Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेलौलीमा १५ शैया अस्पताल विवादः नगरपालिकाका बिरुद्ध अदालतमा मुद्वा दयार
मेलौलीमा १५ शैया अस्पताल विवाद मेलौलीमा १५ शैया अस्पताल विवादः नगरपालिकाका बिरुद्ध अदालतमा मुद्वा दयार
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, चैत १२, २०८०

बैतडी, 
बैतडीको मेलौली नगरपालिकाका बिरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगरमा मुद्धा दायर गरिएको छ । १५ शैयाको अस्पताल निर्माणको  विषयमा पालिकाका बिरुद्ध मुद्धा दयार गरिएको हो । 
वडा नं १ को बिठ्ठेनाका जग्गादाताहरुले नगरप्रमुखसँगै नगरपालिका र केशरपूर अस्पतालका बिरुद्ध मुद्धा दायर गरेका हुन् । मेलौली नगरपालिकाले अस्पताल बनाउन नचाहेको र नगरप्रमुखसँग यस विषयमा जानकारी माग्दा अस्पताल बनाउन नचाहेको जस्तो आयस देखिएको उल्लेख गर्दै मुद्धा दयार गरिएको छ । यसअघि पनि बिठ्ठेनामा अस्पताल बनाउन भन्दै मन्त्रालयले पत्र पठाएको भएपनि कुनै सुनुवाई नभएको हुनाले अस्पताल निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ । 
अदालतले नगरपालिका र केशरपुर अस्पतालका बिरुद्ध १५ दिनभित्र कारणसहितको जवाफ मागेको छ । फागुन २३ गतेनै अदालतले १५ दिनभित्र जवाफ दिन भनेको थियो । तर नगरपालिकाले  १५ दिन हदम्याद थप गरेर जवाफ दिने तयारी गरेको छ । 
नगरपालिकाले यसका लागि जवाफ दिनको लागि कार्यपालिकामा छलफल गरी निर्णयमा पुग्ने अस्पताल निर्माणको लागि समन्वय गर्न गठित समन्वय समितिका संयोजक एवं वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टले बताए ।
‘हामिले छलफलको प्रयास गरिरहेका थियौँ, अब मुद्धा नै परेपछि सम्मानित अदालतको निर्णय कुर्नै पर्ने देखिएको छ, जवाफ दिनको लागि कार्यपालिकामा छलफल गर्ने छौँ,’ सामाजिक विकास समिति संयोजक समेत रहेका अध्यक्ष भट्टले भने ।  
नगर प्रमुख भिम बहादुर चन्दले अदालतमा नगरपालिकाको तर्फबाट जवाफ दिने तयारीमा रहेको बताए । ‘अस्पताल बन्नुपर्छ भनेर मुद्धा दायर गरिएको छ, टेण्डर खोल्न मन्त्रालयल परिपत्र गरेको भएपनि नगरपालिकाले नखोलेको भनेर मुद्धामा उल्लेख गरिएको रहेछ, त्यसका लागि हामि जवाफ दिन्छौँ ।’ नगर प्रमुख चन्दले भने ।  आफ्नै ठाउँमा अस्पताल बन्नुपर्छ भन्ने उनिहरुको भनाइ रहेको र यसअघि डिपिआरमै त्रुटी देखिएको हुनाले सोही अनुसारको जवाफ दिने तयारी रहेको नगर प्रमुख चन्दले बताए । 
यसका लागि मंगलबार कार्यपालिका बैठक बोलाएको नगरपालिकाले जनाएको छ । 
२०७० सालमा नै केशरपुर स्वास्थ्य केन्द्रलई स्तरवृद्धिगरी १५ सैयाको अस्पताल निर्माण गर्नभन्दै संघीय सरकारबाट बजेट आएको भएपनि जग्गा विवादले हालसम्म अघि बढ्न सकेको छैन । वडा नं १ का स्थानीयहरुले पहिले जग्गा उपलब्ध गराएका थिए । 
त्यसपछि वडा नं ७ अर्थात हालकै केशरपुर अस्पताल आसपास त्यहाका स्थानीयहरुले पनि जग्गा उपलब्ध गराएका थिए । 
यसपछि दुवै ठाउँका स्थानीयहरुले आ–आफ्नै ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राख्ने गरेका कारणले हालसम्म पनि अस्पताल बन्न सकेको छैन ।
यसअघिको कार्यकालका जनप्रतिनिधिहरुले बिठ्ठेनामा अस्पताल बनाउनको लागि भन्दै पूर्ण कार्यपालिका बैठकले निर्णय गरेको थियो । त्यसपछि बिठ्ठेनामा डिसपिआर समेत गरियो । सोही निर्णय र डिपिआरलाई आधार मानेर मन्त्रालयले समेत गत वर्ष टेण्डर खोल्नभन्दै परिपत्र गरेको थियो ।  
तर नगरपालिकाले टेण्डर खोलेको थिएन । डिपिपिआर लगायत यसअघि भएका कार्यपालिकाका निर्णयमा समेत त्रुटी रहेको भन्दै हालको कार्यपालिकाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्न सकेन । 
छलफल र सहमतीबाट  अस्पताल बनाउन चाहेको नगरपालिकाको भनाइ छ ।
 


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्