Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा चितुवाको गतिविधि नियाल्न स्वचालित क्यामरा जडान
बैतडीमा चितुवाको गतिविधि नियाल्न स्वचालित क्यामरा जडान
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, वैशाख १३, २०८१

बैतडीमा चितुवाको गतिविधि नियाल्न स्वचालित क्यामरा जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ५० ओटा स्वाचालित क्यामरा जडान गरिएको हो ।

मानव र वन्यजन्तुको बिच द्धन्द्ध बढेपछि चितुवा र बँदेलको गतिविधि नियाल्न ग्वाल्लेक संरक्षित बन क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिए । मानव र वन्यजन्तुबिच द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको उनले बताए । 

सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा वन्य जन्तु र मावनबिचको सहअस्तित्व कायम गर्न विज्ञटोलीसहित उहाँ बैतडी आइपुग्नुभएको हो । पहिलो चरणमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकासम्म चितुवाको अध्ययन गरिने बताइएको छ । अनुसन्धान टोलीमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सका वन्यजन्तु अध्ययनकर्ता इमिल इरिकसन र कलरा मार्थिनोभिक पनि रहनुभएको छ । युरोपमा मानव–वन्यजन्तुको द्वन्द्व नरहेकाले मानव–वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न उहाँहरू आइपुगेको बताइएको छ ।

उक्त अनुसन्धानपछि यो क्षेत्रका बासिन्दाले सुरक्षा अपनाउन सक्ने आशा गरेको अध्ययन टोलीले बताएको छ । चितुवाको अध्ययन गर्न ५० वटा स्वचालित क्यामरा १५ रातसम्म राखिने छन् । स्वचालित क्यामराले वन्यजन्तुको चाल र शरीरको तापक्रम पाउने बित्तिकै गतिविधि रेकर्ड गर्ने क्यामरा ट्र्यापर मल्लले बताए ।

‘सामान्यतया चितुवाले आफ्नो बासस्थान र आहारा क्षेत्र १० दिनसम्म घुमिसक्छ । विस्तृत अध्ययनका लागि थप पाँच दिन स्वचालित क्यामरा राख्नेछौँ । चितुवाले किन मानिसको सिकार गरिरहेको छ ? जङ्गलमा चितुवाको आहाराका रूपमा घोरल, रतुवा जस्ता के कति वन्यजन्तु छन् ? भन्ने कुरा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ,  उनले भने।’

राष्ट्रिय प्रकृति संरक्षण कोषले मेलौली नगरपालिका–९ मा मानव–वन्यजन्तुबिचको द्वन्द्वका विषयमा कार्यक्रम सञ्चालनमा रहेको वडाध्यक्ष लोकराज भट्टले जानकारी दिए । उहाँले चितुवा प्रभावित बस्तीमा स्थानीय दुई वटा सामुदायिक सिकाइ केन्द्रमार्फत आयआर्जनका कार्यक्रम गर्न समुदायलाई १८ लाख रुपियाँ सहयोग मिलेका उनले बताए । साभार :गोरखापत्र दैनिक


प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
लोकप्रीय
  • Week
  • Month
सुध्रियो नेपालको आर्थिक स्थिति
सुध्रियो नेपालको आर्थिक स्थिति
विप्लव निवास पुगे प्रचण्ड
विप्लव निवास पुगे प्रचण्ड
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्