Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सुर्नया–२मा वर्षाैँदेखि टहरामुनी पढ्दै बालबालिका
बैतडीको सुर्नया–२मा वर्षाैँदेखि टहरामुनी पढ्दै बालबालिका
सुरेश महरा
सुरेश महरा आइतबार, पुस ८, २०८०

काठ र जस्तापाता प्रयोग गरि निर्माण गरिएको यो अस्थायी टहरा हो सुर्नया गाउँपालिका २ स्थित पत्ताल भुमेश्वर आधारभुत विद्यालयको । यो टहरामाुनी ३ साँघुरा कोठा छन् । जहा शिसुसहित एक कक्षादेखि पाँचसम्मका विद्यार्थीहरु बस्छन् । यतिमात्रै होइन, कक्षा सञ्चालन भइरहेकै कोठामा कार्यालय पनि छ । कार्यालयमा फर्निचरको नाममा एक टेबलबाहेक केही छैन ।
‘विद्यालयको भौतिक सम्पती भनेको यही टहरा नै हो, एउटै कोठामा तीन कक्षाका विद्यार्थीहरुलाई राखेका छौँ, विद्यालयका प्रद्यानाध्यापक दिपा बिष्ट भन्छिन्, ‘कार्यालय पनि कक्षा कोठामै छ, पठनपाठनमा निकै समस्या छ,’ । 
हिउदको समयमा विद्यार्थीहरुलाई पठनपाठन गराउन निकै समस्या हुने गरेको शिक्षिका लक्ष्मी बिष्टले बताइन् ।  ‘घाम परेको समयमा त बाहिर घाममा बसाउछौँ, नत्र तीन कक्षासम्म एकै कोठामा राख्नुपर्छ, कोठामा बस्न ठाउँ हुदैन,’ बिष्टले भनिन्, । चिसो पनि सुरु भएकाले विद्यार्थीहरुको पढाई प्रभावित हुने गरेको उनले बताइन् । विद्यालयमा प्रयाप्त शैक्षिक सामाग्री र कक्षा कोठा व्यवस्थापन नहुदा समस्या हुने गरेको छ ।
गाउँमा नजिक विद्यालय नभएपछि २०७२ सालमा स्थानीयहरुले श्रमदानबाट निर्माण गरिएको अस्थायी टहरामै हालसम्म कक्षा ५ सम्मको पढाई हुने गरेको छ । २०७५ सालमा पालिकाबाट विद्यालयले स्वीकृत पाएको थियो । उक्त विद्यालयमा करिब ८६ जना बालबालिका अध्याय गरिरहेको विद्यालयले जनाएको छ । 
कक्षा अनुपातमा भौतिक संरचना मात्रै होइन शिक्षक अभाव पनि रहेको छ । राहात तथा स्थायी वा संघीय अनुदानको शिक्षक नै छैनन् । हाल २ जना गाउँपालिका शिक्षकको रुपमा कार्यरत रहेका छन् भने २ जना शिक्षकलाई निजि विद्यालयले नै निजिश्रोतबाट तलव खुवाउने भन्दै नियुक्त गरेको छ । तर निजि श्रोतका शिक्षकहरुलाई नियमित पारीश्रमिक दिन नसकिएको विद्यालय व्यवस्थापन समितिले बताएको छ । 
२०७२ सालमा स्थापना गरिएको यो विद्यालयको स्वरुप परिवर्तन भएको छैन । स्थापनाकालदेखि हालसम्म भौतिक संरचनाको लागि माग भएपनि कुनै पहल प्रद्यानाध्यापक बिष्टले बताइन् ।  
श्रमदानमा विद्यालयको टहरा निर्माण गरिएको भएपनि थप संरचना निर्माण गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताए । ‘२०७५ सालमा सुर्नया गाउँपालिकाबाट फिल्ड निर्माणको लागि बजेट पाएका थियौँ, त्यसयता केही बजेट आएन,’ अध्यक्ष बिष्टले भने । विद्यालयको भवन निर्माणको लागि बेलाबेला माग गरिएको भएपनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । ‘दुई पटक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि निवेदन पेश ग¥यौँ, गाउँपालिकासँग पनि नियमित माग गर्दै आएका छौँ,’ । 
किमगैर, घर्कटे, ग्वानी, गाडाइजर, सुन्धारन, थालापनी, कुर्कुट्या लगायतका टोलबाट बालबालिकाहरु अध्यायन गर्न उक्त विद्यालयमा आउने गरेका छ्न । साँघुरा कक्षा कोठामा दुई वा दुईभन्दा बढी कक्षाका विद्यार्थीहरुलाई एकै कोठामा बस्नुपर्दा असहज हुने गरेको छ । ‘विद्यालयमा डेस्कबेन्च नै प्रयाप्त छैनन्, साँघुरा कोठामा बस्नुपर्छ, विद्यालयमा शिक्षक समेत छैनन्,’ कक्षा ५ मा अध्यायनरत मनोज मानमती महरले भनिन् । 
चिसोको मौसममा बालबालिकाहरुको पढाई प्रभावित हुने गरेको छ । घाम लागेको समयमा बाहिर बसाउने गरेको भएपनि पानी पर्दा निकै असहज हुने गरेको शिक्षिक पार्वती बिष्टले बताइन् ।
वडा स्तरीय शिक्षा समितिका अध्यक्ष समेत रहेका वडा नं २ का वडा अध्यक्ष, गणेश बहादुर बिष्टले विद्यालयको समस्या सामाधानका लागि आफु सकारात्मक रहेको बताएका छन् । भौतिक संरचना र शिक्षक अभाव रहेको विद्यालयमा वडाबाट आवश्यक पहल चालिने अध्यक्ष बिष्टले बताए । 
उक्त विद्यालयमा आवश्यक रहेको भवन निर्माणको लागि प्रदेश सरकार समक्ष सिफारिस सहित अनुरोध गरिएको गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले जानकारी दिए । ‘योजना छनौटका क्रममा प्रदेश सरकारसमक्ष भवन निर्माणको माग गरिएको छ, पालिकामा अहिले बजेट छैन, आवश्यक शिक्षक दरबन्दीको विषयमा गाउँपालिकाबाट आवश्यक पहल गर्छाैँ,’ अध्यक्ष कुवँरले भने । गाउँपालिकाका विद्यालयहरुमा समस्या सबै ठाउँमा रहेको बताउदै विस्तार सुधारको पहल भइरहेको अध्यक्ष कुवँरले बताए ।  

No description available.


प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्