Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गाजरी सडक बन्दको १० दिनःगाउँपालिका अध्यक्ष भन्छन, ‘भन्ने वितिकै हुदैन, प्रक्रिया अनुसार हुने हो’ 
गाजरी सडक बन्दको १० दिनःगाउँपालिका अध्यक्ष भन्छन, ‘भन्ने वितिकै हुदैन, प्रक्रिया अनुसार हुने हो’ 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, फागुन १८, २०८०


बैतडीको सिगास गाउँपालिका वडा नं १ र २ लाई गाउँपालिकाको केन्द्र गर्जेसम्म सडक विस्तारको माग गर्दै आन्दोलन सुरु भएको १० दिन भइसकेको छ । दुदीलाखान–गाँजरी सडक अबरुद्ध पारिएको छ । 
दुदीलाखान–कुर्चेनेटा– गर्जे सडक संघर्ष समितिले फागुन ८ गते दुदीलाखान देखि गाजरी जोड्ने सडक अबरुद्ध पारेका थिए ।  
जिल्लास्तरीय अनुगमन समितिले वडा नं १ र २ लाई गाउँपालिकाको केन्द्र गर्जेसम्म जोड्नको लागि उपयुक्त सडकको विषयमा अनुगमन गर्ने र पतिवेदन बुझाउने सहमती बमोजिम जिल्लास्तरीय अनुगमन समितिले प्रतिवेदन ल्याउन ढिलाई गरिएको भन्दै फागुन ८ गतेदेखि सडक अबरुद्ध पारिएको हो । 
पहिलो पटक पुस १६ गते सडक अबरुद्ध पारेका थिए । त्यसपछि पुस २० गते पाटनमा छलफल भई लगत्तै जिल्ला समन्वय समिति र प्रशासनको नेतृत्वमा अनुगमन गर्ने र १५ दिनभित्रै जिल्लास्तरीय अनुगमन समितिले प्रतिवेदन पेस गर्ने निर्णय गरिएको थियो । 
त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको नेतृत्वमा वडा नं १ र २ बाट गाउँपालिकाको केन्द्र जोड्ने सडकको विषयमा अनुगमन गरिएको थियो । त्यसैगरी उक्त समितिले प्रविधिक टोलीलाई अनुगमन गराउने र उपयुक्त सडक तथा क्षतिको विवरण सहितको प्रतिवेदन तयार पार्ने योजना अघि सारेको थियो ।  तर अनुगमनमा जिल्लस्तरको प्राविधिक टोलीले ढिलाई गरेको थियो । 
जिल्लास्तरीय अनुगमन समितिले एक महिनासम्म पनि प्रतिवेदन नल्याएको भन्दै संघर्ष समितिले फागुन ४ गते पुनः दुदीलाखान देखि गाजरी जोड्ने सडक फागुन ८ गतेदेखि अबरुद्ध पार्ने चेतावनी सहितको विज्ञप्ती जारी गरेको थियो । 
घोषणा अनुरुप फागुन ८ गते सडक अबरुद्ध पारेको भोलीपल्ट(फागुन ९ गते) भौतिक पुर्वाधार कार्यालयका इन्जिनियर नरेश भुलको नेतृत्वमा डिभिजन वन कार्यालयका प्रतनिधि लगायतको टोली आएको थियो । तर उक्त प्राविधिक टोलीले दुदीलाखान देखि गाजरी जोड्ने सडक अबरुद्ध पारेको र आफुहरुलाई जान नदिएको भन्दै फर्किएको थियो । यस विषयमा संघर्ष समितिले ४ गते नै बन्दको घोषणा गरेको भएपनि ८ गतेअघि नै आउनुपर्ने तर बन्द भइसकपछि आएको र यो हामिहरुलाई जिल्लाको टोलीले जुधाउन खोजेको धारणा राखेका छन् । 
सडक निर्माणको काम सुरु नहुन्जेलसम्म बन्द नखोल्ने संघर्ष समितिको अडान छ । यतिमात्रै होइन संघर्ष समितिले सडक निर्माण प्रक्रिया अघि नबढे वडा नं १ लाई सुर्नया वा पाटनमा गाभ्न माग गरेका छन् । 
बिहिबार बिन्द्रबनमा भएको छलफलमा समेत संघर्ष समितिका संयोजक पवन चन्दले सडक निर्माणको काम सुरु नहभएसम्म सडक खोल्न नसकिने समेत बताए । वडा कार्यालयमा रहेको ताला खाल्ने विषयमा पनि आफुहरुको आन्दोलन कमजोर हुने भन्दै ताला खोल्न पनि नसकिने उनको अडान थियो । 
वडा अध्यक्ष रामचन्द्र ऐरले समेत सडक निर्माण प्रक्रिया अघि बढ्नुपर्नेमा आफ्नो धारणा पहिले देखि  नै रहेको बताएका थिए । तर आन्दोलनको क्रममा वडा कार्यालयमा लगाइको ताला खोल्नुपर्नेमा उनको धारणा थियो । तर संघर्ष समितिले आन्दोलन कमजोर हुने भन्दै ताला खोल्न चाहेन । 
फागुन ८ गतेदेखि लगातार सडक बन्द भएपछि गाजरी बजार सुनसान बनेको छ । वडा नं १, २ र ३ का स्थानीयहरुको पहुँचमा रहेको यो बजारमा आहिले दैनिक उपभोज्ञ खाद्यान्नका सरसामानको अभाव हुने स्थिति आएको व्यापारीहरुको भनाइ छ । 
गाउँपालिका अध्यक्ष हरि सिंह धामीले आन्दोलनकर्ताहरुले एकलौटी ढिपि गरेको बताएका छन् । जिल्लाको टोलीलाई काम गर्न नदिएर के गर्न खोजेका हुन? अध्यक्ष धामीले प्रश्न गरे, ‘तीनीहरुले सडक चाहेका हुन की के चाहेका हुन्?,’  गाउँपालिका अध्यक्ष धामीले आन्दोलनरत पक्षले भन्ने बितिक्कै केही नहुने समेत बताए । ‘सबै कुराको प्रक्रिया हुन्छ, आन्दोलनरत पक्षले जिल्लाको प्राबिधिक टोलीलाई अनुगमन गर्न दिएन, तिनीहरुले भन्ने वितिक्कै कसरी हुन्छ?’ 
‘जिल्लामा प्राविधिक टोली गठन गरिएको छ, लागत कति लाग्ने, हानि नोक्सानीको विषयमा  के हुने? लगायतका विषयमा मुल्याङ्कन गर्ने सहमती बनेको छ’ अध्यक्ष धामीले भने । ‘उक्त समितिलाई काम गर्न नदिने कस्तो खालको आन्दोलन हो,’ अध्यक्ष धामीको भनाइ छ ।   
जिल्लामा पनि एक सहमती भएको गाउँपालिका अध्यक्ष धामीले बताए । तल्लो सडक प्रदेशले बनाउने मल्लो सडक पालिकाले बनाउने जिल्लमै सहमती भएको अध्यक्ष धामीको भनाइ छ ।
प्रक्रियागत काम गर्नको लागि समय लाग्ने भएकाले यस विषयमा आन्दोलनकारीहरुले सहयोग गर्नुपर्नेमा उनको जोड छ । 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्