Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेलौलीमा १५ शैयाको अस्पताल निर्माणका लागि सहजिकरण समिति गठन्, होला त प्रगति? 
मेलौलीमा १५ शैयाको अस्पताल निर्माणका लागि सहजिकरण समिति गठन्, होला त प्रगति? 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, पुस २६, २०८०

बैतडीको मेलौली नगरपालिकामा बन्ने भनिएको १५ शैयाको अस्पतालको लागि आवश्यक समन्वय गर्न नगरपालिकाका सामाजिक विकास संयोजक वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टको संयोजकत्वमा हजीकरण समिति गठन गरिएको छ । वडा नं १ र ७ का वडा अध्यक्ष सदस्य रहने गरी ३ सदस्यीय सहजीकरण समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । 
समितिले वडा सम्बद्ध सरोकारवाला प्रतिनिधिहरुसँग क्रमागत रुपमा छलफल गर्ने जनाएको छ । जग्गादातादेखि सबै राजनितिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीय अगुवासँग यो समितिले अवाश्यक छलफल गर्ने सहजीकरण समितिका संयोजक लोकराज भट्टले बताए । ‘वडा नं १ का वडा अध्यक्ष ज्युले आफ्ना वडाका नागरिक जग्गादाता देखि सबै दलका प्रतिनिधिहरुसँग छलफल गर्नुहुन्छ, वडा नं ७ का अध्यक्ष ज्युले पनि सोही अनुसार छलफल गर्नुहुन्छ, सयुक्त रुपमा पनि  छलफल गर्छाैँ,’ सहजीकरण समितिका संयोजक भट्टले भने । 
औपचारिक रुपमा जग्गादाता र सबै राजनितिक दलका प्रतिनिधिहरुसँग छलफल गर्ने समितिको भनाइ छ । यो समितिले तेश्रो बिकल्प खोज्ने विषयमा पनि छलफल गर्ने जनाएको छ । 
अस्पताल बनाउनुपर्नेमा कार्यपालिका सदस्यहरु सबै सहमत भएकाले अन्तिम निष्कर्समा पुग्नै पर्ने संयोजक भट्टले बताए । नगरपालिकालाई सबैतिरबाट अस्पताल बनाउनै पर्छ भनेर दवाव आएकाले पनि अस्पताल निर्माण प्रक्रिया अघि बढाउनै पर्ने उनको भनाइ छ ।
वडा नं १ र ७ का वडा अध्यक्षले आफु आबद्ध राजिनितक दलसँग पनि समन्वय गरेर यो प्रक्रियामा मजबुद ढंकले सहजीकरण गर्नेमा विश्वसत रहेको सहजीकरण समिति संयोजक भट्टले बताए । दुवै अध्यक्षले एक ठाउँमा बनाउने भन्नेमा सहमती गराएमा आफु स्वीकार गर्न तयार रहेको पनि भट्टको भनाइ छ ।  छलफलमा नयाँ सिराबाट जानुपर्ने स्थिति रहेको उनको भनाइ छ । 
वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले नयाँ सहजीकरण समितिबाट हुने निर्णयलाई अघि बढाउनेबारे कार्यपालिकामा छलफल भएको बताए । मेलौलीमा हालसम्म अस्पताल नबन्नु ठुलो कमजोरी भएकाले अब अस्पताल निर्माणको प्रक्रियामा ढिलाइ गर्नै नहुने उनले बताए । ‘विगतमा सुरुवातमा भएको के हो, सरकारको अवधारणा के हो, कहाँनिर कमजोरी भए, यी सबैबाट पाठ सिकेर, अघि बढ्नुपर्छ, अस्पताल बन्छ भन्नेमा म विश्वस्त छु ।’ अध्यक्ष भट्टले भने । 

Melauli1704946546.jpg
विगतमा भएका अभ्यासरुलाई पनि अनुसरण गरेको छलफल अघि बढाउनुपर्ने वडा नं १ का वडा अध्यक्ष सरद सिंह नेगीले बताए । ‘जग्गा दान गरेपछिका अभ्यासहरुलाई पनि आत्मसाथ गर्नुपर्छ, विगतको कार्यपालिकाबाट भएको निर्णयलाई हेर्नुप¥यो, त्यसपछि भएका प्रक्रियाका सवालमा पनि ध्यान दिनुप¥यो, पहिलेको कार्यपालिका पनि अहिलेको कार्यपालिका जस्तै हो, त्यसबाट पनि केही निर्णय भएका छन््, मन्त्रालयबाट आएको परिपत्रलाई पनि हेर्नुपर्छ,’ उनले भने । 
नगर प्रमुख भीम बहादुर चन्दले अस्पताल निर्माण गर्नको लागि सबैले सहयोग गर्नुपर्ने बताए । ‘सबै पक्षसँग छलफल गर्दैछौँ,  सहजीकरण गरिदिनुप¥यो, जनताले हामिलाई निर्णय गर्ने अधिकार दिएको छ, कार्यपालिबाट निर्णय गर्छाैँ,’ नगर प्रमुख चन्दले भने । 
विगतमा पनि कार्यपालिबाट निर्णय भएका छन् नी ? भन्ने प्रश्नमा नगर प्रमुख चन्दले बिगतमा डिपिआर तयार देखि मन्त्रालयको परिपत्रमै त्रुटी भएको बताए । ‘डिपिआर देखि अन्य कुरामा त्रुटी भएको छ, अब नयाँ ढंकले जानुपर्ने छ ।’ 
के हो मेलौली अस्पतालको बिवाद?, हालसम्म के के प्रक्रिया भए? 
