Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका पाँचवटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसनद्वारा न्यानो लुगा वितरण
बैतडीका पाँचवटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसनद्वारा न्यानो लुगा वितरण
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, माघ ५, २०८०

बैतडी, 
बैतडीका ५ वटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसन नेपालले न्यानो लुगा वितरण गरेको छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान, विद्यार्थीहरुलाई प्रोत्सहान भन्ने अभियानका साथ बोधीसत्तो बिहारको आर्थिक सहयोग र कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा न्यानो लुगा वितरण गरिएको हो । 

Surnay 31705636608.jpg
बैतडीको सिगास गाउँपालिकाका–१ स्थित भुमिराज स्वामी आधारभूत विद्यालय, वडा नं २ को कैलपाल आधारभूत विद्यालय, पाटन नगरपालिका –१० को सरस्वती मावि र ब्रहम आधारभूत विद्यालय तथा सुर्नया गाउँपालिका–३को बाशुदेव आधारभूत विद्यालयमा अध्यायनरत बालबालिका र सेवा क्षेत्रभित्रका ज्योष्ठ नागरिकहरुलाई न्यानो लुगा स्वीटर र ज्याकेट वितरण गरिएको फाउन्डेसनका संस्थापक अध्यक्ष डा. दिल बहादुर तामाङले जानकारी दिए । कीप नपालको सहकार्यमा विद्यालय भवन सञ्चालन भइरहेको विद्यालय सेवा क्षेत्रका बालबालिका र बृद्धबृद्धाहरुलाई न्यानो लुगा वितरण गरिएको उनले बताए । 

No description available.
कान्छीमाया तामाङ फाउन्डेसनका संस्थापक डा. दिल बहादुर तामाङ, कीप नेपालका संयोजक तारादत्त जोशी, पाटन–१० स्थित सरस्वती माविका विव्यस अध्यक्ष  धर्मराज भट्ट लगायतको टोलीले न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न गरेको हो । बिहिबार सुर्नया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवँरको प्रमुख आतिथ्यतामा वडा नं ३ स्थित बाशुदेव आधारभूत विद्यालयमा न्यानो लुगा वितरण गरिएको थियो । 

Surnaya 31705636648.jpg
त्यसैगरी बुधबार सिगास गाउँपालिका–२ स्थित कैलपाल आधारभूत विद्यालयमा सिगास गाउँपालिका उपाध्यक्ष धाना धामीको प्रमुख आतिथ्यतामा न्यानो लुगा वितरण गरिएको थियो । सोहीदिन पाटन–१० स्थित ब्रहम आधारभूत विद्यालयमा वडा अध्यक्ष धन बहादुर कुवँरको प्रमुख आतिथ्यतामा न्यानो लुगा वितरण गरिएको हो । 

samman1705637070.jpg
बैतडीमा ३७४ बालबालिकाहरुलाई र १८६ ज्येष्ठ नागरिकहरुलाई ज्योकट तथा स्वीटर वितरण गरिएको फाउन्डेसनले जनाएको छ । चिसो मौसममा न्यानो लुगा पाउदा बालबालिका र बृद्धबृद्धा खुसी भएका छन् । 

hatas broddaovo1705636741.jpg
यस फाउन्डेसनले दलित, असहाय, गरिब जेहेनदार तथा अनाथ बालबालिकाहरुलाई पढाउने काम पनि गरिरहेको छ । यसैगरी ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना पनि गर्दै आएको छ । यस वर्षको हिउँदमा बैतडी  सहित डोल्पा सरलाही लगायतका क्षेत्रमा न्यानो लुगा तथा कम्बल वितरण गरेको छ । 

Swagat1705637109.jpg
न्यानो लुगा वितरण कार्यक्रममा पाउन्डेसका सञ्चालक तामाङ, कीप नेपालका संयोजक तारादत्त जोशी लगायतको टिलाई विद्यालयहरुमा छनिया नाचका प्रदर्शन सहित भव्यताका साथ स्वागत गरिएको थियो । 

Chhaliya Swagat1705636833.jpg
२०७२ सालको भुकम्पमा पनि सरकारलाई १२ लाख आर्थिक सहयोग गरेको फाउन्डेसनले कोरोनाकालमा पनि देशका विभिन्न ठाउँमा स्वास्थ्य चेकजाच कार्यक्रम र स्वास्थ्य शिविरको आयोजना गरेको थियो । यसैगरी गत कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परी प्रभावित नागरिकहरुलाई पनि राहातका कार्यक्रम गर्दै आएको संस्थापक डा. दिल बहादुर तामाङले बताए । 

No description available.
डा. दिल बहादुर तामाङ एमबिबिएस अध्यायनका क्रममा सडक दुर्घटनामा परी आमा कान्छीमाया तामाङको निधन भएपछि, दिल बहादुरले उनको नामबाट फाउन्डेसन स्थापना गर्दै समाजिक परोपकारको काम गर्दै आएका छन् । करिब ११० जनालाई यस फाउन्डेसनले अध्यायन गराइरहेको छ । यसैगरी नशुल्क स्वास्थ्य उपचारको लागि भन्दै अस्पताल निर्माण गरिरहेको छ । केही स्थानीय तहहरुलाई एम्बुलेन्स पनि उपलब्ध गराएको छ ।

 

No description available.
No description available.


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्