Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • "पीडा माथी पीडा"
"पीडा माथी पीडा" बुवा कलिलैमा चट्याङले बिते, टुहुरा अभिषेक जलेर गम्भीर घाइते, उपचार खर्चको अभाव
सीपी लोहिया
सीपी लोहिया बिहीबार, माघ ४, २०८०

बैतडी ।
गोकुलेश्वर स्थीत पोलिक्लिनिकको गेटमा निन्याउरो अनुहारमा भेटिए ७० बर्षिय हरी लुहार । राम्ररी आखाँ नदेख्ने उनको मनभरी पीडा थियो । ३ बर्षअघि उनका छोरा महेशको चट्याङ लागेर अकालमै ज्यान गएको थियो । त्यो पीडा भुल्न नसक्दै अर्को पीडा थपियो । ७ बर्षका नावालक नाती ‘अभिषेक’ जलेर गम्भीर घाइते भई अस्पतालको बेडमा छट्पटी रहेका थिए ।

अस्पतालभित्र पुग्दाको दृष्य झनै दर्दनाक थियो । २७बर्षीय एकल महिला शान्ती लुहार उनकी देउरानी, नन्द र देवर सुरेश रोइरहेका थिए । अझ सधैभरी आफुभन्दा ठुला मान्छेहरु भेट्दा ‘नमस्ते हजूर’ भन्दै आदरपुर्वक गफगर्न खप्पीस ७बर्षीय अभिषेक लुहार त डाँको छोडेर रुदैँ ‘ऐया बाबा...मरे बाबा...’ भनिरेका थिए । उनको सरीर जलेर छाला खुइलिएको थियो ।  

बेलाबेलामा ‘बुवा...’ भन्दै रोइरहेका अभिषेकका बुवाको भने तिनबर्ष अघिनै चट्याङ लागेर मृत्यु भइसकेको छ । दुहुनो भैँसी किनेर ल्याउन भन्दै छिमेकी धामीगाउँ गएका अभिषेकका बुवा महेशको २९बर्षको उमेरमा चट्याङ लागेर मृत्यु भएको थियो भने, उनले ल्याएको भैसीपनि मरेको थियो ।

बैतडीकोे डिलाशैनी गाउँपालिका वडा न.५ बिनाबत्थीका ७ बर्षीय बालक अभिषेक लुहार जलेर घाइते भएका हुन् । गाईबस्तुका लागि पकाएको कुडोमा परेर घाइते भएका उनको उपचारमा आर्थिक समस्या भएको छ ।

पतिको सानै उमेरमा मृत्यू भएको र घरका सबैजना बेरोजगार रहेकाले छोराको उपचारमा समस्या भएको अभिषेककी आमा शान्ती लुहारले बताइन् । “तीन बर्षअघि ७० हजार रकममा किनेको भैसी र मेरा पतिको चट्याङका कारण एकै चिहान भएको हो, ज्याला मजदुरी गरेर गुजारा गर्दैआएको परिवार हो । पतीको मृत्यूपछि दैनिक छाकटार्न समस्या भएको छ, मेरो एकै छोरा हो, उसैको मुख हेरेर बसेकी थिएँ, अहिले उसकोपनि पुरै शरीर जलेर हेर्नै डर लाग्दो भएको छ पीडामाथी पीडा थपिएको छ, छोराको उपचारगर्न एकपैषा छैन् ।” शान्तीले भनिन् । 

जलेका व्यक्तिहरुको स्थानिय स्वास्थ्य संस्थामा भरपर्दो उपचार नहुने र टाढाका अस्पताल लैजान आर्थिक अभाव भएको अभिषेकका काका सुरेशले बताए । “हामीसंग उपचार खर्च छैन्, कतैबाट ऋणपनि पाइदैँन्, दाईको मृत्यु हुनुअघि उहाँले नै परिवारको गुजारा चलाउनु भएको थियो । अहिले मजदुरी गरेर जिवन चलाउछौँ तर यो ठाउँमा मजदुरीपनि सबैबेला पाइदैँन्, बालकको उपचार कसरी गर्ने केहि सोच्नै सकेका छैनौँ ।” उनले भने ।

शनिबार कुडोमा परेर जलेका बालक अभिषेकको गोकुलेश्वर दार्चुला स्थीत पोलिक्लिनिकमा प्राथमिक उपचार गरिएको छ । प्राथमिक उपचार खर्च समेत नभएपछि वडाअध्यक्ष यज्ञराज भट्टले आर्थिक सहयोग गरेकाछन् । गाउँपालिका प्रवक्ता समेत रहेका वडाअध्यक्ष भट्टले गाउँपालिकाबाट एम्वुलेन्सको व्यवस्थाको पहल गरिदिएको बताए । 

गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशीले पालिकाबाट उपचारमा धेरथोर आर्थिक सहयोग गरिने भएपनि तत्कालका लागि आवश्यक उपचार गराउन सुझाव दिए । अभिषेकको जलेर हात तथा पेटको छाला खुइलिएको छ ।

00011705539265.jpgपरिवार पाल्ने छोराको चट्याङबाट मृत्यु र नाती जलेर घाइते भएपछि ७० बर्षिय हरी लुहार पीडामा परेकाछन् । गाउँमा ‘आरन व्यवसाय’ चलाएर बसेका हरी आफ्नो पीडामाथी पीडा थपिएको सुनाउछन् । “गाउँलेहरुका भाडाँकुडाँ निर्माण र मर्मतको काम गरेर दैनिक छाकटार्न पुग्दैन्, विगतमा छोराले खच्चर चलाएर जिविकोपार्जनको व्यवस्था भएको थियो । परिवारको साहाराको रुपमा रहेको छोरा अकालमै बितेपछि दुःखका दिनहरु चल्दै गए । अहिले नावालक नातीको पुरै शरीर जलेको छ । कसैले हामी गरीवलाई उपचारका लागि आर्थिक सहयोग गरिदिएमा आभारी हुनेथियौँ, उनकै गुणगान गाउँने थियौँ ।” हरीको दुखेसो छ, “हामी गरिवको पीडामा कसले मलम लगाइदेला ?” उनले सहयागी दाताहरुलाई अभिषेकको उपचारमा आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

 


प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०६:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्