Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नागरिक समाजद्वारा बैतडीको खोड्पेमा सार्वजनिक शिक्षाका मुद्धाका बारेमा भेला तथा प्रदर्शन
नागरिक समाजद्वारा बैतडीको खोड्पेमा सार्वजनिक शिक्षाका मुद्धाका बारेमा भेला तथा प्रदर्शन
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, वैशाख १०, २०८१

बैतडीको खोड्पेमा सार्वजनिक शिक्षाका विभिन्न मुद्धाहरुमा नागरिक समाजले भेला तथा प्रदर्शन गरेका छन् । सोमबारबाट सुरु भएको शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा नागरीक समाजले खोड्पेमा ¥याली समेत निकालेको हो । 

शिक्षाका लागि राष्ट्रिय अभियानको सहयोगमा भुमेश्वर सामुदायिक बिकास संघ (बिसिडिओ) को आयोजना तथा फोर्स नेपाल र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालसंगको सहकार्यमा कार्यक्रम गरेको बिसिडिओका अध्यक्ष मानबहादुर ऐरले जानकारी दिए । तीनै तहका सरकारसंग निःशुल्क, गुणस्तरिय तथा सर्वसुलभ, व्यवहारिक, सहभागितामुलक शिक्षा र प्रविधिमैत्रि शिक्षाको व्यवस्था हुनुपर्ने माग गर्दै कार्यक्रम गरिएको ऐरले बताए । 

‘सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्किदो अवस्थामा छ’ उनले भने ‘ती विद्यालयहरुमा पढ्ने हाम्रा बालबालिकाहरुको पनि समयानुसारको शिक्षामा पुहँच हुनुपर्छ भनेर स्थानीय तथा प्रदेश संघिय सरकारलाई दबाब दिन कार्यक्रम गरिएको हो ।’

कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा क्षेत्रमा हुने राजनिति बन्द गर्नुपर्नेमा पनि जोड दिएका थिए । सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम सिंह भाटले सरकारले सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधार दक्ष जनशक्ति र पुर्वाधारको व्यवस्थापन गर्न सके मात्रै हुने बताए ।  

निशुल्क र गुणस्तरीय शिक्षाको कार्यान्वयन,जीवन उपयोगि शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा तीनै तहका सरकारलाई दबाब दिन जरुरी रहेको सरस्वती मावि सल्लेवासाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्टले बताए ।  

436784855_460982332953133_4854242072154846585_n-1713773099.jpg
 

अप्रिल २२ देखी २६ तारिख  सम्म यो अभियान सञ्चालन हुने गरेको छ । यस वर्ष रुपान्तरणकारी शिक्षा भन्ने नारा कायम गरिएको हो छ । यो  कार्यक्रम नेपालसहित विश्वका १५० भन्दा बढी राष्ट्रका नागरीक समाजहरुले मनाउने गरेका छन् ।

बैशाख ११ गते देखी १३ गते सम्म् विभिन्न विद्यालयहरुबाट रुपान्तरणकारी शिक्षाका लागि विद्यार्थीहरुबाट पत्र संकलन गरिने र १४ गते प्रमुखजिल्ला अधिकारी मार्फत ति पत्रहरुलाई प्रधानमन्त्रीलाई बुझाइने  कार्यक्रम रहेको बिसिडिओका अध्यक्ष मान बहादुर ऐरले जानकारी दिए । 

खोड्पे तल्लो बजारबाट सुरु भएको दबाबमुलक ¥याली चौराहमा कोण सभामा परिणत भएको थियो । नागरीक समाजका अगुवा,जनप्रतिनिधी, शिक्षक, विद्यार्थी तथा सरोकारवालहरुको कार्यक्रममा उपस्थीति रहेको थियो ।

ineer-1713773102.jpg
 


प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्