Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–१०को स्वास्थ्य चौकीमा कास नियुक्तीको विषयमा विवाद, छानबिनको माग
पाटन–१०को स्वास्थ्य चौकीमा कास नियुक्तीको विषयमा विवाद, छानबिनको माग
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, माघ १६, २०८०

बैतडीको पाटन नगरपालिका–१० स्थित सिद्धपुर स्वास्थ्य चौकीमा कार्यालय सहयोगी÷स्वीपर पदमा नियुक्त गरिएको कर्मचारीको बारेमा छानविनको माग गरिएको छ । २०८० साउनदेखि काम गर्दै आएकी चन्द्रा भट्टले हालै नयाँ स्वीपर नियुक्तीको विषयमा छानबिनको माग राख्दै निवेदन दिएकी हुन् । 
गत साउन ६ गतेदेखि काम गर्दै आएको उल्लेख गर्दै यस अवधिको पारीश्रमिक समेत उपलब्ध नगराएको निवेदनमा उल्लेख गरिएको छ । चन्द्रालले पनि बिना नियुक्ती काम गरिरहेको पाएइको छ । 

Hajir1706603652.jpg

२०८० साउन ५ गते कार्यालय सहयोगी धाना भट्टले पदबाट राजिनामा दिएपछि पद रिक्त रहेको थियो । त्यसको भोलीपल्ट(२०८०÷४÷६)देखि स्वयमसेविका समेत रहेकी चन्द्रदेवि भट्टले काम गरेको देखिएका छ । उनले बिना नियुक्ती लगातार काम गरी हाजिर लगाउदै आएको पाइएको छ । त्यसपछि २०८० मंसिर १३ गते बसेको स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले चन्द्रालाई सोही पदमा व्यवस्थापन गराइदिन कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको खुलेको छ । 

Baithak fnl1706603682.jpg

Nirnaya1706603736.jpg

“चन्द्राले २०८०÷४÷६ गतेदेखि हालसम्म कामकाज गरिराखेको र कामकाज सन्तोषजनक  गरिराख्नु भएकाले निजलाई नै यस कार्यालयमा स्वीपर पदमा व्यवस्थापन गराइदिन कार्यपालिकालाई अनुरोध गर्ने निर्णय सर्बसम्मतबाट पारित गरियो ।” निर्णयमा भनिएको छ ।  
मंसिर ८ गते सो निर्णय गरिएपछि  पुष ४ गते पाटन नगरपालिकालाई सो निर्णयको जानकारी गराइरहेको छ । तर नगरपालिकाले उक्त पदमा विज्ञापन आह्वान गरेको थियो । माघ १४ गतेको परीक्षाबाट सफल नभएकी चन्द्र बैकल्पीक उम्मेदवारको सुचिमा राखिएको छ । उक्त बिज्ञापनबाट माया भट्ट नियुक्त भएकी छन् ।
त्यसपछि सोमबार चन्द्राले उक्त परीक्षाको विषयमा छानबिनको माग गर्नै न्यायिक समितिमा निवेदन पेश गरेकी छन् । २०६६ सालदेखि स्वयमसविकामा कार्यरत रहेको र यसअघि  पनि काम गर्दै आएको दावी गरेकी छन् ।  

nibedan1706603773.jpg


नगरपालिकाले सञ्चालन गरको यो परीक्षाको विषयमा छानबिनको लागि चन्द्रा भट्टले नगरपालिकाको न्यायिक समितिमा निवेदन पेश गरेकी हुन् । 
आफुलाई यसअघि स्वास्थ्य चौकी व्यवस्थापन समितिले काममा लगाएको र साउनयताको पारीश्रमिक समेत उपलब्ध नरगाएको निवेदनमा उल्लेख गरेकी छन् ।
यसअघि स्वयमसेविकाको रुपमा कार्यरत रहेको र कामकाज गरिरहेको अवस्थामा आफुलाई हटाउन प्रपन्च रचेको निवेदनमा उल्लेख गरेकी छन् । नगरपालिबाट न्याय नपाएको अवस्थामा जिल्ला प्रशासनमा निवेदन दिने चन्द्रा भट्टका श्रीमान लक्ष्मीदत्त भट्टले बताए । 
तर पाटन नगरपालिकाको प्रशासन साखाका अनुसार स्वास्थ्य चौकी व्यवस्थापन समितिले गरेको निर्णयमा नै त्रुटी देखाएको छ ।  
“फलानो कर्मचारीलाई व्यवस्थापन गर भनेर समितिले निर्णय गर्न पाइदैन, तर रिक्त रहेको उक्त पदमा विज्ञापन आह्वानको माग गर्नेबारे निर्णय गर्न पाइन्छ,” प्रशासन श्रोतले भन्यो । 
यस विषयमा वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धन बहादुर कुवँरले आफुहरुले नियुक्त गर्ने निर्णय नगरेको र व्यवस्थापनका लागि मात्रै निर्णय गरेको बताए । चन्द्राले हाजिर लगाइरहेको विषयमा गरिएको प्रश्नमा अध्यक्ष कुवँरले भने, ‘हाजिर लगाएको विषय मलाई सोध्ने विषय होइन, इन्चार्जलाई सोध्ने विषय हो,’ उनले भने ।  
स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट कार्यालय सहयोगीको रुपमा राख्ने भनिएको र उनले काम गर्न आउदा हाजिर लगाउनु स्वभाविक भएको स्वास्थ्य चौकी इन्चार्ज महेन्द्र बोहराले बताए ।


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्