Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जिल्ला अस्पतालका डाक्टरहरु आन्दोलित, आकस्मीक बाहेकका सेवाहरु ठप्प
जिल्ला अस्पतालका डाक्टरहरु आन्दोलित, आकस्मीक बाहेकका सेवाहरु ठप्प
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, वैशाख ३०, २०८१

बैतडी । 

विगत ९ महिना देखिको अतिरिक्त सेवा र विदाको दिन गरेको काम वाफतको रकम नपाएको भन्दै बैतडी जिल्ला अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । 

आइतबारदेखि इमरजेन्सी सेवा बाहेकका सेवाहरु बन्द गर्दै आन्दोलनमा उत्रिएको बताएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दाबाव स्वरुप आन्दोलनमा उत्रिनुपरेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर हरीष चन्द्र विष्टले बताए ।

उनले भने,“मन्त्रालयले आवश्यकता नै नभएका भौतिक कामहरुमा लगानि गरिरहेको छ तर हाम्रो पारिश्रमिकमा कुनै चासो दिएको छैन्, कहिले मन्त्रालयमा छैन् भन्ने, कहिले मन्त्री छैन् भन्ने, एक पटक मन्त्री पनि हुनुभयो हाम्रो माग अघि बढेन्, अहिले मन्त्री छैनन् भन्ने कुरा छ, नयाँ मन्त्री नहुँदासम्म हामीले पारिश्रमिक नपाउने हो भने त्यो दिनसम्म हामी सेवा पनि ठप्प गछौँ, हाम्रा मागप्रति सरकारले चासो नदिएसम्म आन्दोलन रहन्छ ।” निमित्त प्रमुख बिष्टले आजै निमित्तको जिम्मेवारी समेत त्यागेर कार्यकक्षमा ताला लगाएका छन् । उनले जिम्मेवारी छाडेको पत्र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मालाई बुझाएकाछन् । 

मन्त्रालयले आफुहरुको श्रम शोषण गरेको चिकित्सकहरुको आरोप छ । आफुहरु विरामीको सेवामा अहोरात्र खटिदाँ समेत मन्त्रालयले आफुहरुको रकम भुक्तानी नगरेको उनिहरुको आरोप छ । कमिशन मिल्ने उपकरण खरिदमा मन्त्रालय अग्रसर देखिएपनि डाक्टरहरुले काम गरेको रकम भुक्तानीमा मन्त्रालय उदाशीन देखिएको उनिहरुको आरोप छ । डाक्टर बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीहरुले समेत अतिरिक्त सेवा वाफतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर धिरज जैयसवालले बताए । उनले भने ‘हामीले विगतदेखिनै आफुहरुको रकम भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन् ।’ 

अस्पतालका ९० बढी कर्मचारीले करिव ४९लाख रकम पाउन बाँकी रहेको छ ।

अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका विरामी तथा सेवाग्राहीहरुलाई समेत समस्या हुने देखिएको छ । डाक्टर तथा अस्पतालका कर्मचारीहरुको टोलिले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । जिल्ला अस्पतालका अख्तियार प्राप्त मेसु र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेका छन् तर मन्त्रालय भने बैतडी अस्पतालको समस्यालाई नजरअन्दाज गर्दै बसेको छ । सेवा बन्द हुँदा समेत मन्त्रालय वेखबर छ ।

मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएकाले आफुहरु धनगढीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । आफुहरुको माग पुरा नभएसम्म ओपिडी सेवा संचालन नगर्ने डाक्टर तथा कर्मचारीहरुको अडान छ । जसका कारण यहाँका नागरिकहरुले समेत समस्या भोग्नुपरेको छ ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरुलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरुलाई सुझाव दिए । उनले भने ‘तपाँईहरुका जायज मागको बारेमा मैले पनि सचिव ज्यू संग कुरा गरेको छु आशा छ समस्या समाधान होला, नागरिकहरुलाई तथा बिरामीहरुलाई मर्का पर्ने काम गर्नु भएन् ।’ आन्दोलनका कार्यक्रम गर्ने क्रममा कानुनलाई हातमा लिई कानुन विपरीत काम नगर्न अस्पतालका चिकित्सकहरुलाई उनले निर्देशन दिए । 
 


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्