Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः इलाका प्रहरी कार्यालय पाटनको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
बैतडीः इलाका प्रहरी कार्यालय पाटनको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, वैशाख २३, २०८१

बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपे प्रहरी चौकीमा इलाका प्रहरी कार्यालय पाटनको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक औपचारिक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय पाटनको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले सडक दुर्घटना न्युनिकरणका लागि सबै पक्षले चासो दिनुपर्ने धारणा राखेका थिए । चालक तथा व्यावसायी, यात्रु तथा प्रहरी प्रशासन लगायतले सडक दुर्घटना न्युनिकरणको लागि चासो दिनुपर्नेमा जोड दिएका हुन् । यसैगरी सडक पुर्वाधार र प्रविधिको उपयोग गर्नुपर्नेमा पनि सहभागिहरुको जोड थियो । निर्माण व्यावसायीहरुले सडक स्तरोन्नतीका क्रममा व्यापक लपरवाही गरिरहेको कार्यक्रमका सहभागिहरुको भनाइ थियो ।

प्रशानिक निकायबाट अगुमन तथा नियमन गरिनुपर्ने सहभागिहरुको धारणा थियो । सवारी साधनमा हुने त्रुटी, चालन गर्ने मापसे, ट्राफिक नियमको उल्लङ्घन र ट्राफिक सचेतनाको कमीले दुर्घटना हुने भएकाले सम्बद्य जिम्मेवार निकायले चासो दिनुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सडक पुर्वाधारमा देखिएको त्रुटीका विषयमा जिल्ला प्रशासनको तर्फबाट पनि अनुगमन तथा नियमनको लागि आवश्यक गतिबिध बढाइने बताउनुयो ।  

इलाका प्रहरी कार्यालय पाटन अन्तरगतको सेवाक्षेत्रमा चालु आर्थिक वर्षमा ७ वटा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीले जानकारी दिए । प्रहरी निरीक्षक ठकुराठीले सवारी दुर्घटना नियन्त्रणको लागि  सवारी चालक तथा व्यावसायीहरुसँग अन्तरक्रिया पनि गरेका थिए । दुर्घटना न्युनिकरणको लागि चालक र वारीधनीले अपनाउनुपर्ने सावधानीका विषयमा अन्तरक्रिया गरेका हुन् । 

thakurathi-1714908894.jpg
सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा प्रमुख अतिथि रहनु भएको थियो । विशिष्ट अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव निरिक्षक दिपक गिरी र सशस्त्र प्रहरी ५१ नं गुल्मका गुल्मपती कृष्ण सिंह पुजारा  रहनु भएको थियो ।  यसैगरी विशिष्ट अतिथिमा पाटन नगरपालिका ९ का वडा अध्यक्ष कालु सिंह भाट, वडा नं १० का वडा अधयक्ष धन बहादुर कुवँर रहनु भएको थियो । 


 


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्