Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पुर्चौडी स्थीत जमाडी नदिमा ४ बर्षसम्म अलपत्र रहेको मोटरेवल पुल निर्माण हुदैँ 
पुर्चौडी स्थीत जमाडी नदिमा ४ बर्षसम्म अलपत्र रहेको मोटरेवल पुल निर्माण हुदैँ 
सीपी लोहिया
सीपी लोहिया सोमबार, वैशाख ३, २०८१

बैतडी,
बैतडीको पुर्चौडी नगरपालिका वडा नं. १ खडिखेत स्थित जमाडी नदिमा मोटर पुल निर्माण द्रुत गतिमा अघि बढेको छ । ४बर्ष अघि पिल्लर ठड्याएर अलपत्र अवस्थामा अलपत्र रहेको पुल अहिले निर्माण हुन लागेको हो । सतबाँज, श्रीभावर, हाट, गोकुलेश्वर, गन्ना, दार्चुला सडक जोड्ने उदेश्यले निर्माणाधिन मोटरेबल पुलको निर्माण कार्य अगाडि बढ्दा स्थानियबासी हर्शित भएकाछन् । यो पुल बनेपछी सडक सुचारु हुने भएकाले लामोबाटो यात्रा गर्ने बाध्यता हट्ने स्थानिय हरि साउदले बताए । “पुलको वारी र पारीको सडक निर्माण भैसकेको छ । गोकुलेश्वर पुग्नका लागि बिचमा करिव २किलोमिकर मात्रै सडक निर्माण गर्नुपर्नेछ, यसबर्ष नगरपालिकाले उक्त सडकमा बजेट पनि छुट्याएको छ, यत्ति भएमा यात्रा निकै सहज हुनेछ ।”उनले भने । 

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगत पुर्वाधार विकास कार्यालय बैतडीको ४ करोड ७० लाख रकमको लागतमा जगदम्बा बिल्डर्स प्रालि बुद्धनगर काठमाण्डौले उक्त पुुल निर्माण गरिरहेको हो । आगामी बैशाख मसान्तसम्म उक्त पुल निर्माण कार्य सम्पन्न गरि सवारी साधन आवत जावत गर्ने गरि निर्माण कार्य तिब्र गतिमा अगाडि बढेको निर्माण व्यवसायी गणेश बहादुर बिष्टले बताए । 

लामो समय निर्माण कार्य अलपत्र परेको बिषयमा पुलमा जडान गरिने फलामका सामानहरु भारतमा निर्माण गर्न ढिलाई भएको निर्माण व्यवसायीको भनाई छ । पुल निर्माण गरिरहेका बिरेन्द्र धानुकले भने,“ यो पुल पहिलानै निर्माण सम्पन्न भैसक्नु पर्ने हो तर बिचमा कोरोनाको कहरका कारणले काम ठप्प भएको हो, अहिले धमाधम काम गरिरहेका छौँ, सामानहरु आइसकेको छ, प्राविधिक, कामदार सबैजना तयारी अवस्थामा छन्, बैशाखमा फलामको काम सकेर जेठमा ढलान गर्ने र निर्माण सम्पन्न गरेपछि सम्वन्धीत निकायलाई बुझाउने तयारीमा छौँ ।” उक्त पुल आर्थिक बर्ष २०७६/०७७मा निर्माण सुरु भएको थियो ।

यो पुल निर्माण कार्य धमाधम अघि बढेपनि रकम अभावमा काम अनुसारको भुक्तानी नहुने सम्भावना रहेको पुर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । कतिपय आयोजनाहरुमा प्रदेश सरकारबाट आउनुपर्ने आवश्यक रकम प्राप्त नभएको कार्यालय प्रमुख धिरेन्द्र भट्टले बताए । अहिले धेरैजसो आयोजनामा काम सम्पन्न भए अनुसारको भुक्तानी गर्न नसकिरहेको उनले बताए । ग्वाल्लेक निर्माण सेवाका अनुसार डेढ करोडको काम सम्पन्न गरि भुक्तानीका लागि बिल पेश गरेकोमा १०लाख रकममात्रै प्राप्त भएको छ । समयमा भुक्तानी नहुँदा निर्माण कम्पनीका कर्मचारीलाई तलव दिन र निर्माण सामग्री खरिद गर्न समस्या भैरहेको व्यवसायीको गुनासो छ ।  

सुदूरपश्चिम प्रदेश सरकारबाट नै रकम निकै कम आउने गरेकाले काम सम्पन्न भएका आयोजनाहरुको भुक्तानी गर्न समस्या भैरहेको पुर्वाधार विकास कार्यालयले जनाएको छ । काम अनुसारको रकम भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीहरुलाई कामका लागि ताकेता गर्न गर्न समेत समस्या भैरहेको कार्यालयले जनाएको छ ।

pool2-1713175798.jpg
 


 


प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्