Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • खाद्यान्नको भाउ अस्वभावीक रुपले बढेपछी महंगीको मारमा मजदुर वर्ग
खाद्यान्नको भाउ अस्वभावीक रुपले बढेपछी महंगीको मारमा मजदुर वर्ग
सीपी लोहिया
सीपी लोहिया बुधबार, पुस ४, २०८०

बैतडी।
आर्थिक मन्दिको समयमा मजदुरी समेत नपाइरहेका र काम गरेपनि ज्याला नपाइरहेका मजदुरवर्ग महंगीको मारमा परेकाछन् ।

अहिले बजारमा गरिब नागरिकले खाने मोटो चामलको मुल्य प्रतिकेजी ६० रुपयाँ पुगिसकेको छ । अघिल्लो महिना मात्रै प्रतिकेजी ४२ रुपयाँमा पाइएको मोटो चामलको भाउ एकैपटक चुचुरोमा पुगेको हो । भाउ अझै बढ्न सक्ने भएकाले केहि व्यापारीले मोटो चामलमा कृतिम अभाव समेत श्रृजना गरेकाछन् । उनिहरु भाउ बढेपछि मात्रै बेच्ने योजनाका साथ चामल गोदाममै लुकाइरहेका छन् । 

अहिले अन्य चामलको दाँजोमा मोटो चामलको मुल्य एक्कासी बढेको डिलाशैनी गाउँपालिका–०६ गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठ बताउछन् । ‘धनिमानी वर्गले खाने मसिनो चामलको मुल्य वृद्धिको तुलनामा गरिबले खाने मोटो चामलको मुल्यबृद्धि अत्याधिक छ । १ महिना अघिको तुलनामा अहिले १५ रुपयाँले मुल्यवृद्धि हुनु निकै दुःखद पक्ष हो ।’ उनले भने ।

कैलालीको धनगढीबाट आउने चामलको मुल्यमा बैतडीका व्यापारीले प्रतिकेजी ८० पैषा मात्रै नाफा राखेर बेच्ने गरेको व्यवसायी झुपा श्रेष्ठको भनाई छ । आर्थिक संकटको समयमा केहि व्यापारीले कालो बजारी गर्ने नियतले कृतिम अभाव श्रृजना गर्नु दुःखद पक्ष भएको उनको भनाई छ । 

यसरी चामलको भाउ एक्कासी आकासीएपछि सर्वसाधारण नागरिक महंगीको मारमा पर्न थालेको पाटन नगरपालिका –०६ का हरिश भुलले बताए । ‘दिनभरी मजदुरी गरेर साँझपख २केजी चामल बोकेर घर पुग्ने मजदुरको छाक महंगीले खोस्दै गएको छ । रोजगार केहिपनि छैन्, कसैले घर निर्माण गरेमा वा कुनैपनि काम खुलेमा त्यसैमा कष्टकर काम गरेर भएपनि छाक टार्ने मजदुरले कामै पाएका छैनौँ, कतै काम गरेपनि उधारोमा काम गर्नुपर्ने बाध्यता छ ।’उनले भने ।
देशमा आएको आर्थिक संकटको प्रत्यक्ष प्रभाव मजदुरवर्गमा पर्ने गरेको दशरथचन्द नगरपालिका दशरथचन्द नगरपालिका –०८का केशव राम टमाटाको भनाई छ । ‘कोरोना बेला मजदुरवर्ग, अन्य कारणले आर्थिक मन्दि हुदाँ मजदुर वर्ग सबै संकटमा हामीलाई नै समस्या पर्छ, बरु ठुलाबडाको काम चलेकै होला, मजदुरको पीडा कसले सुनिदिने ?’उनले भने ।

No description available.

आर्थिक उपार्जनको बाटो बन्द भएको समयमा गरिबका ढाड सेक्नेगरी भएको मुल्यवृद्धि रोकिनुपर्ने सामाजिक अभियन्ता रमेश कोलीको भनाई छ । ‘यस्तो बेला सरकारले सुपथ मुल्य पसल खोल्नुपर्ने, केहि सहुलियत दिनुपर्ने हो, त्यो नुहदाँ मजदुरलाई झै समस्या भएको छ ।’ उनले भने ।  

अहिले बैतडीका बजारमा प्याजको भाउ १सय ५० देखी १सय ८० रुपयाँ रहेको छ । व्यापारी पिच्छे नै सामानको मुल्य निर्धारण भएको पाइन्छ । मुल्य कायम गर्ने सरकारी निकाय नै नहुने गरेको सरकारी अधिकारी बताउछन् । 

बैतडी लगायत सुदूर पहाडमा चामल आउने प्रमुख सहर कैलालीमा किन एक्कासी खाद्यान्नको मुल्य बृद्धि भएको ? भन्ने प्रश्नमा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल भन्छन्, ‘मुल्य निर्धारण गर्ने सरकारी निकाय होइन्, व्यवसायीले बजारमा सामानको उपलब्धताको आधारमा मुल्य निर्धारण गर्छ, सोही अनुसार मुल्य निर्धारण भएको हो, खाद्यान्य र तरकारीको पनि मुल्य निर्धारण व्यवसायीकै हातमा छ ।’ 

मोटो चामलको भाउ आकासीनुने बिषय भारतीय बजारमा निर्भर रहेको व्यापारी बताउछन् । दशरथचन्द नगरपालिका–०२ देहिमाण्डौका व्यापारी धन बहादुर क्षेत्रिले भने, ‘भारतमा भइरहेको चुनाव अघि पार्टीका एजेण्डामै उताको मुल्यवृद्धि रोक्ने कुरा थियो, त्यसकारण भारतको चामल नेपाल आउन दिइएन्, यताको उत्पादनले धान्न सकिदैँन् मोटो चामलको बिषय पुर्ण रुपले भारतीय बजारमा निर्भर भएकाले भारतबाट चामल भित्रिदाँ नै महंगोमा आउने गरेको छ ।’

No description available.


प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्