Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः३० वर्षदेखि ओढारको बास,एकसरो लुगा छैन,कसैले दिए खाइन्छ,नत्र भोकै
बैतडीः३० वर्षदेखि ओढारको बास,एकसरो लुगा छैन,कसैले दिए खाइन्छ,नत्र भोकै
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, माघ १७, २०८०

बैतडी, 
हेर्दा डरलाग्दो टोपी खस्ने भीर, भीरको माथिल्लो चुचुरोमा छ ढुंगाको ठूलो ओढार । त्यहीँ ओढारमा बिगत ३० वर्षदेखि बस्दै आएका छन्, मेलौली नगरपालिका–३ ढणौनका नर बहादुर चन्द । सामान्य मानिसले सहजरुपमा हिड्न र बस्न नै नसक्ने अवस्थाको ढणौन गाउँ नजिकैको ढुंगाको ओढारमा चन्द बिगत ३ दशकदेखि बस्दै आएका छन् । आढारभित्र कुच्चिएका स्टील तथा प्लाष्टिकका भाडाकुडा र छोडेर फालेका झुत्रिएका लुगा बाहेक केही छैन । 
आफुलाई ६४ वर्ष बताउने चन्दको मानसिक अवस्था सुस्त छ । आमा÷बुवाको मृत्यु भएदेखि नै चन्द त्यहीँ ओढारमा बस्दै आएका स्थानीय बताउछन् । 
एक्लो सन्तानको रुपमा रहेका चन्द बाल्यकालमै बुवासँग भारत गएका थिए । भारतमा रहेका बखत एक्कासी बेपत्ता भएका चन्द ३५ वर्षपछि घर फर्किए । मानसिक अवस्था सुस्त भएका चन्द घर फर्किएको केही समयपछि आमाबुवा गुमाएका चन्दले त्यसपछी घरमा बस्न छोडे । अहिले ६४ वर्ष उमेर बताउने उनि ओढारमै बस्छन् ।  
छरछिमेकीको दाउरा बोक्ने, सरसामान ओसार्ने लगायतका सक्दो अनुसारको काम गरी बेलुका चामल किनेर ओढारमा फर्किने गरेका छन् । गाउँमा मानसिक सन्तुलन गुमाएका भनिएपनि उनमा त्यस्तो लक्षण खासै केही देखिदैन । 
एकसरो लुगा समेत नरहेका उनि दिनैभर गाउँलेहरुको दाउरा बोकेर खाद्यान्नका सामान किनेर फर्किने गरेको बताउछन् । उनि भन्छन्, ‘एक्लाको हातबाट घर बन्दैन, कसरी घरमा बस्ने ?’ ओढारमा बस्दा निकै चिसो हुने गरेको उनि बताउछन् । ‘साँझपख हावाहुरी चल्छ, पछि  निकै चिसो हुन्छ, पानी परेको समयमा बस्नै सकिन्न, लुगा छैन ।’
दिनैभर गाउँ चाहारेर बेलुका ओढारमा फर्किने चन्द अधिकांश रात भोकै बित्ने गरेका छन् । ‘दिनदिनै कहाबाट पकाउने? कसैले पैसा दिएपछि किन्छु, अन्न सागपात दिए ल्याएर पकाउछु, नत्र  भोकै सुत्छु,’ उनि भन्छन् । चन्दलाई केही प्रश्न गर्ने क्रममा सहजै छोटो जवाफ दिने गरेका छन, भने प्रसंग बोडेर छुट्टै कुरा गर्ने पनि गर्ने गरेका छन् । 
कुनै स्थानीयलाई कुट्ने, झम्टने, चोरी गर्ने लगायतका कुनै पनि अवान्छित काम नगर्ने गरेको भतिजा समेत रहेका पंकज चन्दले बताए । घरमा बस्नको लागि धेरै प्रयास गरिएको भएपनि नमान्ने गरेका भतिजा पंकज बताउछन् । ‘हामिले घरमा बस्नु भनेर धेरै आग्रह ग¥यौँ, तर मान्दैनन् ।’ 
कुनै दातृ निकाय र संघसंस्थाद्धारा उपचार गराउन सके निको हुने विश्वास गरिएको वडा सदस्य समेत रहेका आफन्त शेर बहादुर चन्द बताउछन् । ‘एकोहोरो दिमाक चल्छ, दयनिय अवस्थामा बस्दै आएका छन्, तिनलाई घरमा राख्ने हरसम्भव प्रयास गरिएको हो, तर सकिएन, केही संस्था र दातृ निकायले सहयोग गरेमा निको हुन्थेकी भन्ने लाग्छ,’ वडा सदस्य चन्द भन्छन् । घर परिवारका एक्ला सदस्य भएकाले आर्थिक अभावमा उपचारका लागि लैजान नसकिएको समेत चन्दले बताए ।


 


प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्