बैतडीको मेलौली नगरपालिका–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्र स्तरवेद्धिगरी १५ शैयाको अस्पताल निर्माणको लागि २०७० सालदेखि विवाद छ । जग्गा हस्तान्तणको बिषय सुरुदेखिको अहिलेसम्म कायमै छ ।  
१५ शैयाको अस्पतालका लागि १५ रोपनी जग्गा आवस्यक पर्ने नितिअनुरुप सुरु देखि नै जग्गा खोजी गर्न थालिएको थियो । केशरपुर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले २०७० देखि अस्पताल निर्माणका लागि आवश्यक पर्ने जग्गा पटक पटक खोजी गरीरहेको थियो । 
केशरपुर स्वास्थ्य केन्द्रमा २०७० असोज ६ गते केशरपुर स्वास्थ्य व्यवस्थापन समितिको बैठकबाट अस्पताल निर्माणका लागि जग्गादाता खोज्ने पहिलो निर्णय गरियो । त्यसपछि २०७० कार्तिक २०, २०७०पुस २० र २०७० पुस २४ गतेगरी थप तीन पटक जग्गा खोज्न बसेको बैठकबाट जग्गा उपलब्ध भएको थिएन । केशरपुर स्वास्थ्य केन्द्र परिसरमै कसैले पनि जग्गा दिन इच्छा देखाएनन् । 
त्यसपछि मेलौली नगरपालिका–१ का स्थानीयहरुले मेलौली–१ बिट्ठेनामा जग्गा उपलब्ध गराएका थिए । सुरुवातमा लगातार चार वटा बैठकमा जग्गा उपलब्ध गराउन नसकेका मेलौली–७ का स्थानीयहरुले बिट्ठेनामै अस्पताल लैजाने भयले तीन महिनापछि २०७१ बैशाखमा १५ रोपनी जग्गा दान गरेका थिए । केशरपुर स्वास्थ्य केन्द्र परिसरकै स्थानीयहरुले जग्गा उपलब्ध गराएका थिए । 
पहिले बिट्ठेनाबसीले जग्गा उपलब्ध गराएको हुनाले मेलौली १ बिट्ठेनामै  अस्पताल निर्माण गर्ने प्रक्रिया अघि बढाइन लागिएको थियो । 
मेलौली–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल निर्माण हुनुपर्ने माग सहित वडा नं ७ बासीले बेला बेला तत्कालिन स्वास्थ्य कार्यालय हुदै स्वास्थ्य मन्त्रालय समक्ष समेत ज्ञापन पत्र पेश गरीरहे । नगरपालिकामा समेत बेला बेला ज्ञापनपत्र सहित ध्यानाकार्षण गरीरहे । 
विवादकाबीच न मेलौली नगरपालिका–१ को बिट्ठेनामा अस्पताल निर्माणको पक्रिया अघि बढ्यो न केशरपुर स्वस्थ्य केन्द्रमै । दुबै ठाउँबाट सोही प्रयोजनको लागि जग्गा दान भइसकेपछि उल्झन सुरु हुदै गयो । २०७१ देखि बिवाद सुरु भएको २०७४ सालसम्म बिवाद कायमै रहेपछि २०७४ फागुनमा स्वास्थ्य मन्त्रालयबाट उक्त बजेट तथा बन्ने भनिएको १५ शैयाको अस्पतालको योजना नै कटौती भयो । 
त्यसपछि तत्कालिन (निवर्तमान) नगर प्रमुख कृष्ण सिंह नायकले स्वास्थ्य मन्त्रालयको योजना साखामा योजना कटौतीको बिषयमा बुझे । जग्गा बिवादकै कारण उक्त योजना कटौती भएको योजना साखाबाट जानकारी पाए । त्यसपछी स्वाथ्य मन्त्रालयले पनि अन्तिम मौकाको रुपमा कार्यापालिकाबाट स्थान छनौटगरी निर्णय गर्न भनियो । तत्कालिन नगर प्रमुख कृष्ण सिंह नायकका अनुसार २०७४ सालको चैत्र २१ गते र २२ गते नगरपालिकाको पूर्ण बैठकबाट बृहत छलफल गरी मेलौली नगरपालिका–१ को बिट्ठेना मै १५ शैयाको अस्पताल निर्माण गर्ने र केशरपुर स्वास्थ्य केन्द्रमा नगरपालिकाबाट एक करोड बजेट बिनियोजन गरी केहि थप संरचना निर्माण गर्नेगरी सहमती जनाइयो । उक्त कार्यपालिका बैठकको निर्णय स्वास्थ्य मन्त्रालयमा पेश गरी बिट्ठेनामै अस्पताल निर्माणको प्रक्रिया सुरु गर्ने तयार थालिएको थियो ।  
यतिमात्रै होइन स्वास्थ्य मन्त्रालयले २०७८ पुस २० गते बिट्ठेनामै अस्पताल निर्माणको लागि डिपिआर गर्न समेत पत्राचार गरेको थियो । मेलौली १ को बिट्ठेनामा अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले डिपिआर स्वीकृत गरी टेण्डर समेत खोल्न नगरपालिकालाई पत्राचार गरीसकेको थियो । नेपाल हेल्थ सेक्टर सर्पाेट पोग्राम (एनएचएसएसपी)ले डिपिआर गरेको क्षेत्र बिट्ठेनामै अस्पतल निर्माणको लगि ठेक्का खोल्न गत २०७९ कार्तिक ६ गते पत्राचार गरेको थियो । तर नगरपालिकाले टेण्डर आह्वान गरेन। दुबैपक्षको विवादका कारण टेण्डर आह्वान गर्न नसकेको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले बताएका थिए । 

