरिने उनले बताए । 
उक्त पुल निर्माण नहुदा पाटन नगरपालिकाको वडा नं १ र ७ का स्थानीयहरु सडक पहुँचबाट बन्चित हुने गरेका छन् । वर्षादको समयमा सुर्नयामा पानीको बहाव बढ्ने गरेका कारणले सवारी आवागमन ठप्प हुने गरेको छ । हिउँदयाममा पनि उक्त सडकमा सहज आवागमन हुने गरेको छैन । मोटरेबल पुल नभएकै कारणले नगरपालिका र जिल्लाको सदरमुकामसम्म आवतजावतमा समस्या हुने गरेको वडा नं १ का स्थानीय हिक्मत भट्टराईले बताए । 
निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरवाहीका कारणले स्थानीयहरुल समस्या भुग्नु परेको वडा नं ७ का वडा अध्यक्ष ललित बहादुर चन्दले बताए । ‘हामिले पटक पटक सडक डिभिजन कार्यालयसँग आग्रह ग¥यौँ, काम समयमा नै सम्पन्न गर्दिनुहोस भनेर, कहिले वास्ता गरिएन’, वडा अध्यक्ष चन्दले भने, ‘मोटरेबल पुल नबन्दा यहाँका विकास आयोजनाहरु प्रभावित बने, नागरिकहरु समस्यामा छन्,’ उनले भने ।  उक्त पुल समयमै निर्माण सम्पन्न भएको भए अहिले दुवै वडा जोड्ने सडक पक्की भइससक्ने चन्दको दाबी छ । 
बेलाबेला सबै निकायसँग पुल निर्माण सम्पन्न गर्नका लागि खबरदारी गर्दा पनि कुनै सफलता हात नलागेको वडा नं १ का वडा अध्यक्ष तर्क ठगुन्नाले बताए । स्थानीय तहदेखि संघीय सरकारसमक्ष पनि बेला बेला पुल निर्माणको लागि हारगुहार गर्दापनि कुनै सुनुवाइ नभएको उनले बताए । 
 


प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्