Kesharpur s1703731897.jpeg
तत्कालिन समयमा स्थलगत अनुगमन गरेको नापी कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय र जिल्ला मालपोत कार्यालय बैतडीको सयुक्त प्रबिधिक टोलीले गरेको अनुगमनमा केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल बन्नुपर्ने आधार सहित तयार पारेको प्राविधिक प्रतिबेदनमा उल्लेख गरिएको वडा नं ७ बासीको दाबी छ । उक्त प्राबिधिक प्रतिबेदनमा बजार क्षेत्रको पहुँच, खानेपानीको व्यवस्था, सडक पुर्वाधारले छोएको लगायतका आधारमा केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल बन्नुपर्ने भएपनि नगरपालिकाले  निर्णय गर्दा उक्त प्राबिधिक प्रतिबेदनको वास्ता नगरेको वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले  गत वर्ष नै बताएका थिए । सोही दावी सहित वडा नं ७ बासीले बेलाबेला नगरपालिकालाई ध्यानाकार्षण सहित पालिकालाई ज्ञापनपत्र बुझाइरहेका थिए । 
बिट्ठेनाका स्थानीयले अघि नै जग्गादान गरेको र प्रक्रिया समेत अगाडी बढीसकेकाले नगरपालिकाको पूर्ण बैठबाट सहमतीसहित बिट्ठेनामै १५ शैयाको अस्पताल निर्माणको निर्णय गरिएको निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायकले बताउछन् । २०७४ चैत्र २१ र २२ को पूर्ण बैकमा सबै कार्यापालिका सदस्यहरुको रायसुझाजव र सहमतीमा बिट्ठेना मै अस्पताल निर्माण गरीसकेको हुनाले सोहि निर्णयलाई आधार मानी स्वास्थ्य मन्त्रालयले ठेक्का आह्वानको लागि परिपत्र समेत गरेको उनको दाबी छ । 
सुरुवात देखिको जग्गा विवादको बिषय अहिले उत्कर्षमा पुगेको छ । मेलौली नगरपालिका वडा न १ बिट्ठेनाबासीहरुले केशरपुर स्वस्थ्य केन्द्रलाई स्तरोउन्नती गर्ने र नयाँ बन्न लागेको १५ शैयाको अस्पतालको प्रक्रिया बिट्ठेनामै बन्नुपर्ने भनाई राख्दै आएका छन् । 
पुरानो केशरपुर स्वास्थ्य केन्द्र स्तरबृद्धीको योजना भएको र उक्त ठाउँमा जमिन समेत उपलब्ध गराइसकेको हुनाले केशरपुरमै १५ शैयाको अस्पताल बन्नुपर्ने वडा नं ७ बासीको भनाइ छ । 
बिभिन्न सम्भाव्यता अध्ययनबाट समेत २०१६ सालमा स्थापना भएको केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल निर्माण गर्नुपर्ने आधार देखाएकाले केशरपुरमै अस्पताल निर्माण हुनुपर्ने वडा नं ७ का दाबी रहने गरेको छ । बिट्ठेनामा दान गरिएको जमिन एकलौटी नभई टुक्राटुक्रा गरी दान गरिएको र नजिकै ठुलो क्षेत्रफलमा सरकारी जमिन रहेको उनीहरुको दाबी छ । 
दुबै क्षेत्रका स्थानीयहरुले आ–आफ्नै दाबी राखीरहेका कारण गत वर्ष पालिकामा आन्दोलन र झैझगडाको स्थिति समेत भएको थियो । दुबै पक्षले सडक अबरुद्ध पार्ने, तालाबन्दी गर्ने र झडपको समेत स्थिती आएको थियो । २०७९ पुस ७ गते भएको झडपमा परी करिब ३५ जना घाइते भएका थिए । लगातारको आन्दोलनका कारण नगरपालिकाले पनि स्वास्थ्य मन्त्रालयले बिट्ठेनामै अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्न जारी गरेको परिपत्र कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका तत्कालिान प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले बताएका थिए ।


प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्